Trending
Prev Story
Next Story

यू-१९ एसिया कप : नेपालको लगातार दोस्रो हार, युएईसँग ७ विकेटले पराजित

Nagarik News •
November 08, 2026 • 12:21 PM
1
1 reads 0 reactions

ओमानमा जारी एसिसी यू-१९ पुरुष एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ। आइतबार सम्पन्न खेलमा युनाइटेड अरब इमिरेट्स (युएई) सँग नेपाल ७ विकेटले पराजित भएको हो।

यू-१९ एसिया कप : नेपालको लगातार दोस्रो हार, युएईसँग ७ विकेटले पराजित

ओमानमा जारी एसिसी यू-१९ पुरुष एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ। आइतबार सम्पन्न खेलमा युनाइटेड अरब इमिरेट्स (युएई) सँग नेपाल ७ विकेटले पराजित भएको हो।

यसअघि पहिलो खेलमा भारतविरुद्ध १० विकेटको पराजय भोगेको नेपालको यो लगातार दोस्रो हार हो। युएईले भने प्रतियोगितामा पहिलो जित निकालेको छ। नेपालले प्रस्तुत गरेको १५४ रनको सामान्य लक्ष्य युएईले ३४.४ ओभरमा ३ विकेट गुमाएर सहजै पूरा गर्‍यो।

युएईको जितमा अयान मिस्बाहले अविजित ७५ रनको उत्कृष्ट अर्धशतकीय इनिङ्स खेले। यस्तै, आयिन किरण राईले ३२, अहमद खुदादादले २४ र ओमर तौकिरले ११ रन जोडे। बलिङतर्फ नेपालका लागि कप्तान विपिन रावल, नितेश पटेल र सुशील रावलले समान एक–एक विकेट लिए।

त्यसअघि ओमानको अल अमिरात क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४१ ओभरमा सबै विकेट गुमाएर १५३ रन मात्र बनाउन सकेको थियो।

नेपालका लागि सोहेल कुँवरले ३३, सचिन भट्टले ३२ तथा निरजकुमार यादव र दर्श सोनारले समान १६-१६ रन बनाए।

नेपाली इनिङ्सलाई ध्वस्त पार्ने क्रममा युएईका बलर नसीम खान एक्लैले ५ विकेट लिए। उनले ८ ओभरमा १ मेडनसहित ४३ रन खर्चिएका थिए।

लगातार दुई हारसँगै नेपालको अर्को चरण प्रवेशको सम्भावना कमजोर बनेको छ। नेपालले अब समूह चरणको तेस्रो खेलमा आगामी मङ्गलबार पाकिस्तानको सामना गर्नेछ।

प्रकाशित: २२ कार्तिक २०८३ १८:०६ आइतबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Ekantipur
1d ago
नेपाल प्रिमियर लिगमा सन्दीप लामिछानेको हृयाट्रिक विकेट

नेपाल प्रिमियर लिगमा सन्दीप लामिछानेको हृयाट्रिक विकेट

एनपीएल ३ मा पहिलो पटक कुनै खेलाडीले लगातार तीन विकेट लिएका हुन् ।

#विकेट #लगातार
Compare →
Hamro Patro News
7h ago
लगातार विकेट गुमाउँदै जनकपुर, १२ ओभरमा ६१ रन बनायाे

लगातार विकेट गुमाउँदै जनकपुर, १२ ओभरमा ६१ रन बनायाे

काठमाडाैँ ।नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनाेजसँगकाे खेलमा जनकपुर बाेल्ट्सले लगातार विकेट गुमाएकाे छ । शुक्रबार त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा जनक...

#विकेट #लगातार
Compare →
Bizshala
12h ago
नेपालको जलविद्युत्, पर्यटन र डेटा सेन्टरमा लगानी गर्न युएईका लगानीकर्तालाई चन्द्र ढकालको आग्रह

नेपालको जलविद्युत्, पर्यटन र डेटा सेन्टरमा लगानी गर्न युएईका लगानीकर्तालाई चन्द्र ढकालको आग्रह

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (युएई)का...

#युएई
Compare →
Arthasansar
1d ago
युएईका लगानीकर्तालाई लगानी गर्न ढकालको आग्रह

युएईका लगानीकर्तालाई लगानी गर्न ढकालको आग्रह

नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (युएई) का लगानीकर्तालाई नेपालका विभिन्न...

#युएई
Compare →
Onlinekhabar
1d ago
सन्दीपको ६ विकेटमा विराटनगरको तेस्रो जित, पोखरा प्लेअफ होडबाट बाहिरियो

सन्दीपको ६ विकेटमा विराटनगरको तेस्रो जित, पोखरा प्लेअफ होडबाट बाहिरियो

२६ कात्तिक, काठमाडौं । कप्तान सन्दीप लामिछानेले ह्याट्रिक सहित ६ विकेट लिँदा नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगरले बिहीबार पोखरा एभेन्जर्सलाई ४ विकेटले पराजित गरेको छ । पोखराले दिएको १३३ रनको लक्ष्य विराटनगरले १९.२ ओभरमा ६ …

#विकेट
Compare →

Related Stories

Sports
Build #2611