डाविड मलानले अविजित अर्धशतक बनाएपछि नेपाल प्रिमियर लिग (एनपिएल) सिजन ३ को दोस्रो क्वालिफायरमा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई १३४ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १३३ रन बनाएको हो । चितवनका लागि मलानले ५१ बलमा नौ चौका र दुई छक्काको मद्दतमा अविजित ७१ रन बनाउनुभयो ।
Read full story at source ( gorkhapatraonline.com )