Trending
Prev Story
Next Story

माइक्रोबस चोरीमा संलग्न रहेको आरोपमा दुई जना पक्राउ

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
2
2 reads 0 reactions

६ मंसिर, काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका–४ बाफलबाट हराएको माइक्रो बस चोरीको आरोपमा दुई जना पक्राउ परेका छन् । प्रहरीका अनुसार गत कात्तिक २९ गते साँझ करिब ७:४५ बजे मनमती करिडोरस्थित सामुदायिक भवन नजिक खाली जग्गामा …

माइक्रोबस चोरीमा संलग्न रहेको आरोपमा दुई जना पक्राउ

६ मंसिर, काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका–४ बाफलबाट हराएको माइक्रो बस चोरीको आरोपमा दुई जना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार गत कात्तिक २९ गते साँझ करिब ७:४५ बजे मनमती करिडोरस्थित सामुदायिक भवन नजिक खाली जग्गामा पार्किङ गरेर राखिएको बा १ ज ९८०५ नम्बरको माइक्रोबस हराएको थियो ।

माइक्रोबस हराएको सूचनापछि प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले खोजतलास गर्ने क्रममा मंसिर २ गते कलंकीबाट चोरी भएको गाडी फेला पारेको थियो ।

सो माइक्रोबस चोरीमा संलग्न भएको आरोपमा प्रहरीले शनिबार स्वयम्भूस्थित बुद्ध पार्कबाट दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।

पक्राउ पर्नेमा धादिङको गल्छी गाउँपालिका–६ घर भई हाल काठमाडौंको कलंकी बस्ने ३७ वर्षीय बाबुराम तामाङ र सिन्धुलीको लखनपुर घर भई हाल काठमाडौंको स्वयम्भू बस्ने १८ वर्षीय विशाल लामा छन् ।

उनीहरूलाई चोरीसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
18m ago
चोरी भएको माइक्रोबससहित दुई जना पक्राउ

चोरी भएको माइक्रोबससहित दुई जना पक्राउ

काठमाडौं । काठमाडौंको बाफलबाट चोरी भएको माइक्रोबससहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । नागार्जुन नगरपालिका–४ बाफलस्थित मनमती करिडोर सामुदायिक भवन नजिक पार्किङ गरेर राखिएको बा १ ज ९८०५ नम्बरको ...

#चोरी #काठमाडौं #माइक्रोबस
Compare →
Ekantipur
20h ago
गोरखामा एकै दिन ६ ठाउँमा चोरी

गोरखामा एकै दिन ६ ठाउँमा चोरी

पालुङटार माझथोकका भीमबहादुर घिमिरेको घरबाट ३३ सय रुपैयाँ नगद र सुनको नौगेडी चोरी भएको प्रहरीले जनाएको छ ।

#चोरी
Compare →

Related Stories

World News
Build #2612