Trending
Prev Story
Next Story

प्रधानमन्त्री बालेनको स्वागतमा सजियो नयाँदिल्ली,नेपाली भाषामा पनि स्वागत सन्देश

Arthasansar •
November 22, 2026 • 07:36 AM
3
3 reads 0 reactions

दुईदिने राजकीय भ्रमणका लागि आज भारत प्रस्थान गर्न लागेका प्रधानमन्त्री वालेन्द्र शाहको स्वागतमा भारतको राजधानी नयाँ दिल्लीलाई सजाइएको छ ।...

प्रधानमन्त्री बालेनको स्वागतमा सजियो नयाँदिल्ली,नेपाली भाषामा पनि स्वागत सन्देश

दुईदिने राजकीय भ्रमणका लागि आज भारत प्रस्थान गर्न लागेका प्रधानमन्त्री वालेन्द्र शाहको स्वागतमा भारतको राजधानी नयाँ दिल्लीलाई सजाइएको छ । भ्रमणको पूर्वसन्ध्यामा दिल्लीका प्रमुख सडक तथा जनपथ क्षेत्रमा प्रधानमन्त्री शाह र भारतीय समकक्षी नरेन्द्र मोदीको संयुक्त तस्बिरसहितका विशेष स्वागत बोर्डहरू राखिएका छन् ।

बायाँतर्फ प्रधानमन्त्री शाह र दायाँतर्फ भारतीय प्रधानमन्त्री मोदीको तस्बिर रहेको उक्त होर्डिङ बोर्डको शीर्ष भागमा नेपाली र हिन्दी दुवै भाषामा ‘भारतमा यहाँलाई स्वागत छ’ लेखिएको छ ।

प्रधानमन्त्री पदको कार्यभार सम्हालेपछिको यो उनको पहिलो औपचारिक विदेश भ्रमण हो । भारतीय प्रधानमन्त्री मोदीको मैत्रीपूर्ण निमन्त्रणामा ३४ सदस्यीय उच्चस्तरीय टोलीको नेतृत्व गर्दै शाह आज दिउँसो १:४५ बजे नेपाल वायुसेवा निगमको उडानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नयाँ दिल्ली प्रस्थान गर्दैछन् । भ्रमण दलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकारलगायतका उच्च अधिकारीहरू सहभागी छन् ।

भारतीय विदेश मन्त्रालयका अनुसार प्रधानमन्त्री शाह स्थानीय समयअनुसार दिउँसो ३:१५ बजे इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल–३ मा अवतरण गर्नेछन् । विमानस्थलमा उनलाई भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्ने तय भएको छ । भ्रमणको पहिलो दिन आज साँझ ६ बजे दिल्लीस्थित ताजमहल होटलमा भारतीय विदेशमन्त्री एस. जयशंकरले प्रधानमन्त्री शाहसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ ।

भ्रमणको दोस्रो दिन भोलि सोमबार बिहान १० बजे राष्ट्रपति भवनमा प्रधानमन्त्री शाहलाई 'गार्ड अफ अनर' सहित औपचारिक स्वागत गरिनेछ । लगत्तै उनले राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा पुगेर पुष्पगुच्छा अर्पण गर्नेछन् ।

त्यसपछि बिहान ११ बजे हैदराबाद हाउसमा नेपाल र भारतका प्रधानमन्त्रीबीच द्विपक्षीय औपचारिक वार्ता हुनेछ । वार्तापछि दिउँसो १२:२५ बजे दुई देशबीच विभिन्न समझदारीपत्रमा हस्ताक्षर तथा आदानप्रदान हुने र संयुक्त प्रेस वक्तव्य जारी गरिने कार्यतालिका छ । भोलि नै दिउँसो ३:१५ बजे प्रधानमन्त्री शाहले राष्ट्रपति भवनमा भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्नेछन् ।

दुई देशबीचको आपसी हित, द्विपक्षीय सहकार्य र सम्बन्ध विस्तारमा केन्द्रित रहने यो भ्रमण सम्पन्न गरी प्रधानमन्त्री शाह नेतृत्वको टोली सोमबार साँझ ४:५० बजे स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
3h ago
प्रधानमन्त्री शाहको स्वागतमा सजाइयो भारतको राजधानी नयाँ दिल्ली (तस्बिरहरु)

प्रधानमन्त्री शाहको स्वागतमा सजाइयो भारतको राजधानी नयाँ दिल्ली (तस्बिरहरु)

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को भारतको राजकीय भ्रमणलाई लक्षित गर्दै भारतको राजधानी नयाँदिल्लीका विभिन्न क्षेत्र सजाइएको छ। प्रधानमन्त्री शाहको स्वागतका लागि दिल्लीका विभिन्न स्थान...

#बालेन-शाह #स्वागत #भारत
Compare →
Nagarik News
5h ago
राजकीय भ्रमणका लागि भारत जान लागेका प्रधानमन्त्री शाहलाई राज्यमन्त्रीले स्वागत गर्ने

राजकीय भ्रमणका लागि भारत जान लागेका प्रधानमन्त्री शाहलाई राज्यमन्त्रीले स्वागत गर्ने

प्रधानमन्त्री बालेन्द्र शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा भारतको दुईदिने राजकीय भ्रमणका लागि आज दिउँसो नयाँ दिल्ली प्रस्थान गर्दै छन्।

#बालेन-शाह #भारत #भ्रमण
Compare →
Ekantipur
6h ago
प्रधानमन्त्री शाहलाई राज्यमन्त्रीले स्वागत गर्ने

प्रधानमन्त्री शाहलाई राज्यमन्त्रीले स्वागत गर्ने

नेपाल एयरलाइन्समार्फत भोलि दिउँसो भारत पुग्ने शाहलाई राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्नेछन् र साँझ विदेशमन्त्रीले शिष्टाचार भेट गर्नेछन्।

#स्वागत #भारत
Compare →
Bizshala
5h ago
प्रधानमन्त्री भारतको राजकीय भ्रमणमा जाँदै, व्यापारका विषयमा छलफल हुने

प्रधानमन्त्री भारतको राजकीय भ्रमणमा जाँदै, व्यापारका विषयमा छलफल हुने

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा आज दिउँसो दुईदिने...

#बालेन-शाह #भ्रमण
Compare →

Related Stories

Politics & Governance
Build #2612