नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले चितवन राइनोजविरुद्ध कमजोर ब्याटिङ प्रदर्शन गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको जनकपुरले ११ ओभरमा ४ विकेट गुमाएर मात्र ४२ रनमात्र बनाएको छ।
जनकपुरका लागि विशाल सुस्लिङले १५ र सन्तोष कार्कीले १० रन बनाएपनि तृतराज दास ५, रियान बुर्ल ६ र हेरी टेक्टोर शुन्य रनमा आउट भए।
चितवनका लागि रन्जित कुमारले ३ विकेट लिएका छन्। यस्तै सिकन्दर राजा र कामिल मिश्राको नाममा एकएक विकेट रहेको छ।
प्लेअफको सम्भावना कायमै राख्न आज दुवै टोलीलाई जित्नै पर्ने दबाब छ। पाँचौं स्थानमा रहेको चितवनको ५ र छैठौं स्थानमा रहेको जनकपुरको ४ अंक छ। जारी लिगमा जनकपुरको यो अन्तिम खेल हो भने चितवनले अन्तिम खेल कर्णाली याक्ससँग खेल्नेछ।
प्रकाशित: २७ कार्तिक २०८३ १७:५१ शुक्रबार