Trending
Prev Story
Next Story

कोरला नाकाबाट चार महिनामा सात हजार विद्युतीय सवारीसाधन आयात

Nagarik News •
November 22, 2026 • 06:27 AM
2
2 reads 0 reactions

नेपाल–चीन सीमा कोरलानाबाट चालु वर्षको पहिलो चार महिनामा सात हजार विद्युतीय सवारीसाधन (इभी) नेपाल भित्र्याइएको छ।

कोरला नाकाबाट चार महिनामा सात हजार विद्युतीय सवारीसाधन आयात

नेपाल–चीन सीमा कोरलानाबाट चालु वर्षको पहिलो चार महिनामा सात हजार विद्युतीय सवारीसाधन (इभी) नेपाल भित्र्याइएको छ।

कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयका अनुसार गत वर्ष तीन हजार २२३ विद्युतीय सवारी (इभी) गाडी उक्त नाकाबाट नेपाल भित्रयाइएको थियो। भन्सार कार्यालयका अनुसार त्यस नाकाबाट छोटो समयमै यति धेरै सङ्ख्यामा विद्युतीय सवारी गाडी नेपाल भित्रिएको पहिलो घटना हो।

गत भदौ १० गते रसुवाको भोटेकोसी बाढीका कारण रसुवागढी नाका पूर्ण रुपमा बन्द भएकाले  विद्युतीय सवारीसहितका मालसामान यस नाकाबाट आउने क्रम वृद्धि भएको हुन सक्ने भन्सार कार्यालय अधिकृत अमिन्द्र सिंहले जानकारी दिए। उनका अनुसार चालु वर्षको साउनमा एक सय, भदौमा एक हजार २५३ तथा असोज र कात्तिकमा थप पाँच हजार ६४७ को सङ्ख्यामा ती विद्युतीय नेपाल भित्रिएका हुन्।

यसैबीच, नेपाल भित्रिएका ती सवारीसाधनलाई गन्तव्यसम्म पुर्याउन जोखिमपूर्ण सडक र दक्ष चालकको अभाव हुँदा विभिन्न चुनौती खेप्न परेको भन्सार प्रमुखको भनाइ छ।

सोही समस्याका कारण मुस्ताङ भन्सारमा जाँचपास भई गन्तव्यतर्फ प्रस्थान गरेका दर्जनौँ विद्युतीय सवारीसाधन अझै पनि सडकमै रहेको पाइएको छ।

चार महिनामै उठ्यो १२ अर्ब ५५ करोड बढी राजस्व

मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक बर्षको पहिलो चार महिनामा रु १२ अर्ब ५५ करोड १४ लाख राजस्व सङ्कलन गरेको छ। उक्त कार्यालयको वार्षिक राजस्व सङ्कलन लक्ष्य रु नौ अर्ब रहेको छ।

पहिलो चार महिनामै लक्ष्यभन्दा तीन अर्ब ५५ करोड १४ लाख बढी राजस्व सङ्कलन भएको भन्सार अधिकृत सिंहले जानकारी दिए।

कार्यालयका अनुसार चालु वर्षको पहिलो चौमासिकमा रु ३० अर्ब नौ करोड नौ लाख मूल्य बराबरको मालवस्तु चीनबाट पैठारी भएको छ। त्यस नाकाबाट खासगरी विद्युतीय सवारी, लत्ताकपडा, कस्मेटक सामान, इलेक्ट्रोनिक उपकरण, निर्माण सामाग्री, फलफूल र खाद्यान्नलगायत सामान आयात  भएको छ।

त्यस्तै, चालु वर्षको पहिलो चौमासिकमा त्यो नाका भएर नेपालबाट रु २९ करोड ५२ लाख बढीको मालवस्तु चीनतर्फ निकासी भएको छ। नेपालबाट खासगरी हस्तकलाका सामान र नेपाली उत्पादन रहेको भन्सार अधिकृत सिंहले जानकारी दिए। रासस

प्रकाशित: ६ मंसिर २०८३ १२:१२ आइतबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
3m ago
कोरला नाकाबाट ४ महिनामा ७ हजार विद्युतीय सवारीसाधन आयात

कोरला नाकाबाट ४ महिनामा ७ हजार विद्युतीय सवारीसाधन आयात

रसुवागढी नाका बन्द भएपछि कोरलानाबाट आयात बढ्दा मुस्ताङ भन्सारले चार महिनामै १२ अर्ब ५५ करोड रुपैयाँ राजस्व उठायो।

#विद्युतीय #नाका #कोरला
Compare →
Hamro Patro News
2d ago
सात वर्षमा पनि बनेन मुस्ताङको लेते-धम्पु पुल

सात वर्षमा पनि बनेन मुस्ताङको लेते-धम्पु पुल

मुस्ताङको थासाङ गाउँपालिकाका तीन वडा जोड्ने कालीगण्डकी नदीमाथिको लेते–धम्पु मोटरेबल पुल निर्माण सात वर्ष बितिसक्दा पनि सम्पन्न हुनसकेको छैन। निर्माणमा चरम ढिलासुस्ती हुँदा पुल पछिल्लो १० महिनादेखि ...

#सात
Compare →
Onlinekhabar
2d ago
तातोपानी नाका तत्काल खुलाउन चिनियाँ राजदूतसँग परराष्ट्रमन्त्री खनालले गरे ध्यानाकर्षण

तातोपानी नाका तत्काल खुलाउन चिनियाँ राजदूतसँग परराष्ट्रमन्त्री खनालले गरे ध्यानाकर्षण

३ मंसिर, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले चीनसँगको तातोपानी नाका तत्काल सञ्चालनमा ल्याउन जोड दिएका छन् । सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा परराष्ट्रमन्त्री खनालसँग चिनियाँ राजदूत चाङ माओमिङले गरेको शिष्टाचार गरेका थिए । सो अवसरमा परराष्ट्रमन्त्री खनालले तातोपानी …

#नाका
Compare →
Bizshala
3d ago
रसुवागढी बन्द हुँदा चीनसँगको व्यापार प्रभावित, तातोपानी नाका तत्काल खोल्न परराष्ट्रमन्त्री खनालको आग्रह

रसुवागढी बन्द हुँदा चीनसँगको व्यापार प्रभावित, तातोपानी नाका तत्काल खोल्न परराष्ट्रमन्त्री खनालको आग्रह

काठमाण्डौ । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–चीन व्यापार तथा पारवहन सहज बनाउन तातोपानी नाका तत्काल सञ्चालनमा...

#नाका
Compare →

Related Stories

World News
Build #2612