Trending
Prev Story
Next Story

छठ पर्व सुरु, पहिलो दिन आज ‘नहाय, खाय’

Onlinekhabar •
November 13, 2026 • 01:01 AM
1
1 reads 0 reactions

२७ कात्तिक, काठमाडौं । दीपावली पर्व सकिएसँगै कात्तिक शुक्ल चतुर्थी अर्थात आजदेखि छठ पर्व सुरु भएको छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन यो पर्व मनाइन्छ । पर्वको पहिलो दिन ‘नहाय–खाय’ विधिबाट सुरु हुने छठमा दोस्रो …

छठ पर्व सुरु, पहिलो दिन आज ‘नहाय, खाय’

२७ कात्तिक, काठमाडौं । दीपावली पर्व सकिएसँगै कात्तिक शुक्ल चतुर्थी अर्थात आजदेखि छठ पर्व सुरु भएको छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन यो पर्व मनाइन्छ ।

पर्वको पहिलो दिन ‘नहाय–खाय’ विधिबाट सुरु हुने छठमा दोस्रो दिन ‘खरना’ गरिन्छ । तेस्रो दिन व्रतालुले अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गर्छन् भने चौथो दिन बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि पर्व सम्पन्न हुन्छ ।   छठ पर्वमा पुराना मनमुटाव बिर्सेर सबै एकै ठाउँमा भेला भई सूर्यदेवको आराधना गर्छन् ।

छठघाटमा जातीय तथा सामुदायिक विभेद नगरी सबैले एकै लहरमा बसेर पर्व मनाउने परम्परा छ । पर्वको तयारीमा सहभागी हुँदा धार्मिक आस्थाले मानिसलाई विनम्र र सहयोगी बनाउने स्थानीयवासीको विश्वास छ । सूर्यदेव र षष्ठीदेवीको उपासना गरिने यस पर्वले मङ्गल र कल्याण गर्ने जनविश्वास रहिआएको छ ।

छठ पर्वको अवसरमा मिथिला क्षेत्रका गाउँबस्ती र बजारमा चहलपहल बढेको छ । चार दिनसम्म मनाइने यस पर्वको तयारीमा स्थानीयवासी जुटेका छन् ।

आस्था, निष्ठा र भक्तिको पर्व मानिने छठको तयारीस्वरूप मिथिला क्षेत्रका घरघरमा छठका गीत गुञ्जिन थालेका छन् । सूर्यदेव र षष्ठीदेवी (छठीमाता) को महिमा गाइने भक्तिगीतले मिथिलाको वातावरण छठमय बनेको छ ।

पर्वको तयारीका लागि स्थानीयवासी नदीकिनार, पोखरी तथा धार्मिक महत्वका जलाशयमा छठघाट निर्माण र सरसफाइमा जुटेका छन् । विशेषगरी युवा छठघाट निर्माण तथा सजावटमा सक्रिय देखिएका छन् ।

बाँसका भाटा र झिक्रा प्रयोग गरी बनाइएका घरका भित्ता लिपपोत तथा रङरोगन गरेर सजाउने काम पनि भइरहेको छ । सडक, घर र सार्वजनिक स्थलमा झिलिमिली बत्ती जडान गरिएका छन् । धनी, गरिब सबैले आफ्नो क्षमताअनुसार श्रद्धा र निष्ठाका साथ पर्व मनाउने तयारी गरेका छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
2h ago
देशभर छठ पर्वको तयारी: आज नहाय–खाय, भोलि खरना

देशभर छठ पर्वको तयारी: आज नहाय–खाय, भोलि खरना

काठमाडौं - छठ पर्व मनाउन देशभरका विभिन्न नदी, पोखरी तथा जलाशयका घाटहरूमा तयारी पूरा भएको छ । चार दिनसम्म विधिपूर्वक मनाइने छठ पर्वको पहिलो दिन आज व्रतालुहरूले ‘नहाय–खाय’ विधि गरेर पर्वको सुरुवात ग...

#पर्व #नहाय #खाय
Compare →
Ekantipur
11h ago
छठ पर्वको विधि सुरु, आज ‘नहाय–खाय’

छठ पर्वको विधि सुरु, आज ‘नहाय–खाय’

अगाध आस्था र श्रद्धाको पर्व छठको धार्मिक तथा पारम्परिक विधि शुक्रबारदेखि सुरु भएको छ । व्रतालुहरूले शुक्रबार ‘नहाय–खाय’ विधि सम्पन्न गर्दै चार दिनसम्म मनाइने छठ पर्वको औपचारिक सुरुवात गरेका छन् ।

#पर्व #नहाय #खाय
Compare →
Arthasansar
11h ago
आस्था र निष्ठाको महापर्व छठ आजदेखि सुरुः पहिलो दिन ‘नहाय–खाय’ विधि मनाइँदै

आस्था र निष्ठाको महापर्व छठ आजदेखि सुरुः पहिलो दिन ‘नहाय–खाय’ विधि मनाइँदै

सूर्यदेव र छठी माताको उपासना गर्दै मनाइने निष्ठा र पवित्रताको प्रतीक चार दिने दीपावली अर्थात् छठ पर्व आजदेखि औपचारिक रूपमा...

#पर्व #नहाय #खाय
Compare →
Bizshala
6h ago
सरकारले दियो सोमबारपनि सार्वजनिक बिदा

सरकारले दियो सोमबारपनि सार्वजनिक बिदा

काठमाण्डौ । सरकारले छठ पर्वका अवसरमा थप एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। यसअघि कात्तिक २९ गते आइतबार...

#पर्व #कात्तिक
Compare →
Nagarik News
4h ago
छठ पर्वका दिन पनि राहदानी विभाग खुला रहने

छठ पर्वका दिन पनि राहदानी विभाग खुला रहने

छठ पर्वको अवसरमा आगामी सोमबार सार्वजनिक बिदा भए पनि राहदानी विभाग भने खुला रहने भएको छ ।

#पर्व
Compare →

Related Stories

Business & Economy
Build #2611