Trending
Prev Story
Next Story

नागढुङ्गा-मुग्लिन सडक आजदेखि दैनिक पाँच घण्टा बन्द हुने

Nagarik News •
November 21, 2026 • 12:56 AM
3
3 reads 0 reactions

पृथ्वी राजमार्गको नागढुङ्गा-मुग्लिन सडकखण्डअन्तर्गत घोप्टेभीरमा लगातार सुक्खा पहिरो खस्न थालेपछि सवारी रोकेर पहिरो नियन्त्रणको काम गरिने भएको छ।

नागढुङ्गा-मुग्लिन सडक आजदेखि दैनिक पाँच घण्टा बन्द हुने

पृथ्वी राजमार्गको नागढुङ्गा-मुग्लिन सडकखण्डअन्तर्गत घोप्टेभीरमा लगातार सुक्खा पहिरो खस्न थालेपछि सवारी रोकेर पहिरो नियन्त्रणको काम गरिने भएको छ। पहिरोका कारण मानवीय क्षतिसमेत भएपछि सम्भावित जोखिम न्यूनीकरण गर्न सडक बन्द गरेर पहिरो हटाउने निर्णय गरिएको हो।

जिल्ला प्रशासन कार्यालय चितवनका सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद शर्माद्वारा जारी सूचनामा आज मङ्सिर ५ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्म बिहान ११ देखि अपह्रान्न ४ बजेसम्म (पाँच घण्टा) सडक आवागमन बन्द गरिने जनाइएको छ।

सडक बन्द गरी जोखिमयुक्त ढुङ्गा तथा माटो हटाउने काम गर्नका लागि सडक बन्द गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। उक्त समयमा सडकखण्डमा सबै प्रकृतिका सवारीसाधनको आवागमन बन्द रहने छन्।

घोप्टेभीर क्षेत्रमा लगातार सुक्खा पहिरो खस्ने क्रम जारी रहेकाले सडकमा थप जोखिम हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै पहिरो व्यवस्थापनको काम अघि बढाउन सडक बन्द गरिएको हो। सडक बन्द हुने समयमा वैकल्पिक यात्रा व्यवस्थापन गर्न तथा अनावश्यक दु:खबाट बच्न सम्बन्धित सबैलाई आग्रह गरिएको छ।

समस्या परे समन्वय तथा सहजीकरणका लागि जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल तथा सम्बन्धित सडकखण्डका सूचना अधिकारीसँग सम्पर्क गर्नसमेत आग्रह गरिएको छ। साथै नारायणगढ तर्फबाट जाने गाडीलाई जुगेडी र आँपटारीमा, पोखरा तर्फबाट आएका गाडीलाई आँबुखैरेहनी र काठमाडौं तर्फबाट आएका गाडीलाई रमाईलो डाँडामा रोकिने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ।

प्रकाशित: ५ मंसिर २०८३ ०६:४१ शनिबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
14h ago
भोलिदेखि  मुग्लिन–काठमाण्डौ सडकको घोप्टेभीरमा दैनिक ५ घण्टा सवारी आवागमन बन्द हुने

भोलिदेखि मुग्लिन–काठमाण्डौ सडकको घोप्टेभीरमा दैनिक ५ घण्टा सवारी आवागमन बन्द हुने

काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–काठमाण्डौ सडक खण्डको घोप्टेभीर क्षेत्रमा दैनिक पाँच घण्टा सवारी...

#मुग्लिन #घण्टा
Compare →
Ekantipur
14h ago
घोप्टेभिरको पहिरो सफा गर्न शनिबारदेखि पृथ्वी राजमार्ग दैनिक पाँच घण्टा बन्द

घोप्टेभिरको पहिरो सफा गर्न शनिबारदेखि पृथ्वी राजमार्ग दैनिक पाँच घण्टा बन्द

घोप्टेभिरको पहिरो सफा गर्न पृथ्वी राजमार्गमा भोलि मंसिर ५ देखि बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सबै खाले गाडी चलाउन रोक लगाइएको हो ।

#पहिरो #पृथ्वी #घण्टा
Compare →
Onlinekhabar
3d ago
भाटभटेनी टंगाल शाखा आजदेखि चाैबिसै घण्टा खुला

भाटभटेनी टंगाल शाखा आजदेखि चाैबिसै घण्टा खुला

१ भदौ, काठमाडौं । भाटभटेनी सुपरस्टोरको टंगाल शाखा आजदेखि चौबिसै घण्टा खुला भएकाे छ । ग्राहकहरूले रातिको समयमा पनि किनमेल गर्न सकुन् भन्ने उद्देश्यले टंगाल शाखा चौबिसै घण्टा खुला गरिएकाे भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत (सीओओ) पानु …

#घण्टा #आजदेखि
Compare →
Hamro Patro News
6d ago
पृथ्वी राजमार्गसहित दुई सडकखण्ड अवरुद्ध

पृथ्वी राजमार्गसहित दुई सडकखण्ड अवरुद्ध

काठमाडौं - पहिरो र बाढीका कारण चितवन र गोरखाका दुई सडकखण्ड अवरुद्ध भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी विवरणअनुसार चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभीरमा का...

#पहिरो #पृथ्वी
Compare →

Related Stories

Technology
Build #2612