Trending
Prev Story
Next Story

एसिया कप राइजिङ स्टार्सः युएईद्वारा नेपालसामु १२२ रनको सामान्य लक्ष्य

Nagarik News •
November 22, 2026 • 09:18 AM
2
2 reads 0 reactions

दोहामा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको यूएई ३९.५ ओभरमा १२१ रनमा अलआउट भएको हो।

एसिया कप राइजिङ स्टार्सः युएईद्वारा नेपालसामु १२२ रनको सामान्य लक्ष्य

एसिया कप राइजिङ स्टार्सको आफ्नो दोस्रो खेलमा नेपाललाई युएईले १२२ रनको सामान्य लक्ष्य दिएको छ। दोहामा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको यएई ३९.५ ओभरमा १२१ रनमा अलआउट भएको हो।

युएईका लागि मोहमद सहदादले ४०, हरप्रित सिंहले ३२ र नूरुल्लाह आयोबीले १२ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकको स्कोर गर्न सकेनन्।

युएईलाई सस्तैमा समेट्न कप्तान सन्दीप लामिछाने र कुशल भुर्तेलले समान ३ विकेट लिए। आफ्नो स्पेलमा सन्दीपले ३ मेडनसहित मात्र ११ रन खर्चेर ३ विकेट लिएका हुन्। कुशलले ५ ओभर बलिङ गर्दै २ मेडनसहित १५ रनमात्र दिए।

नन्दन यादव, रसिद खान र ललित राजवंशीको नाममा एकएक विकेट रह्यो। युएईका एक जना रनआउट भए।

प्रतियोगिताको आफ्नो पहिलो खेलमा भारत एसँग ३०६ रनको फराकिलो हार ब्यहोरेको नेपाल आजको खेल जित्नै पर्ने दबाबमा छ। युएई पनि आफ्नो पहिलो खेलमा पाकिस्तान एसँग ६१ रनले पराजित भएको थियो।

लिगको आफ्नो अन्तिम खेलमा नेपालले म‌गलबार पाकिस्तान एसँग खेल्नेछ।

प्रकाशित: ६ मंसिर २०८३ १५:०३ आइतबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
12m ago
एसिया कप राइजिङ स्टार्स : युएईद्वारा नेपालसामु १२२ रनको लक्ष्य प्रस्तुत

एसिया कप राइजिङ स्टार्स : युएईद्वारा नेपालसामु १२२ रनको लक्ष्य प्रस्तुत

काठमाडौं- कतारमा जारी एसिया कप राइजिङ स्टार्स एकदिवसीय क्रिकेट प्रतियोगितामा युनाइटेड अरब इमिरेट्स (युएई) ले नेपालसामु १२२ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ । दोहास्थित विज्ञान तथा प्रविधि विश्...

#युएई #एसिया #राइजिङ
Compare →
Arthasansar
2d ago
राइजिङ स्टार्स एसिया कप : भारत ‘ए’ सँग भिड्दै नेपाल

राइजिङ स्टार्स एसिया कप : भारत ‘ए’ सँग भिड्दै नेपाल

नेपालले आज शुक्रबार एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगितामा बलियो प्रतिद्वन्द्वी भारत ‘ए’ विरुद्ध प्रतिस्पर्धा गर्दैछ। कतारको दोहामा जारी प्रतियोगिताअन्तर्गत...

#एसिया #राइजिङ #स्टार्स
Compare →
Onlinekhabar
2d ago
राइजिङ स्टार्स एसिया कपमा नेपालले भारतसँग खेल्दै

राइजिङ स्टार्स एसिया कपमा नेपालले भारतसँग खेल्दै

४ मंसिर, काठमाडौं । कतारमा जारी राइजिङ स्टार्स एसिया कपको आफ्नो पहिलो खेलमा नेपालले शुक्रबार भारत ए सँग प्रतिस्पर्धा गर्दैछ । कतारको दोहास्थित वेस्ट इन्ड अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने खेल नेपाली समयअनसार अपरान्ह पौने ४ बजे …

#एसिया #राइजिङ #स्टार्स
Compare →
Ekantipur
4d ago
क्रिकेट: फेमसको सानदार शतकमा राइजिङको जित

क्रिकेट: फेमसको सानदार शतकमा राइजिङको जित

फेमस नगरकोटीको विस्फोटक ब्याटिङप्रेरित राइजिङ स्टार्सले राइजिङ स्टार यू–१२ ब्वाइज क्रिकेट प्रतियोगितामा सीईसी भक्तपुरलाई ६ विकेटले पराजित गरेको छ ।

#विकेट #राइजिङ
Compare →

Related Stories

Sports
Build #2612