Trending
Prev Story
Next Story

आठ वर्षपछि फेरि चर्चामा स्यान्डपेपर प्रकरण, वार्नरले उठाए क्रिकेट अस्ट्रेलियाको अनुसन्धानमाथि प्रश्न

Arthasansar •
November 10, 2026 • 12:34 PM
2
2 reads 0 reactions

अस्ट्रेलियाका पूर्व क्रिकेटर डेभिड वार्नरले सन् २०१८ को चर्चित ‘स्यान्डपेपर प्रकरण’मा टोलीका सबै सदस्यलाई बल टेम्परिङबारे जानकारी रहेको दाबी गरेका...

आठ वर्षपछि फेरि चर्चामा स्यान्डपेपर प्रकरण, वार्नरले उठाए क्रिकेट अस्ट्रेलियाको अनुसन्धानमाथि प्रश्न

अस्ट्रेलियाका पूर्व क्रिकेटर डेभिड वार्नरले सन् २०१८ को चर्चित ‘स्यान्डपेपर प्रकरण’मा टोलीका सबै सदस्यलाई बल टेम्परिङबारे जानकारी रहेको दाबी गरेका छन्। पूर्व ओपनर उस्मान ख्वाजाले हालै गरेको खुलासालाई समर्थन गर्दै वार्नरले क्रिकेट अस्ट्रेलियाको तत्कालीन अनुसन्धान प्रक्रिया हतारमा र त्रुटिपूर्ण रूपमा गरिएको बताएका छन्।

ख्वाजाले आफ्नो आगामी आत्मकथामा दक्षिण अफ्रिकाको केप टाउनमा भएको तेस्रो टेस्टका क्रममा बलको स्वरूप परिवर्तन गर्न स्यान्डपेपर प्रयोग गरिएको घटनाबारे विस्तृत खुलासा गरेका छन्। उक्त घटनाबारे टोलीका ब्याटर, बलर र सहयोगी कर्मचारी सबैलाई जानकारी रहेको उनको दाबी छ।

ख्वाजाको भनाइ सार्वजनिक भएपछि वार्नरले सोमबार इन्स्टाग्राममार्फत त्यसलाई पूर्ण रूपमा सही भन्दै समर्थन जनाएका हुन्। “तिमीले भनेको कुरा शतप्रतिशत सही छ। अब सबैले सत्य थाहा पाएका छन्,” वार्नरले लेखेका छन्। उनले ख्वाजालाई सत्य बाहिर ल्याएको भन्दै साथ दिने बताएका छन्।

क्रिकेट अस्ट्रेलियाले स्यान्डपेपर प्रकरणको अनुसन्धान गर्दा तत्कालीन कप्तान स्टिभ स्मिथ, उपकप्तान वार्नर र क्यामरन बेनक्रफ्टलाई मात्र घटनाबारे जानकारी रहेको निष्कर्ष निकालेको थियो। क्रिकेट अस्ट्रेलियाले हालै पनि आफ्नो अनुसन्धानको निष्कर्षप्रति सन्तुष्ट रहेको जनाएको छ।

तर, वार्नरले अनुसन्धानको निष्पक्षता र पूर्णतामाथि प्रश्न उठाएका छन्। उनका अनुसार बल टेम्परिङमा संलग्न देखिएका बेनक्रफ्टको छेउमै बसेका ख्वाजासँग अनुसन्धानका क्रममा बयानसमेत लिइएको थिएन।

“ख्वाजा क्यामरन बेनक्रफ्टको छेउमा बसेका थिए। तर ख्वाजासँग सोधपुछ नै गरिएन। यस्तो अनुसन्धानलाई कसरी पूर्ण भन्न सकिन्छ ?” वार्नरले प्रश्न गरेका छन्।

सन् २०२१ मा सार्वजनिक रूपमा प्रश्न गरिँदा प्याट कमिन्स, मिचेल स्टार्क, जोस हेजलवुड र नाथन लायनले घटनाबारे आफूहरूलाई जानकारी नभएको बताएका थिए। त्यसबेलाका मुख्य प्रशिक्षक ड्यारेन लेहम्यानले पनि टोलीका सबै सदस्यलाई घटनाबारे जानकारी रहेको दाबी अस्वीकार गरेका छन्।

सन् २०१८ मा दक्षिण अफ्रिकाविरुद्धको टेस्ट शृंखलाका क्रममा केप टाउनमा भएको बल टेम्परिङ प्रकरणले अस्ट्रेलियाली क्रिकेटलाई ठूलो विवादमा तानेको थियो। घटनापछि क्रिकेट अस्ट्रेलियाले स्मिथ र वार्नरलाई १२ महिनाका लागि प्रतिबन्ध लगाएको थियो। स्मिथले कप्तानी पनि गुमाएका थिए भने वार्नरमाथि आजीवन नेतृत्वदायी भूमिकामा प्रतिबन्ध लगाइएको थियो। बेनक्रफ्टले नौ महिनाको प्रतिबन्ध भोगेका थिए।

