Trending
Prev Story
Next Story

४ प्रतिशत भन्दा पनि तल झर्‍यो वाणिज्य बैंकहरूको व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर, कुन बैंकको कति ?

Arthasansar •
November 16, 2026 • 05:35 AM
3
3 reads 0 reactions

वाणिज्य बैंकहरुले मंसिर महिनाका लागि निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । २० वटा वाणिज्य बैंकहरूले सार्वजनिक गरेको ब्याजदर अनुसार...

४ प्रतिशत भन्दा पनि तल झर्‍यो वाणिज्य बैंकहरूको व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर, कुन बैंकको कति ?

वाणिज्य बैंकहरुले मंसिर महिनाका लागि निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । २० वटा वाणिज्य बैंकहरूले सार्वजनिक गरेको ब्याजदर अनुसार औषत ब्याजदर ४ प्रतिशत भन्दा कम विन्दुमा पुगेको हो ।

वाणिज्य बैंकहरूको व्यक्तिगत निक्षेपको औसत अधिकतम ब्याजदर घटेर ३.९०६ प्रतिशतमा पुगेको छ । कात्तिक महिनामा व्यक्तिगत मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर ४.०१३ प्रतिशतविन्दु रहेकोमा मंसिरका लागि ०.१०७ प्रतिशतविन्दु घटेर ३.९०६ प्रतिशतविन्दु कायम भएको हो । त्यस्तै, संस्थागत निक्षेपको औसत अधिकतम ब्याजदर पनि कात्तिकको ३.००३ प्रतिशतविन्दुबाट ०.०१२५ प्रतिशतविन्दु घटेर २.९९०५ प्रतिशतविन्दुमा झरेको छ ।

मंसिर महिनामा ६ वटा वाणिज्य बैंकले ब्याजदर घटाएका छन् भने १४ वटा बैंकले कात्तिक महिनाकै दरलाई निरन्तरता दिएका छन् । यसपटक कुनै पनि बैंकले ब्याजदर बढाएका छैनन् । ब्याजदर घटाउने बैंकहरूमध्ये माछापुच्छ्रे बैंकले व्यक्तिगततर्फ सबैभन्दा धेरै १ प्रतिशतविन्दुले कटौती गर्दै ४.५ प्रतिशतबाट ३.५ प्रतिशतमा झारेको छ । त्यस्तै, कृषि विकास बैंकले व्यक्तिगततर्फ ०.५ प्रतिशतविन्दु घटाएर ३.६५ प्रतिशत कायम गरेको छ । एनएमबि बैंकले व्यक्तिगत र संस्थागत दुवैतर्फ ०.२५ प्रतिशतविन्दु घटाएर क्रमशः ४.२५ प्रतिशत र ३.२५ प्रतिशत तोकेको छ । लक्ष्मी सनराइज बैंकले व्यक्तिगततर्फ ०.२५ प्रतिशतविन्दु घटाएर ३.७५ प्रतिशत, कुमारी बैंकले ०.०९ प्रतिशतविन्दु घटाएर ३.६१ प्रतिशत र स्ट्याण्डर्ड चार्टर्ड बैंकले ०.०५ प्रतिशतविन्दु घटाएर ३.६५ प्रतिशत कायम गरेका छन् ।

अर्कोतर्फ, सानिमा बैंकले व्यक्तिगततर्फ अधिकतम ४.५ प्रतिशत र संस्थागततर्फ ३.५१ प्रतिशत ब्याजदर यथावत राख्दै मंसिरमा सबैभन्दा उच्च ब्याजदर दिने बैंकको सूचीमा शीर्ष स्थान ओगटेको छ । प्रभु बैंक ४.२५ प्रतिशत, नेपाल बैंकको ४.१५ प्रतिशत, हिमालयन बैंकको ४ प्रतिशत, एनआईसी एसिया बैंक ४ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंक, नेपाल एसबिआई बैंक, प्राइम कमर्सियल बैंक र ग्लोबल आइएमइ बैंकको ब्याजदर ४ प्रतिशत रहेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
37m ago
मंसिरमा पनि घट्यो बैंकहरुको मुद्दती निक्षेपको ब्याजदर, कुन बैंकले कति दिँदैछन् ?

मंसिरमा पनि घट्यो बैंकहरुको मुद्दती निक्षेपको ब्याजदर, कुन बैंकले कति दिँदैछन् ?

काठमाडौं । वाणिज्य बैंकहरुले मंसिर महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् । सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये ६ वटाले ब्याजदर घटाएका छन् भने १४ बैंकले कात्तिककै ब्याजदरलाई न...

#ब्याजदर #निक्षेप #मुद्दती
Compare →
Bizshala
16m ago
मंसिरका लागि ६ बैंकले घटाए निक्षेप ब्याजदर, १४ वटाको यथावत्

मंसिरका लागि ६ बैंकले घटाए निक्षेप ब्याजदर, १४ वटाको यथावत्

काठमाडौं । सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये ६ वटाले मंसिर महिनाका लागि निक्षेपको ब्याजदर घटाएका छन्। बाँकी १४...

#ब्याजदर #निक्षेप
Compare →
Onlinekhabar
5d ago
इरान युद्ध अन्त्य हुने आशासँगै कच्चा तेलको मूल्य प्रतिब्यारेल ९० डलरभन्दा तल झर्‍यो

इरान युद्ध अन्त्य हुने आशासँगै कच्चा तेलको मूल्य प्रतिब्यारेल ९० डलरभन्दा तल झर्‍यो

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ९० अमेरिकी डलरभन्दा तल झरेको छ । अमेरिका र इरानबीचको युद्ध अन्त्य हुनसक्ने आशा बढेसँगै तेलको मूल्यमा गिरावट आएको हो । अन्तर्राष्ट्रिय बजारको प्रमुख मानक मानिने ब्रेन्ट नर्थ सी क्रुडको …

#भन्दा #झर्
Compare →

Related Stories

Business & Economy
Build #2612