Trending
Prev Story
Next Story

एसिया कप राइजिङ स्टार्सः नेपाललाई भारतले दियो ३३३ रनको उच्च लक्ष्य, सन्दीप र ललितले लिए ३/३ विकेट

Nagarik News •
November 20, 2026 • 01:56 PM
1
1 reads 0 reactions

दोहामा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको भारतले निर्धारित ओभरमा ९ विकेट गुमाएर ३३२ रनको योगफल तयार पारेको हो।

एसिया कप राइजिङ स्टार्सः नेपाललाई भारतले दियो ३३३ रनको उच्च लक्ष्य, सन्दीप र ललितले लिए ३/३ विकेट

एसिया कप राइजिङ स्टार्स प्रतियोगिताको आफ्नो पहिलो खेलमा भारत ए ले नेपालसामु ३३३ रनको उच्च लक्ष्य प्रस्तुत गरेको छ।

दोहामा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको भारतले निर्धारित ओभरमा ९ विकेट गुमाएर ३३२ रनको योगफल तयार पारेको हो।

४२ रन जोड्दा आफ्नो सुरुवाती ३ विकेट गुमाएको भारतको इनिङ्स कप्तान तिलक वर्मा र कुमार कुसाग्राले सम्हालेका थिए। उनीहरुले २ सय ६ रनको साझेदारी गरेपछि भारत उच्च योगफल उन्मुख भएको हो। कुमार ११७ रनमा आउट भए। तिलकले १०७ रनको योगदान गरे। ललित राजवंशीले कुमारलाई बोल्ड गर्दै साझेदारी तोडेका थिए।

भारतका वैभव सूर्यवंशी २६, अभिशेख शर्मा र रिंकु सिंह समान ९ तथा आयुश बडोनी २ रनमा आउट भए। सूर्यान्स सिद्गेले मात्र १४ बलमा नटआउट ३६ रन बनाए।

२४८ रनमा आफ्नो चौथो विकेट गुमाएको भारतले थप सय रन जोड्न नपाउँदै बाँकी सबै विकेट गुमाएको थियो।

सन्दीप लामिछाने र ललित राजवंशीले समान ३ विकेट लिए। नन्दन यादवले २ विकेट लिँदा पवन सर्राफको नाममा एक विकेट रह्यो।

नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।

समूह बीमा नेपाल भारत एसँगै पाकिस्तान ए र यूएई छन्।

प्रकाशित: ४ मंसिर २०८३ १९:४१ शुक्रबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
2h ago
तिलक र कुशाग्रको शतकमा भारतले नेपाललाई दियो बलियो लक्ष्य

तिलक र कुशाग्रको शतकमा भारतले नेपाललाई दियो बलियो लक्ष्य

४ मंसिर, काठमाडौं । कुमार कुशाग्र र कप्तान तिलक वर्माले शानदार शतक बनाएपछि राइजिङ स्टार्स एसिया कपमा भारतले नेपालसामू बलियो योगफल खडा गरेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको भारत ए ले ५० ओभरमा ९ …

#भारत #नेपाललाई #दियो
Compare →
Arthasansar
7h ago
राइजिङ स्टार्स एसिया कप : भारत ‘ए’ सँग भिड्दै नेपाल

राइजिङ स्टार्स एसिया कप : भारत ‘ए’ सँग भिड्दै नेपाल

नेपालले आज शुक्रबार एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगितामा बलियो प्रतिद्वन्द्वी भारत ‘ए’ विरुद्ध प्रतिस्पर्धा गर्दैछ। कतारको दोहामा जारी प्रतियोगिताअन्तर्गत...

#भारत #एसिया #राइजिङ
Compare →
Hamro Patro News
19h ago
डाविड मलानको अर्धशतकमा चितवनले सुदूरपश्चिमलाई दियो १३४ रनको लक्ष्य

डाविड मलानको अर्धशतकमा चितवनले सुदूरपश्चिमलाई दियो १३४ रनको लक्ष्य

डाविड मलानले अविजित अर्धशतक बनाएपछि नेपाल प्रिमियर लिग (एनपिएल) सिजन ३ को दोस्रो क्वालिफायरमा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई १३४ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क...

#दियो #रनको #लक्ष्य
Compare →
Ekantipur
1h ago
प्रधानमन्त्री शाह र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता, भारत भ्रमणबारे छलफल

प्रधानमन्त्री शाह र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता, भारत भ्रमणबारे छलफल

प्रधानमन्त्री वालेन्द्र शाह र रास्वपा सभापति रवि लामिछानेबीच शुक्रबार तीन घण्टा छलफल भएको हो । प्रधानमन्त्रीको भारत भ्रमणबारे दुवै नेताबीच एक्ला-एक्लै छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दियो ।

#भारत
Compare →
Bizshala
5h ago
प्रधानमन्त्री बालेनसँग भारत जाने ५२ उद्योगी व्यवसायीको सूची तयार, अञ्जनदेखि निर्वाण चौधरी र नितेश मालपानीसम्म

प्रधानमन्त्री बालेनसँग भारत जाने ५२ उद्योगी व्यवसायीको सूची तयार, अञ्जनदेखि निर्वाण चौधरी र नितेश मालपानीसम्म

काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को आसन्न भारत भ्रमणमा निजी क्षेत्रका ५२ जना उद्योगी व्यवसायी सहभागी...

#भारत
Compare →

Related Stories

Sports
Build #2612