मुस्ताङको थासाङ गाउँपालिकाका तीन वडा जोड्ने कालीगण्डकी नदीमाथिको लेते–धम्पु मोटरेबल पुल निर्माण सात वर्ष बितिसक्दा पनि सम्पन्न हुनसकेको छैन। निर्माणमा चरम ढिलासुस्ती हुँदा पुल पछिल्लो १० महिनादेखि अलपत्र परेको छ।
गण्डकी प्रदेश सरकारको पूर्वाधार विकास मन्त्रालयअन्तर्गत पूर्वाधार विकास कार्यालय मुस्ताङमार्फत निर्माण भइरहेको उक्त पुल थासाङ गाउँपालिकाका वडा नं २, ३ र ५ जोड्ने गरी निर्माण गर्न लागिएको हो। पुलले बेनी–जोमसोम सडकसँगै कालीगण्डकी नदीपारिका धप्पु, सिर्खुम, सौरु, टिटी, कुञ्जो र ताक्लुङलगायत गाउँलाई ग्रामीण सडक सञ्जालसँग जोड्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् ( nagariknews.nagariknetwork.com )