Trending
Prev Story
Next Story

अरबादेखि भिन्सरघाटसम्म : छठका ४ दिनका विधि

Ekantipur •
November 13, 2026 • 07:31 AM
1
1 reads 0 reactions

छठ पर्व आजदेखि सुरु भएको छ । कात्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी चोखो खाएर बस्ने गरिन्छ । आजदेखि छठ नसकिएसम्म बर्तालुले माछा, मासु, लसुन, कोदो, फापर, मुसुरो आदि नखाने विधि छ ।

अरबादेखि भिन्सरघाटसम्म : छठका ४ दिनका विधि

छठ पर्व आजदेखि सुरु भएको छ । कात्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी चोखो खाएर बस्ने गरिन्छ । आजदेखि छठ नसकिएसम्म बर्तालुले माछा, मासु, लसुन, कोदो, फापर, मुसुरो आदि नखाने विधि छ ।

काठमाडौँ — छठ पर्व आजदेखि सुरु भएको छ । कात्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी चोखो खाएर बस्ने गरिन्छ । आजदेखि छठ नसकिएसम्म बर्तालुले माछा, मासु, लसुन, कोदो, फापर, मुसुरोआदि नखाने विधि छ । चतुर्थीको कर्मलाई अरबाइन वा अरबा भनिन्छ ।  मनोकाङ्क्षा पूरा हुने विश्वासमा महिलाले छठमा कठोर व्रत गर्छन् ।

कार्तिक शुक्ल पञ्चमीका दिनमा निर्जल उपवास बस्ने गरिन्छ । त्यस दिन बेलुकी घरमा खीर बनाई चन्द्रमालाई अर्पण गरी एक छाक खाने गरिन्छ । यसलाई खरना भन्ने गरिएको काठमाडौँमा छठ मनाउँदै आएका रणेन्द्र कुशवाहाले बताए । 'षष्ठीका दिन बर्तालुले ठेकुवा, फलफूल, मिठाई र रोटी सूर्य एवं छठी मातालाई चढाउने गरिन्छ, रोटीमा सूर्यको रथका पाङ्ग्रा अङ्कित गरिन्छ,' उनले भने ।

षष्ठीका दिन पक्वान्न, फलफूल र नरिवललाई बाँसको टोकरीमा सजाएर माथिबाट कपडाले छोपिन्छ । साँझपख बत्ती बालेर माटाको घडाको साथ गीत गाउँदै नदी वा तलाउका किनारमा गइन्छ । डुब्न लागेका सूर्यलाई अर्घ दिई प्रणाम गरिन्छ । अघ्र्य दिएपछि तीनपटक पानीमा डुबुल्की मारी मनोरञ्जन गर्दै त्यहीँ रात बिताइन्छ ।

सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई दर्शन गर्न बिहान ४ः०० बजेदेखि नै प्रतीक्षा गरिन्छ । उदाउँदो सूर्यलाई गाईको दूध, फूल र जलले अर्घ दिइन्छ । यसरी घाटमा गरिने पूजालाई भिन्सरघाट भनिन्छ ।

बिहानै घाटमा गरिने पूजा भएकाले भिन्सरघाट भनिएको हो । सूर्योदयकालमा अर्घ दिई सूर्यको दर्शन गरेपछि छठ पूजा सकिन्छ । सूर्यको दर्शन गर्दा भक्त लुगासहित कम्मरसम्मको पानीमा डुबेर सूर्य दर्शन गर्ने विधि रहेको रीता यादवले बताइन् । 'पृथ्वीमा भएका जीवको सञ्चालन र संरक्षण जल एवं सूर्यबाट भएकाले नदीलाई माता, सूर्यलाई सम्पूर्ण शक्तिको स्रोतका रुपमा मानी विशेष पूजा गर्ने गरिएको हो,' उनले भनिन् ।

कार्तिक शुक्ल पक्षमा सूर्यको पूजा गर्नाले मनोकाङ्क्षा पूरा भई इच्छाएको फल प्राप्त हुने उल्लेख शास्त्रमा गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चांग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए ।

सन्तान प्राप्तिको कामनाले व्रत गर्ने धेरै

सूर्यको उपासना गर्ने र शुद्धताको प्रतीक भएकाले तराईबाट सुरु भई हाल पहाड र हिमाली क्षेत्रसम्म पनि छठ मनाउन थालिएको छ ।

सूर्य पूजा र दर्शन गरी विवाहिता महिला पुरुषले पति पत्नीको दीर्घायु एवं अविवाहित केटाकेटीले सुयोग्य वर वधु प्राप्तिको कामना गर्ने प्रचलन छ । सन्तान प्राप्तिको कामनाले यो पर्व मनाउनेको सङ्ख्या पनि उल्लेख्य रहेको पाइन्छ ।

छठ पूजा समिति गुह्येश्वरीका उपाध्यक्ष राजकुमार पोद्दार सन्तान प्राप्तिको कामनाले छठ व्रत गर्नेहरु बढिरहेको बताउँछन् । छालासँग सम्बन्धित रोगबाट मुक्तिको कामनाले व्रत गर्ने दोस्रो नम्बरमा हुने गरेका छन् । अन्य कामनाले व्रत गर्नेहरु पनि छन् ।

छठ व्रतको शास्त्रीय एवं पौराणिक मान्यता

सर्वप्रथम छठीमाताले सूर्यदेवलाई खुसी पारी यो पर्व मनाउन थालिएको धार्मिक विश्वास छ । महाभारतकालमा द्रोपदीसहित पाण्डव अज्ञातवासमा रहँदा गुप्तवास सफल होस् भनी सूर्यदेवलाई पूजा, आराधना गरेका थिए । पाण्डव विराट राजाका दरबारमा बसेका बेला गरेको सूर्य पूजाका प्रभावले अज्ञातवास सफल भएको विश्वासमा यो पर्व मनाउन सुरु गरिएको एकथरी मत छ ।

यस वर्ष कात्तिक २९ गते आइतबार बेलुकी अस्ताउँदो र कात्तिक ३० गते सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिइने कार्यक्रम रहेको छ । सूर्यलाई अर्घ दिएसँगै चार दिने छठ पर्व समापन हुनेछ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Onlinekhabar
17h ago
छठ पर्व सुरु, पहिलो दिन आज ‘नहाय, खाय’

छठ पर्व सुरु, पहिलो दिन आज ‘नहाय, खाय’

२७ कात्तिक, काठमाडौं । दीपावली पर्व सकिएसँगै कात्तिक शुक्ल चतुर्थी अर्थात आजदेखि छठ पर्व सुरु भएको छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन यो पर्व मनाइन्छ । पर्वको पहिलो दिन ‘नहाय–खाय’ विधिबाट सुरु हुने छठमा दोस्रो …

#शुक्ल #चतुर्थी
Compare →
Arthasansar
13h ago
आस्था र निष्ठाको महापर्व छठ आजदेखि सुरुः पहिलो दिन ‘नहाय–खाय’ विधि मनाइँदै

आस्था र निष्ठाको महापर्व छठ आजदेखि सुरुः पहिलो दिन ‘नहाय–खाय’ विधि मनाइँदै

सूर्यदेव र छठी माताको उपासना गर्दै मनाइने निष्ठा र पवित्रताको प्रतीक चार दिने दीपावली अर्थात् छठ पर्व आजदेखि औपचारिक रूपमा...

#आजदेखि #विधि
Compare →

Related Stories

Sports
Build #2611