Trending
Prev Story
Next Story

लक्ष्मीपूजामा विद्युत्‌को माग १,८१३ मेगावाट, ५८७ मेगावाट भारत र बंगलादेश निर्यात

Arthasansar •
November 09, 2026 • 02:04 AM
2
2 reads 0 reactions

यस वर्षको लक्ष्मीपूजाको दिन आइतबार विद्युत् प्रणालीमा एक हजार ८१३ मेगावाट विद्युत् माग पुगेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार...

1 / 2
Swipe Photos

यस वर्षको लक्ष्मीपूजाको दिन आइतबार विद्युत् प्रणालीमा एक हजार ८१३ मेगावाट विद्युत् माग पुगेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार लक्ष्मीपूजाको दिन अहिले साँझ ६ बजेर १५ मिनेटमा राष्ट्रिय विद्युत् प्रणालीको उच्चतम माग (पिक लोड) १ हजार ८१३ मेगावाट पुगेको हो ।

उक्त समयमा देशभित्रको कुल विद्युत् उत्पादन २ हजार ४००.३० मेगावाट रहेको थियो । आन्तरिक माग पूरा गरेपछि बाँकी ५८७.३० मेगावाट विद्युत् भारत र बंगलादेशमा निर्यात गरिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार पिक लोडको समयमा निजी क्षेत्रका जलविद्युत् आयोजनाबाट १ हजार ५३६.५० मेगावाट विद्युत् उत्पादन भएको थियो । त्यस्तै, प्राधिकरणका सहायक कम्पनीबाट ४९९.२० मेगावाट, प्राधिकरणका जलाशय तथा नदी प्रवाही (आरओआर र पीआरओआर) आयोजनाबाट ३४२.३० मेगावाट र स्टोरेज आयोजनाबाट २२.३० मेगावाट विद्युत् उत्पादन भएको थियो ।

लक्ष्मीपूजाको दिन विद्युत् प्रणालीमा कुनै अवरोध (पावर इन्टरप्सन) नभएको प्राधिकरणले जनाएको छ । यस अवधिमा प्रणालीको फ्रिक्वेन्सी ५०.१२० हर्ज कायम रहेको थियो । यस्तै, लक्ष्मीपूजाको साँझ काठमाडौं उपत्यकाको अधिकतम विद्युत् माग ४८९.५० मेगावाट पुगेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ । पछिल्लो समय जलविद्युत् उत्पादन क्षमता बढ्दै जाँदा चाडपर्वको समयमा आन्तरिक माग पूरा गरेर अतिरिक्त विद्युत् निर्यात गर्न सकिने अवस्था बनेको छ ।

प्राधिकरणका अनुसार अघिल्लो वर्षको लक्ष्मीपूजाको तुलनामा माग ६८ मेगावाटले बढि माग बढेको हो । गत वर्षको लक्ष्मीपूजामा १ हजार ७४५ मेगावाट विद्युत खपत भएको थियो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
3d ago
विद्युत् पोलमा मोटरसाइकल ठोक्किँदा १६ वर्षीय किशोरको मृ’ त्यु

विद्युत् पोलमा मोटरसाइकल ठोक्किँदा १६ वर्षीय किशोरको मृ’ त्यु

बर्दियाको बढैयातालमा हुलाकी सडक छेउको विद्युत् पोलमा मोटरसाइकल ठोक्किँदा गम्भीर घाइते भएका १६ वर्षीय एक किशोरको भारतको लखनउमा उपचारका क्रममा मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार ...

#विद्युत्
Compare →
Bizshala
3h ago
नेपाली जुटमा भारतले लगाएको अतिरिक्त शुल्क हटाउन पहल, सिमेन्टदेखि स्टिलसम्मको निर्यात सहज बनाउने विषयमा छलफल

नेपाली जुटमा भारतले लगाएको अतिरिक्त शुल्क हटाउन पहल, सिमेन्टदेखि स्टिलसम्मको निर्यात सहज बनाउने विषयमा छलफल

काठमाण्डौ । भारतले नेपाली जुटजन्य उत्पादनमा लगाएको एन्टिडम्पिङ तथा प्रतिकारात्मक शुल्क पुनरावलोकन गर्न नेपालले...

#भारत #निर्यात
Compare →

Related Stories

World News
Build #2611