पर्थ । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका तीव्र गतिका बलर माहली बियर्डम्यानले ६ विकेट लिएपछि पहिलो एकदिवसीय खेलमा आयोजक अस्ट्रेलियाले इंग्ल्यान्डमाथि ७ विकेटको सानदार जित हात पारेको छ।
पर्थ रंगशालामा जितका लागि पाएको १३२ रनको सामान्य लक्ष्य अस्ट्रेलियाले २३ दशमलव ३ ओभरमा मात्र ३ विकेट गुमाएर १५९ बल बाँकी छँदै पूरा गर्यो। यो जितसँगै अस्ट्रेलियाले तीन खेलको एकदिवसीय शृंखलामा १–० को अग्रता बनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )