Trending
Prev Story
Next Story

अघि बढ्यो चार वटा विधेयकमाथि दफावार छलफल

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
3
3 reads 0 reactions

७ मंसिर, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको संसदीय विषयगत समितिमा विचाराधीन चार वटा विधेयकमाथि दफावार छलफल अघि बढेको छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चलचित्र विधेयकमाथि छलफल अघि बढाएको छ । यसबारे छलफल गर्न सोमबार …

अघि बढ्यो चार वटा विधेयकमाथि दफावार छलफल

७ मंसिर, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको संसदीय विषयगत समितिमा विचाराधीन चार वटा विधेयकमाथि दफावार छलफल अघि बढेको छ ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चलचित्र विधेयकमाथि छलफल अघि बढाएको छ । यसबारे छलफल गर्न सोमबार बिहान ११ बजे बैठक राखिएको छ ।

आज नै महिला तथा सामाजिक मामिला समितिले समितिमा दफावार छलफलका लागि प्राप्त मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयकमा संशोधनकर्ता सहित दफावार छलफल गर्दैछ ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा खानी तथा खनिज पदार्थ विधेयक, २०८३माथि विज्ञहरुसँग छलफल छ ।

अर्थ समितिमा अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३ माथि संशोधन प्रस्ताव दर्ता गर्ने संशोधनकर्तासँग छलफल गर्दैछ ।

यी चार वटै समितिको बैठक सिंहदरवारमा बस्नेछन् ।

संघीय संसद्का दुवै सदनमा गरी ३६ वटा विधेयक विचाराधीन अवस्थामा छन् । तीमध्ये प्रतिनिधिसभाका विभिन्न विषयगत समितिमा २४ वटा विधेयक छन् । यसमध्ये केही विधेयक दफावार छलफलमा अघि बढेका हुन् ।

संघीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा पाँच वटा विधेयक छन् ।

अर्थ समितिमा चार वटा, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा तीन वटा, महिला तथा सामाजिक मामिला समितिमा तीन वटा, कानुन, न्याय तथा मानव अधिकारमा समितिमा पनि तीन वटा विधेयक छन् ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्तामा दुई, राज्य व्यवस्था तथा सुशासन समितिमा दुई, कृषि तथा प्राकृतिक स्रोत समितिमा एउटा र पूर्वाधार विकास समितिमा एउटा विधेयक विचाराधीन छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
2h ago
चार संसदीय समितिमा आज चार विधेयकमाथि छलफल, अर्थदेखि चलचित्रसम्मका विषय कार्यसूचीमा

चार संसदीय समितिमा आज चार विधेयकमाथि छलफल, अर्थदेखि चलचित्रसम्मका विषय कार्यसूचीमा

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतका चार संसदीय समितिले आज सोमबार विभिन्न चार विधेयकमाथि छलफल गर्दैछन्। अर्थसम्बन्धी कानुन संशोधन, खानी तथा खनिज पदार्थ, मानव बेचबिखन नियन्त्रण र चलचित्र क्षेत्रसँग सम्...

#विधेयकमाथि
Compare →
Nagarik News
19h ago
वायु गुणस्तर कायम गर्न कामपाको २७ वटा रणनीतिक क्षेत्र

वायु गुणस्तर कायम गर्न कामपाको २७ वटा रणनीतिक क्षेत्र

काठमाडौं महानगरपालिकाले वायु गुणस्तर कायम गर्न २७ वटा रणनीतिक क्षेत्रसहितको कार्यक्रम अघि बढाउने योजना बनाएको छ।

#वटा
Compare →
Ekantipur
2d ago
एनएफएलमा तीन टिमका लागि २० वटा प्रस्ताव

एनएफएलमा तीन टिमका लागि २० वटा प्रस्ताव

नेपाल फुटबल लिग (एनएफएल) मा तीन नयाँ टोली थप्न आह्वान गरिएको बोलपत्रमा २० वटा प्रस्ताव परेको छ।

#वटा
Compare →
Bizshala
6d ago
मंसिरका लागि ६ बैंकले घटाए निक्षेप ब्याजदर, १४ वटाको यथावत्

मंसिरका लागि ६ बैंकले घटाए निक्षेप ब्याजदर, १४ वटाको यथावत्

काठमाडौं । सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये ६ वटाले मंसिर महिनाका लागि निक्षेपको ब्याजदर घटाएका छन्। बाँकी १४...

#वटा
Compare →
Arthasansar
1w ago
तीन महिनामा बीमा प्राधिकरणबाट ९४ वटा उजुरी फर्छ्यौट

तीन महिनामा बीमा प्राधिकरणबाट ९४ वटा उजुरी फर्छ्यौट

नेपाल बीमा प्राधिकरणले चालु आर्थिक वर्ष २०८३/८४ को प्रथम त्रैमास (साउन–असोज)सम्म ९४ वटा उजुरी फर्छ्यौट गरेको छ। बीमा प्राधिकरणले फैसला...

#वटा
Compare →

Related Stories

World News
Build #2612