Trending
Prev Story
Next Story

यू–१९ एसिया कपः युएईसँग नेपाल ७ विकेटले पराजित

Ekantipur •
November 08, 2026 • 01:01 PM
1
1 reads 0 reactions

ओमानमा नेपालले दिएको १५४ रनको लक्ष्य युएईले ३४.४ ओभरमा सात विकेट गुमाएर पूरा गर्दै नेपालको लगातार दोस्रो हार निश्चित गर्‍यो ।

यू–१९ एसिया कपः युएईसँग नेपाल ७ विकेटले पराजित

ओमानमा नेपालले दिएको १५४ रनको लक्ष्य युएईले ३४.४ ओभरमा सात विकेट गुमाएर पूरा गर्दै नेपालको लगातार दोस्रो हार निश्चित गर्‍यो ।

काठमाडौं — ओमानमा जारी एसीसी यू–१९ एसिया पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत युनाइटेड अरब इमिरेट्स (युएई) विरुद्ध नेपालले ७ विकेटको हार व्यहोरेको हो । यस प्रतियोगितामा नेपालको यो लगातार दोस्रो हार हो ।

पहिलो खेलमा नेपालले भारतविरुद्ध १० विकेटको पराजय व्यहोरेको थियो । युएईले भने प्रतियोगितामा जितको खाता खोलेको छ । आइतबार नेपालले दिएको सामान्य १५४ रनको लक्ष्य युएईले ३४.४ ओभरमा ७ विकेट गुमाएर भेट्टायो ।

युएईका लागि अयान मिस्बाहले अविजित ७५, आयिन किरण राईले ३२, अहमद खुदादादले २४ र ओमर तौकिरले ११ रन जोडे ।

बलिङतर्फ नेपालका लागि कप्तान विपिन रावल, नितेश पटेल र सुशील रावलले समान १–१ विकेट लिए ।

त्यसअघि ओमानको अलमरात क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४१ ओभरमा सबै विकेट गुमाएर १५३ रन बनाएको थियो । नेपालका लागि सोहेल कुँवरले ३३, सचिन भट्टले ३२, निरजकुमार यादव र दर्श सोनारले समान १६–१६ रन जोडे ।

बलिङतर्फ युएईका लागि नसीम खानले ८ ओभरमा १ मेडनसहित ४३ रन दिएर सर्वाधिक ५ विकेट लिए । नेपालले अब प्रतियोगिताको तेस्रो खेलमा मंगलबार पाकिस्तानको सामना गर्ने छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
3d ago
यु-१९ एसिया कप क्रिकेट: नेपाल पाकिस्तानसँग पराजित

यु-१९ एसिया कप क्रिकेट: नेपाल पाकिस्तानसँग पराजित

काठमाडौँ । ओमानमा जारी यु-१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल पाकिस्तानसँग पराजित भएको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा आज भएको समूह चरणको अन्तिम खेलमा नेपाल पाकिस्तानसँग १०१ रनले पराजित भ...

#ओमान #एसिया #पराजित
Compare →
Bizshala
14h ago
नेपालको जलविद्युत्, पर्यटन र डेटा सेन्टरमा लगानी गर्न युएईका लगानीकर्तालाई चन्द्र ढकालको आग्रह

नेपालको जलविद्युत्, पर्यटन र डेटा सेन्टरमा लगानी गर्न युएईका लगानीकर्तालाई चन्द्र ढकालको आग्रह

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (युएई)का...

#युएई
Compare →
Nagarik News
17h ago
युएईका लगानीकर्तालाई नेपालमा लगानी गर्न ढकालको आग्रह

युएईका लगानीकर्तालाई नेपालमा लगानी गर्न ढकालको आग्रह

उनीहरूबीच नेपाल–युएई सम्बन्ध, व्यापार विस्तार तथा नेपालमा उपलब्ध लगानीका अवसरबारे छलफल भएको थियो।

#युएई
Compare →
Arthasansar
1d ago
युएईका लगानीकर्तालाई लगानी गर्न ढकालको आग्रह

युएईका लगानीकर्तालाई लगानी गर्न ढकालको आग्रह

नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (युएई) का लगानीकर्तालाई नेपालका विभिन्न...

#युएई
Compare →
Onlinekhabar
1d ago
सन्दीपको ६ विकेटमा विराटनगरको तेस्रो जित, पोखरा प्लेअफ होडबाट बाहिरियो

सन्दीपको ६ विकेटमा विराटनगरको तेस्रो जित, पोखरा प्लेअफ होडबाट बाहिरियो

२६ कात्तिक, काठमाडौं । कप्तान सन्दीप लामिछानेले ह्याट्रिक सहित ६ विकेट लिँदा नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगरले बिहीबार पोखरा एभेन्जर्सलाई ४ विकेटले पराजित गरेको छ । पोखराले दिएको १३३ रनको लक्ष्य विराटनगरले १९.२ ओभरमा ६ …

#विकेट
Compare →

Related Stories

Sports
Build #2612