ख्वाजाले ती तीन खेलाडीले घटनाको सम्पूर्ण दोष आफ्नो काँधमा लिएको दाबी गरेका छन्। उनका अनुसार उनीहरूले सार्वजनिक अपमान र दर्शकको आलोचनासमेत सामना गर्नुपरेको थियो।

वार्नरले पनि पछिल्ला आठ वर्ष आफ्ना परिवार, स्मिथ र बेनक्रफ्टका लागि कठिन रहेको बताएका छन्। उनले यो विषय पुराना घाउ कोट्याउने उद्देश्यले नभई त्यसबेला अधुरो रहेको जवाफदेहिताको विषय उठाउन आवश्यक भएको उल्लेख गरेका छन्।

यस प्रकरणबारे ख्वाजाको आत्मकथा सार्वजनिक हुनुअघि आएको नयाँ खुलासाले क्रिकेट अस्ट्रेलियाको तत्कालीन अनुसन्धान र त्यसको निष्कर्षमाथि पुनः बहस सुरु गराएको छ। यद्यपि, टोलीका सबै सदस्यलाई जानकारी थियो भन्ने ख्वाजा र वार्नरको दाबीलाई क्रिकेट अस्ट्रेलियाको आधिकारिक अनुसन्धानले पुष्टि गरेको छैन।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
11h ago
आठ वर्ष पुरानो ‘बल टेम्परिङ’ काण्ड फेरि चर्चामा, कमिन्सले भने : ‘पूर्ण बकवास’

आठ वर्ष पुरानो ‘बल टेम्परिङ’ काण्ड फेरि चर्चामा, कमिन्सले भने : ‘पूर्ण बकवास’

अष्ट्रेलियाका कप्तान प्याट कमिन्सले पूर्व टोली साथी उस्मान ख्वाजाले स्यान्डपेपर काण्डबारे लगाएको आरोपलाई ‘१०० प्रतिशत गलत’ र ‘पूर्ण बकवास’ भन्दै कडा अस्वीकार गरेका छन्।

#स्यान्डपेपर #फेरि #चर्चा
Compare →
Hamro Patro News
8h ago
डेब्यु खेलमै माहली बियर्डम्यानको ६ विकेट, अस्ट्रेलियाद्वारा इंग्ल्यान्ड ७ विकेटले पराजित

डेब्यु खेलमै माहली बियर्डम्यानको ६ विकेट, अस्ट्रेलियाद्वारा इंग्ल्यान्ड ७ विकेटले पराजित

पर्थ । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका तीव्र गतिका बलर माहली बियर्डम्यानले ६ विकेट लिएपछि पहिलो एकदिवसीय खेलमा आयोजक अस्ट्रेलियाले इंग्ल्यान्डमाथि ७ विकेटको सानदार जित हात पारेको छ।...

#अस्ट्रेलिया
Compare →
Onlinekhabar
1d ago
नेपालका बाढीपीडितका लागि अस्ट्रेलियाबाट ६० हजार डलर सहयोग

नेपालका बाढीपीडितका लागि अस्ट्रेलियाबाट ६० हजार डलर सहयोग

२६ कात्तिक, क्यानबेरा । नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित समुदायको राहत तथा पुनःस्थापनाका लागि अस्ट्रेलियामा संकलन गरिएको ६० हजार अस्ट्रेलियन डलर सहयोग नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ। क्यानबेरास्थित नेपाली दूतावासमा आयोजित कार्यक्रममा रिच फर …

#अस्ट्रेलिया
Compare →
Bizshala
5h ago
पूर्वआईजीपी दानबहादुर कार्की जोडिएको म्यादी प्रहरी पोशाक खरिद प्रकरणमा अख्तियार सक्रिय, ठेकेदारलाई फेरि बोलाएर बयान

पूर्वआईजीपी दानबहादुर कार्की जोडिएको म्यादी प्रहरी पोशाक खरिद प्रकरणमा अख्तियार सक्रिय, ठेकेदारलाई फेरि बोलाएर बयान

काठमाण्डौ । निर्वाचन प्रहरी (म्यादी प्रहरी) का लागि पोशाक तथा अन्य सामग्री खरिदमा भएको भनिएको अनियमिततामाथि अख्तियार...

#फेरि #प्रकरण
Compare →
Ekantipur
1d ago
जेन्सेन हुआङ प्रकरण किन चर्चामा छ ? यसले अमेरिकालाई कस्तो हानी गर्नसक्छ ?

जेन्सेन हुआङ प्रकरण किन चर्चामा छ ? यसले अमेरिकालाई कस्तो हानी गर्नसक्छ ?

जेन्सनको विवादस्पद सम्बन्ध बाहिरिएपछि डेमोक्रेट्स सांसद्हरुले उनको कडा विरोध गरेका छन् । अमेरिकी प्रविधिको मेरुदण्ड मानिएको कम्पनी चीन सरकारको प्रभावमा रहेको हुनसक्ने चिन्ता उनीहरुको छ

#चर्चा #प्रकरण
Compare →

Related Stories

Sports
Build #2611