Trending
Prev Story
Next Story

गर्भवतीको मृ*त्युपछि बरहथवा नगर अस्पतालमा आगजनी र तोडफोड

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
4
4 reads 0 reactions

७ मंसिर, सर्लाही । उपचारका क्रममा गर्भवती महिलाको मृत्यु भएपछि सर्लाहीको बरहथवा नगर अस्पतालमा आफन्तले आगजनी र तोडफोड गरेका छन् । उनीहरूले अस्पतालको इमर्जेन्सी कक्षमा आगजनी गर्नुका साथै तोडफोड गरेका हुन् । बरहथवा नगरपालिका–५, हात्तीढुंगा पानिटंकी …

गर्भवतीको मृ*त्युपछि बरहथवा नगर अस्पतालमा आगजनी र तोडफोड

७ मंसिर, सर्लाही । उपचारका क्रममा गर्भवती महिलाको मृत्यु भएपछि सर्लाहीको बरहथवा नगर अस्पतालमा आफन्तले आगजनी र तोडफोड गरेका छन् । उनीहरूले अस्पतालको इमर्जेन्सी कक्षमा आगजनी गर्नुका साथै तोडफोड गरेका हुन् ।

बरहथवा नगरपालिका–५, हात्तीढुंगा पानिटंकी टोलकी २१ वर्षीया सीमा रामदेवीको उपचारका क्रममा मृत्यु भएपछि घटना भएको हो । नौ महिनाकी गर्भवती उनी तीन दिनदेखि बिरामी थिइन् । उनको बरहथवा नगर अस्पतालमा उपचार भइरहेको थियो ।

प्रहरीका अनुसार शनिबार साँझ करिब ६ बजे उपचारका क्रममा उनी अचानक बेहोस भएकी थिइन् । चिकित्सकको लापरबाहीका कारण बिरामीको अवस्था बिग्रिएको भन्दै आफन्तले अस्पतालमा तोडफोड र आगजनी गरेका थिए ।

त्यसपछि थप उपचारका लागि उनलाई चन्द्रनिगाहपुरस्थित अस्पताल लगिएको थियो । त्यहाँ चिकित्सकले राति १० बजेर ५३ मिनेटमा उनलाई मृत घोषणा गरेका थिए । उनको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको छ ।

घटनापछि बरहथवा नगर अस्पतालको इमर्जेन्सी कक्षमा आगजनी र तोडफोड भएको प्रहरीले जनाएको छ । आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ । घटनाबाट करिब ३० लाख रुपैयाँ बराबरको क्षति भएको अस्पतालका सूचना अधिकारी राजेश गुप्ताले जानकारी दिए ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सर्लाही पठाएको छ । आगजनीमा संलग्न रहेको आरोप लागेका अस्पतालका करार कर्मचारी धिरज महरा र सुरेश महरा भने फरार रहेको प्रहरीले जनाएको छ । उनीहरूको खोजी भइरहेको छ ।

घटनापछि अस्पतालको सुरक्षा व्यवस्था कडा पारिएको छ । घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । आइतबार बिहानसम्म अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

मृतक महिलाको मृत्यु चिकित्सकीय लापरबाहीका कारण भएको हो वा होइन भन्ने विषयमा भने आधिकारिक पुष्टि भएको छैन ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
2h ago
सुत्केरीको मृत्युपछि बरहथवा अस्पतालमा तोडफोड र आगजनी, चार जना पक्राउ

सुत्केरीको मृत्युपछि बरहथवा अस्पतालमा तोडफोड र आगजनी, चार जना पक्राउ

सर्लाही । बरहथवा नगरपालिका–६ स्थित बरहथवा नगर अस्पतालमा भएको तोडफोड तथा आगजनीबाट करिब ३० लाख रुपैयाँ बराबरको क्षति भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्...

#अस्पताल #बरहथवा #त्युपछि
Compare →
Ekantipur
21h ago
बर्दिया अस्पतालमा तीन वर्षदेखि अक्सिजन उत्पादन बन्द

बर्दिया अस्पतालमा तीन वर्षदेखि अक्सिजन उत्पादन बन्द

करिब तीन वर्ष अघिदेखि प्लान्टबाट अक्सिजन उत्दादन बन्द भएपछि नेपालगन्ज र कोहलपुरबाट खरिद हुँदै आएको छ ।

#अस्पताल
Compare →
Nagarik News
1d ago
खोटाङ जिल्ला अस्पतालले पायो नयाँ भवन, अब ५० शय्याको सेवा सुरु गर्ने तयारी

खोटाङ जिल्ला अस्पतालले पायो नयाँ भवन, अब ५० शय्याको सेवा सुरु गर्ने तयारी

जिल्ला अस्पताल खोटाङले सुविधासम्पन्न नयाँ पक्की भवन पाएपछि ५० शय्याको उपचार सेवा सुरु गर्ने तयारी थालेको छ।

#अस्पताल
Compare →
Bizshala
2d ago
एनआईसी एशिया बैंकद्वारा तीन सामुदायिक विद्यालय र एक अस्पताललाई सहयोग, खानेपानी शुद्धीकरण प्लान्ट र स्वास्थ्य उपकरण हस्तान्तरण

एनआईसी एशिया बैंकद्वारा तीन सामुदायिक विद्यालय र एक अस्पताललाई सहयोग, खानेपानी शुद्धीकरण प्लान्ट र स्वास्थ्य उपकरण हस्तान्तरण

काठमाण्डौ । एनआईसी एशिया बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत बर्दिया र धनुषा जिल्लाका तीन...

#अस्पताल
Compare →

Related Stories

Health & Wellness
Build #2612