Trending
Prev Story
Next Story

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गका लागि N–Tag कुमारी बैंकमा उपलब्ध

Arthasansar •
November 22, 2026 • 07:36 AM
2
2 reads 0 reactions

कुमारी बैंक लिमिटेडले नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि N–Tag को बिक्री तथा वितरण सेवा आफ्ना शाखाहरूमार्फत उपलब्ध गराएको छ...

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गका लागि N–Tag कुमारी बैंकमा उपलब्ध

कुमारी बैंक लिमिटेडले नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि N–Tag को बिक्री तथा वितरण सेवा आफ्ना शाखाहरूमार्फत उपलब्ध गराएको छ । N–Tag एक विद्युतीय टोल भुक्तानी प्रणाली हो, जसले सवारीधनीहरूलाई टोल बुथमा नरोकिई छिटो, सहज तथा नगदरहित रूपमा टोल शुल्क भुक्तानी गर्न सक्षम बनाउँछ ।

अर्थत, N–Tag को स्टिकर सवारिमा टासेपछि N–Tag बाट आफैँ रकम कट्टा भई सुरुङमार्गहुँदै यात्रा गर्न सकिनेछ जसले टोलमा हुने भीडभाड र लामो लाइनको झन्झट कम हुनेछ र यात्राको समय पनि बचत गर्नेछ । ग्राहकहरूले सवारीसाधनको ब्लुबुक, नागरिकता वा राष्ट्रिय परिचयपत्र, पासपोर्ट साइजको फोटो तथा मोबाइल नम्बरका साथ नजिकको कुमारी बैंक शाखाबाट सहज रूपमा N–Tag प्राप्त गर्न सक्नेछन् । साथै, N–Tag सम्बन्धी थप जानकारी कुमारी बैंकको वेबसाइटमा हेर्न सकिनेछ भने उक्त वेबसाइटमार्फत नै अनलाइन N–Tag दर्ता गर्ने प्रक्रिया पनि पूरा गर्न सकिनेछ ।

डिजिटल भुक्तानी तथा आधुनिक बैंकिङ्ग सेवाको विस्तारलाई निरन्तरता दिँदै आएको कुमारी बैंकले सम्पूर्ण सवारीधनीहरूलाई “टोलमा नरोकी, समय बचाई र थप सहज यात्रा गर्न” कुमारी बैंकबाट आजै N–Tag जडान गर्न आग्रह गरेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Nagarik News
1d ago
नागढुङ्गा-मुग्लिन सडक आजदेखि दैनिक पाँच घण्टा बन्द हुने

नागढुङ्गा-मुग्लिन सडक आजदेखि दैनिक पाँच घण्टा बन्द हुने

पृथ्वी राजमार्गको नागढुङ्गा-मुग्लिन सडकखण्डअन्तर्गत घोप्टेभीरमा लगातार सुक्खा पहिरो खस्न थालेपछि सवारी रोकेर पहिरो नियन्त्रणको काम गरिने भएको छ।

#नागढुङ्गा
Compare →
Ekantipur
2d ago
नागढुंगा सुरुङमार्गको वार्षिक सञ्चालन खर्च २२ करोड, १५ दिनमै उठ्यो १ करोड ६४ लाख

नागढुंगा सुरुङमार्गको वार्षिक सञ्चालन खर्च २२ करोड, १५ दिनमै उठ्यो १ करोड ६४ लाख

१५ देखि ३० कात्तिकसम्म नागढुंगा सुरुङमार्ग भएर १ लाख १९ हजार २९ सवारी गुडेका छन् ।

#सुरुङमार्ग
Compare →

Related Stories

Business & Economy
Build #2612