Trending
Prev Story
Next Story

मंसिरका लागि ६ बैंकले घटाए निक्षेप ब्याजदर, १४ वटाको यथावत्

Bizshala •
November 16, 2026 • 05:34 AM
3
3 reads 0 reactions

काठमाडौं । सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये ६ वटाले मंसिर महिनाका लागि निक्षेपको ब्याजदर घटाएका छन्। बाँकी १४...

मंसिरका लागि ६ बैंकले घटाए निक्षेप ब्याजदर, १४ वटाको यथावत्

काठमाडौं । सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये ६ वटाले मंसिर महिनाका लागि निक्षेपको ब्याजदर घटाएका छन्। बाँकी १४ बैंकले भने कात्तिककै ब्याजदरलाई निरन्तरता दिएका छन्। कुनै पनि बैंकले ब्याजदर बढाएका छैनन्।

ब्याजदर घटाउनेमध्ये माछापुच्छ्रे बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर सबैभन्दा धेरै १ प्रतिशत बिन्दुले घटाएर ३.५ प्रतिशत कायम गरेको छ। कृषि विकास बैंकले ०.५ प्रतिशत बिन्दुले घटाएर ३.६५ प्रतिशतमा झारेको छ।

त्यस्तै, एनएमबी बैंकले व्यक्तिगत र संस्थागत दुवैको ब्याजदर ०.२५ प्रतिशत बिन्दुले घटाएको छ। लक्ष्मी सनराइज, कुमारी र स्ट्यान्डर्ड चार्टर्ड बैंकले पनि व्यक्तिगत निक्षेपको ब्याजदर घटाएका छन्।

मंसिरमा सानिमा बैंकले व्यक्तिगत निक्षेपमा ४.५ प्रतिशत ब्याजदर कायम गर्दै सबैभन्दा धेरै ब्याज दिने बैंक बनेको छ। प्रभु बैंकले ४.२५ प्रतिशत तथा नेपाल बैंकले ४.१५ प्रतिशत ब्याजदर तोकेका छन्। अन्य केही बैंकले ४ प्रतिशत ब्याजदर कायम गरेका छन्।

ब्याजदर घटेसँगै वाणिज्य बैंकहरूको व्यक्तिगत मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर कात्तिकको ४.०१३ प्रतिशतबाट घटेर मंसिरमा ३.९०६ प्रतिशतमा झरेको छ। यो ०.१०७ प्रतिशत बिन्दुको कमी हो।

त्यस्तै, संस्थागत निक्षेपको औसत अधिकतम ब्याजदर पनि ३.००३ प्रतिशतबाट घटेर २.९९०५ प्रतिशतमा पुगेको छ।

एभरेष्ट बैंक, नेपाल बैंक, नेपाल एसबिआई बैंक, ग्लोबल आइएमई बैंक, प्राइम बैंक, सिटिजन्स बैंक, प्रभु बैंक, हिमालयन बैंक, सिद्धार्थ बैंक, नबिल बैंक, सानिमा बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र एनआईसी एसिया बैंकले मंसिर महिनाका लागि ब्याजदर यथावत् राखेका छन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
30m ago
मुद्दती निक्षेपको औसत ब्याजदर ४% तल, मंसिर महिनाका ६ वटाले घटाउँदा चौधको स्थिर

मुद्दती निक्षेपको औसत ब्याजदर ४% तल, मंसिर महिनाका ६ वटाले घटाउँदा चौधको स्थिर

काठमाडौं । मंसिर महिनाका लागि ६ वटा वाणिज्य बैंकले ब्याजदर घटाउँदा १४ वटाले कात्तिक महिनाकै दरलाई निरन्तरता दिएका छन् । आगामी मंसिर महिनाका लागि २० वटा वाणिज्य बैंकहरूले सार्वजनिक गरेको निक्षेपको ...

#ब्याजदर #निक्षेप #मंसिर
Compare →
Ekantipur
4m ago
मंसिरमा थप घट्यो निक्षेपको ब्याजदर, कसको कति?

मंसिरमा थप घट्यो निक्षेपको ब्याजदर, कसको कति?

२० वटा वाणिज्य बैंकले सार्वजनिक गरेको ब्याजदर अनुसार कात्तिकको तुलनामा मंसिरमा निक्षेपको ब्याजदर घटेको हो।

#ब्याजदर #निक्षेप #मंसिर
Compare →
Arthasansar
31m ago
४ प्रतिशत भन्दा पनि तल झर्‍यो वाणिज्य बैंकहरूको व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर, कुन बैंकको कति ?

४ प्रतिशत भन्दा पनि तल झर्‍यो वाणिज्य बैंकहरूको व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर, कुन बैंकको कति ?

वाणिज्य बैंकहरुले मंसिर महिनाका लागि निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । २० वटा वाणिज्य बैंकहरूले सार्वजनिक गरेको ब्याजदर अनुसार...

#ब्याजदर #निक्षेप
Compare →
Nagarik News
1d ago
मंसिर २ देखि ५ सम्म एमालेका तीन ठूला कार्यक्रम, यस्तो छ कार्यतालिका

मंसिर २ देखि ५ सम्म एमालेका तीन ठूला कार्यक्रम, यस्तो छ कार्यतालिका

नेकपा (एमाले) ले आगामी मंसिर २ देखि ५ गतेसम्म तीन वटा महत्त्वपूर्ण केन्द्रीय कार्यक्रम आयोजना गर्ने भएको छ।

#मंसिर
Compare →
Onlinekhabar
1d ago
कांग्रेस देउवा समूहको सुदूरपश्चिम प्रदेश अधिवेशन मंसिर १५ मा

कांग्रेस देउवा समूहको सुदूरपश्चिम प्रदेश अधिवेशन मंसिर १५ मा

२८ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहले मंसिर तेस्रो साता सुदूरपश्चिम प्रदेशको अधिवेशन गर्ने भएको छ । देउवा समूहले पूर्वसभापति शेरबहादुर देउवाको गृहप्रदेश सुदूरपश्चिममा मंसिर १५–१६ मा प्रदेश अधिवेशन गर्ने भएको हो । प्रदेश सभापति वीरबहादुर …

#मंसिर
Compare →

Related Stories

Business & Economy
Build #2612