Trending
Prev Story
Next Story

मकवानपुर ईभी दुर्घटना : छठ मनाउन गाउँ फर्किँदै थिए यात्रु

Nagarik News •
November 12, 2026 • 05:20 AM
1
1 reads 0 reactions

छठ मनाउन काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेका एकै गाउँका यात्रु सवार विद्युतीय गाडी (इभी) आज बिहान ६ बजेतिर दुर्घटनामा परेको हो।

मकवानपुर ईभी दुर्घटना : छठ मनाउन गाउँ फर्किँदै थिए यात्रु

इभी दुर्घटनाका मृतकको पहिचान खुल्न बाँकी रहेको छ। मकवानपुरको भीमफेदीमा दुर्घटनामा परेका यात्रुको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

छठ मनाउन काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेका एकै गाउँका यात्रु सवार विद्युतीय गाडी (इभी) आज बिहान ६ बजेतिर दुर्घटनामा परेको हो।

आज बिहान भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा भएको दुर्घटनामा १० जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।

दुर्घटनामा घाइते भएका सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ का ३३ वर्षीय मुकेश यादवका अनुसार उनीहरू छठ मनाउन गाउँ फर्किने क्रममा थिए।

काठमाडौंको टीकाथलीबाट गाडी बुक गरी सर्लाहीतर्फ आउँदै गर्दा दुर्घटना भएको उनले बताए। हेटौँडा अस्पतालमा उपचाररत यादवले राति करिब २ः०० बजे टीकाथलीबाट यात्रा सुरु गरेको बताए।

उनका अनुसार गाडीमा आफूसहित करिब १४ जना सवार थिए। यात्रु अधिकांश एउटै गाउँका छिमेकी तथा आफन्त हुन्।

आफ्नो परिवारका सदस्य भने गाडीमा नरहेको तर गाउँका छिमेकी र उनीहरूका आफन्तसँगै यात्रा गरिरहेको यादवले बताए। छठ पर्व मनाउन घर फर्किने क्रममा दुर्घटनामा परेपछि उनको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ।

काठमाडौंबाट सर्लाहीतर्फ आउँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०८८० नम्बरको यात्रुबाहक इभी बिहान करिब ५ः४५ बजे भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डबाट करिब ५०० मिटर तल भिरमा खसेको थियो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार दुर्घटनामा मृत्यु हुनेमा पाँच पुरुष, तीन महिला र दुई बालिका छन्। घाइते हुनेमा तीन पुरुष र दुई बालक छन्।

घाइते पाँचै जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ।  घाइतेमध्ये मुकेश यादवसँगै सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ का पाँच वर्षीय सक्षमकुमार यादव र तीन वर्षीय सुदन यादवको पहिचान खुलेको छ।

मुकेशको टाउको र ढाडमा तथा सक्षमको शरीरमा भित्री चोट लागेको छ।  दुवैको अवस्था सामान्य रहेको र टाउको तथा मुखमा चोट लागेका सुदनको अवस्था मध्यम रहेको प्रहरी नायब उपरीक्षक काफ्लेले बताए।

यसैबीच, दुर्घटनास्थलमा खोजतलास तथा उद्धार कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीले बताए।

उनका अनुसार दुर्घटनापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली परिचालन गरी खोजतलास भइरहेको छ।

दुर्घटनाको जानकारी बिहान ५ः५५ बजे प्राप्त भएपछि इलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी नायब निरीक्षक दीपेन्द्र ढकालको नेतृत्वमा सात जनाको टोली घटनास्थल पुगेको थियो। तत्पश्चात प्रहरी उपरीक्षक खत्रीको नेतृत्वमा जिल्ला प्रहरी कार्यालयबाट थप प्रहरी टोली परिचालन गरिएको थियो।दुर्घटनास्थल इलाका प्रहरी कार्यालय भीमफेदीबाट करिब आठ किलोमिटर उत्तरमा पर्छ। भिरालो क्षेत्रमा दुर्घटना भएकाले सुरक्षाकर्मीले घटनास्थलमा खोजतलास जारी राखेका छन्।

मृतकको पहिचान खुल्नेक्रम बाँकी रहेको एवं दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रमुख प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीले बताए।

प्रकाशित: २६ कार्तिक २०८३ ११:०५ बिहीबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
8h ago
एकै गाउँका १३ जनाको मृत्युले सुन्दरपुर शोकमा

एकै गाउँका १३ जनाको मृत्युले सुन्दरपुर शोकमा

सर्लाही । मकवानपुरको भीमफेदीमा भएको विद्युतीय गाडी ९इभी० दुर्घटनामा एकै गाउँका १३ जनाको मृत्यु भएपछि सर्लाहीको चक्रघट्ट गाउँपालिका–४, सुन्दरपुर शोकमा डुबेको छ । दुर्घटनामा आफन्त गुमाएका परिवार शवको...

#दुर्घटना #गाउँ
Compare →
Onlinekhabar
3h ago
भीमफेदी दुर्घटनाका १३ जनाको शव सर्लाही आइपुग्यो, आजै सामूहिक अन्त्येष्टि गरिँदै

भीमफेदी दुर्घटनाका १३ जनाको शव सर्लाही आइपुग्यो, आजै सामूहिक अन्त्येष्टि गरिँदै

२७ कात्तिक, सर्लाही । मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको विद्युतीय हायस दुर्घटनामा मृत्यु भएका सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरका १३ जनाको शव गाउँ ल्याइएको छ । बिहीबार बिहान भएको दुर्घटनामा मृत्यु भएका उनीहरूको शव पोस्टमार्टमपछि शुक्रबार साँझ …

#दुर्घटना
Compare →
Ekantipur
5h ago
भीमफेदी दुर्घटना : प्रशासनको आश्वासनसँगै शव लिएर सर्लाही फर्किए आफन्त

भीमफेदी दुर्घटना : प्रशासनको आश्वासनसँगै शव लिएर सर्लाही फर्किए आफन्त

भीमफेदी दुर्घटनामा ज्यान गुमाएका परिवारले क्षतिपूर्ति, घाइते बालबालिकाको शिक्षा र पालनपोषण तथा रोजगारीको माग राखे पनि ठोस लिखित सहमतिबिनै शव बुझे । मकवानपुर प्रशासनले सात दिनभित्र माग सम्बोधनका लागि पहल गर्ने आश्वासन दिएको छ ।

#दुर्घटना
Compare →
Bizshala
8h ago
बसाइँसराइले रित्तिएको गाउँमा पर्यटनको बहार: पुराना घर बने आकर्षक रिसोर्ट, स्थानीयलाई रोजगारी र आम्दानी

बसाइँसराइले रित्तिएको गाउँमा पर्यटनको बहार: पुराना घर बने आकर्षक रिसोर्ट, स्थानीयलाई रोजगारी र आम्दानी

काठमाण्डौ । बढ्दो बसाइँसराइका कारण सुनसान बन्दै गएको मकवानपुरको एउटा गाउँमा पर्यटन व्यवसायले नयाँ जीवन भरेको छ।...

#गाउँ
Compare →
Arthasansar
10h ago
भीमफेदी सवारी दुर्घटना छानबिन गर्न सरकारले बनायाे पाँच सदस्यीय समिति गठन

भीमफेदी सवारी दुर्घटना छानबिन गर्न सरकारले बनायाे पाँच सदस्यीय समिति गठन

मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानीगढीस्थित भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डमा भएको यात्रुवाहक सवारी दुर्घटनाप्रति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गहिरो दुःख व्यक्त गरेको छ।  शुक्रबार...

#काठमाडौं #दुर्घटना
Compare →

Related Stories

Technology
Build #2611