Trending
Prev Story
Next Story

बालेनलाई गार्ड अफ अनरको तयारी (तस्वीरहरु)

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
2
2 reads 0 reactions

७ मंसिर, नयाँ दिल्ली। भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाहलाई ‘गार्ड अफ अनर’ प्रदानको तयारी सकिएको छ । अबको केहीबेरमा प्रधानमन्त्री बालेनलाई भारतीय सेनाको एक टुकडीले ‘गार्ड अफ अनर’ प्रदान गर्ने छ । समारोहस्थल राष्ट्रपति …

बालेनलाई गार्ड अफ अनरको तयारी (तस्वीरहरु)

७ मंसिर, नयाँ दिल्ली। भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाहलाई ‘गार्ड अफ अनर’ प्रदानको तयारी सकिएको छ । अबको केहीबेरमा प्रधानमन्त्री बालेनलाई भारतीय सेनाको एक टुकडीले ‘गार्ड अफ अनर’ प्रदान गर्ने छ ।

समारोहस्थल राष्ट्रपति भवन परिसरमा रातो कार्पेट ओछ्याइएको छ । सुरक्षा प्रबन्ध पनि कडा बनाइएको छ । तालिम प्राप्त कुकुरसहित सुरक्षाकर्मीहरु खटिएका छन् ।

एक छेउमा सञ्चारकर्मीहरुलाई तथा अर्को छेउमा नेपाल र भारतको राष्ट्रिय झण्डा बोकेकाहरुलाई राखिएको छ ।

आजै बिहान १०:४० बजे प्रधानमन्त्री शाह राजघाट पुगेर गान्धी समाधिस्थलमा पुष्पहार अर्पण गर्ने कार्यक्रम छ ।

बिहान ११ बजे हैदराबाद हाउसमा भारतीय प्रधानमन्त्रीसँग भेटवार्ता हुनेछ । त्यसलगत्तै बिहान ११:५० बजे दुवै देशका प्रतिनिधिमण्डलबीच प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ ।

दिउँसो १२:३५ बजे विभिन्न विकास परियोजनाको भर्चुअल उद्घाटन, समझदारीपत्र तथा सम्झौताहरू आदानप्रदान र सञ्चारमाध्यमलाई संयुक्त सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।

त्यसपछि दिउँसो १:१५ बजे भारतीय प्रधानमन्त्रीले आयोजना गर्ने दिवाभोजमा प्रधानमन्त्री शाह सहभागी हुनेछन् । दिउँसो ३:१५ बजे राष्ट्रपति भवनमा भारतीय राष्ट्रपतिसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।

भ्रमणका सबै औपचारिक कार्यक्रम सम्पन्न गरेपछि प्रधानमन्त्री शाह साँझ ४:५० बजे नयाँदिल्लीबाट काठमाडौंका लागि प्रस्थान गर्नेछन् । उनी साँझ ६:३५ बजे काठमाडौं आइपुग्ने कार्यतालिका रहेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
2h ago
दिल्लीमा प्रधानमन्त्री बालेन शाहको दोस्रो दिनको कार्यक्रम यस्तो छ

दिल्लीमा प्रधानमन्त्री बालेन शाहको दोस्रो दिनको कार्यक्रम यस्तो छ

आफ्नो परिचित कालो चस्मा र कालै रङ्गको कोट, दौरा सुरुवाल र भादगाउँले टोपी लगाएर राजकीय भ्रमणमा दिल्ली आएका नेपालका प्रधानमन्त्री बालेन शाहले हैदरावाद हाउसमा सोमवार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी...

#बालेन-शाह #बालेन
Compare →
Nagarik News
2h ago
प्रधानमन्त्री बालेन र गृहमन्त्री सुधनले सम्पत्ति विवरणमा देखाएको सुन बाढीपीडितलाई दिनुपर्छ : मुमाराम खनाल

प्रधानमन्त्री बालेन र गृहमन्त्री सुधनले सम्पत्ति विवरणमा देखाएको सुन बाढीपीडितलाई दिनुपर्छ : मुमाराम खनाल

राजनीतिक विश्लेषक मुमाराम खनालले प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङले सम्पत्ति विवरणमा उल्लेख गरेको सुन भोटेकोशी बाढीपीडितलाई सहयोग गर्नुपर्ने बताएका छन्।

#बालेन-शाह #बालेन
Compare →
Bizshala
9h ago
बालेनको दिल्ली भ्रमणमा किन शीर्षक बन्यो २ अर्ब डलरको प्रस्ताव ?

बालेनको दिल्ली भ्रमणमा किन शीर्षक बन्यो २ अर्ब डलरको प्रस्ताव ?

काठमाण्डौ । प्रधानमन्त्री बालेन शाहको पहिलो राजकीय भारत भ्रमणलाई प्रमुख भारतीय सञ्चारमाध्यमले आइतबार निरन्तर पछ्याए।...

#बालेन-शाह #बालेन
Compare →
Ekantipur
16h ago
एनपीएल सकिएसँगै दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र

एनपीएल सकिएसँगै दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र

आइतबार सामाजिक सञ्जालमार्फत शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले एनपीएलले जगाएको ऊर्जा, व्यावसायिकता र उत्साहलाई निरन्तरता दिँदै राष्ट्रिय खेलकुदको महाकुम्भलाई भव्य बनाउने तयारी भइरहेको जानकारी दिएका छन् ।

#तयारी
Compare →
Arthasansar
21h ago
प्रधानमन्त्री बालेनको स्वागतमा सजियो नयाँदिल्ली,नेपाली भाषामा पनि स्वागत सन्देश

प्रधानमन्त्री बालेनको स्वागतमा सजियो नयाँदिल्ली,नेपाली भाषामा पनि स्वागत सन्देश

दुईदिने राजकीय भ्रमणका लागि आज भारत प्रस्थान गर्न लागेका प्रधानमन्त्री वालेन्द्र शाहको स्वागतमा भारतको राजधानी नयाँ दिल्लीलाई सजाइएको छ ।...

#बालेन-शाह #बालेन
Compare →

Related Stories

Politics & Governance
Build #2612