Trending
Prev Story
Next Story

सरकारलाई ज्ञानेन्द्रको प्रश्न : भुटानी शरणार्थी प्रकरणको थप अनुसन्धान किन भएन ?

Nagarik News •
November 12, 2026 • 05:15 AM
1
1 reads 0 reactions

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले भुटानी शरणार्थी प्रकरणको थप अनुसन्धान र कारबाही अघि नबढेको भन्दै सरकारमाथि प्रश्न गरेका छन्।

सरकारलाई ज्ञानेन्द्रको प्रश्न : भुटानी शरणार्थी प्रकरणको थप अनुसन्धान किन भएन ?

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले भुटानी शरणार्थी प्रकरणको थप अनुसन्धान र कारबाही अघि नबढेको भन्दै सरकारमाथि प्रश्न गरेका छन्।

उनले सत्ता बाहिर हुँदा भ्रष्टाचारविरुद्ध चर्को भाषण गर्नेहरू अहिले आफैँ सत्तामा पुगे पनि भुटानी शरणार्थी प्रकरणमा थप अनुसन्धान गर्न नसकेको आरोप लगाउँदै प्रश्न गरेका हुन्।

शाहीले नयाँ सरकार बनेको सात महिना र त्यसअघिको सरकारको कार्यकालसमेत जोड्दा १३ महिना बितिसक्दा पनि प्रकरणको थप अनुसन्धान गरी नयाँ फाइल अदालतसम्म पुर्‍याउन नसकिएको बताएका छन्।

उनले संसदमा भ्रष्टाचारीलाई जेल हाल्ने र कसैलाई नछाड्ने भाषण गर्ने तथा सामाजिक सञ्जालमा भ्रष्टाचारविरुद्ध अभिव्यक्ति दिनेहरू सत्तामा पुगेपछि किन निष्क्रिय भएको भन्दै प्रश्न गरेका छन्।

'भुटानी शरणार्थी काण्डका दोषीलाई हिजो सत्ता बाहिर हुँदा के–के भनिन्थ्यो, सबैलाई सम्झना होला,' उनले सामाजिक सञ्जालमार्फत भने, 'संसदमा डाको छोडेर भ्रष्टाचारीलाई जेल हाल्छौँ, कसैलाई छोड्दैनौँ भन्दै भाषण गर्नेहरू, फेसबुक स्टाटस लेखेर भ्रष्टाचारविरुद्ध आगो ओकल्नेहरू आज आफैँ सत्तामा छन्।'

हिजोको सरकारले कारबाही गरी जेल सजाय भोगिरहेका व्यक्तिसमेत जेलबाट छुटिसकेको उल्लेख गर्दै शाहीले थप अनुसन्धान र कारबाहीको प्रक्रिया कहाँ पुगेको छ, नयाँ फाइल किन तयार भएन र दोषीमाथि थप कारबाही किन हुन सकेन भन्ने प्रश्न उठाएका छन्।

'तर विडम्बना के छ भने, नयाँ सरकार बनेको सात महिना र त्यसअघिको सरकारसहित जोड्दा तेह्र महिना बितिसक्दा पनि भुटानी शरणार्थी प्रकरणको थप अनुसन्धान गरी नयाँ फाइल अदालतसम्म पुर्‍याउन सकेको छैन,' उनले भने, 'हिजोको सरकारले कारबाही गरेर जेल सजाय भोगिरहेका व्यक्तिहरूसमेत जेलबाट छुटिसके। तर थप अनुसन्धान र कारबाहीको प्रक्रिया कहाँ पुग्यो? नयाँ फाइल किन तयार भएन? दोषीमाथि थप कारबाही किन भएन?'

प्रकाशित: २६ कार्तिक २०८३ ११:०० बिहीबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1d ago
नक्कली भुटानी शरणार्थी प्रकरणका दोषी रायमाझी जेलमुक्त

नक्कली भुटानी शरणार्थी प्रकरणका दोषी रायमाझी जेलमुक्त

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी जेलमुक्त भएका छन्। कारागार कार्यालय डिल्लीबजारका एक कर्मचारीका अनुसार रायमाझी बिहीबार बिहान थुनामुक्...

#प्रकरण #भुटानी #शरणार्थी
Compare →
Onlinekhabar
6d ago
प्रस्तावित न्यायाधीशलाई प्रश्न : एउटै भुटानी शरणार्थी प्रकरणमा फरक राय किन ?

प्रस्तावित न्यायाधीशलाई प्रश्न : एउटै भुटानी शरणार्थी प्रकरणमा फरक राय किन ?

२० कात्तिक, काठमाडौं । नेकपा एमालेकी सांसद पद्मा अर्यालले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित जनक पाण्डेलाई भुटानी शरणार्थी प्रकरणमा एउटै मुद्दामा फरक राय आएको विषयमा प्रश्न गरेकी छन् । संसदीय सुनुवाइ समितिको बैठकमा अर्यालले एउटै मुद्दामा दुई …

#प्रकरण #भुटानी #शरणार्थी
Compare →
Arthasansar
3d ago
आठ वर्षपछि फेरि चर्चामा स्यान्डपेपर प्रकरण, वार्नरले उठाए क्रिकेट अस्ट्रेलियाको अनुसन्धानमाथि प्रश्न

आठ वर्षपछि फेरि चर्चामा स्यान्डपेपर प्रकरण, वार्नरले उठाए क्रिकेट अस्ट्रेलियाको अनुसन्धानमाथि प्रश्न

अस्ट्रेलियाका पूर्व क्रिकेटर डेभिड वार्नरले सन् २०१८ को चर्चित ‘स्यान्डपेपर प्रकरण’मा टोलीका सबै सदस्यलाई बल टेम्परिङबारे जानकारी रहेको दाबी गरेका...

#प्रकरण #अनुसन्धान
Compare →
Ekantipur
1d ago
नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल परेका टोपबहादुर रायमाझीलाई एकचौथाइ कैद छुट

नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल परेका टोपबहादुर रायमाझीलाई एकचौथाइ कैद छुट

पूर्वउपप्रधानमन्त्री तथा एमाले नेता रायमाझीले ज्येष्ठ नागरिकले पाउने सुविधाअनुरूप कैद छुट पाएका हुन् ।

#भुटानी #शरणार्थी #प्रकरण
Compare →

Related Stories

Politics & Governance
Build #2611