Trending
Prev Story
Next Story

‘नवप्रवर्तनमा युवालाई प्रोत्साहन गरे अर्थतन्त्रमा योगदान’

Ekantipur •
November 20, 2026 • 05:32 PM
2
2 reads 0 reactions

युवाका नयाँ सोचलाई उद्यममा रूपान्तरण गर्न विद्यालय तहदेखि सीप विकास, उद्योगमैत्री कर्मचारीतन्त्र र लगानीको वातावरण बनाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।

‘नवप्रवर्तनमा युवालाई प्रोत्साहन गरे अर्थतन्त्रमा योगदान’

युवाका नयाँ सोचलाई उद्यममा रूपान्तरण गर्न विद्यालय तहदेखि सीप विकास, उद्योगमैत्री कर्मचारीतन्त्र र लगानीको वातावरण बनाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।

काठमाडौँ — नयाँ प्रविधि र नवप्रवर्तनलाई उद्यमशीलतासँग जोड्न सके मुलुकको आर्थिक समृद्धिमा योगदान पुग्ने भए पनि सरकारी प्रक्रियाको झन्झट, नीतिगत अस्थिरता र मौलिक व्यावसायिक सोचको अभाव चुनौतीका रूपमा रहेको सरोकारवालाले बताएका छन् । युवाका नवीन सोचलाई व्यवसायमा रूपान्तरण गर्न विद्यालय तहदेखि सीप विकास, सरकारी सहजीकरण, नीतिगत स्थिरता र निजी क्षेत्रको लगानी आवश्यक रहेको उनीहरूले औंल्याए ।

कान्तिपुर मिडिया ग्रुपले शुक्रबार विराटनगरमा आयोजना गरेको ‘उज्यालो पूर्व ः सम्भावनाबाट समृद्धितर्फ’ कार्यक्रमअन्तर्गत ‘तुलनात्मक लाभमा नवप्रवर्तनको साथ’ विषयक तेस्रो सत्रमा सहभागी विज्ञ वक्ताले नवप्रवर्तनलाई प्रवर्द्धन गर्ने वातावरण बनाउन सरकार र निजी क्षेत्र दुवैले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

नयाँ प्रविधि र नवीन सोच भएका युवालाई पुराना तथा नयाँ सबै व्यावसायिक घरानाले अवसर दिनुपर्ने पूर्वउद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले जनाए । विश्व नै नयाँ प्रविधितर्फ अघि बढिरहेको अवस्थामा त्यसलाई आत्मसात् गर्न नसक्ने व्यवसाय प्रतिस्पर्धामा पछि पर्ने उनको सुझाव थियो । नयाँ प्रविधिलाई दुरुपयोग गर्न नहुनेमा पनि उनले जोड दिए । ‘नयाँ प्रविधिको सदुपयोग भयो भने समाज, देश र जनताका लागि उपलब्धि हुन सक्छ । व्यापार प्रवर्द्धनमा पनि यसको ठूलो भूमिका हुन्छ,’ उनले भने, ‘अहिले एआईजस्ता प्रविधि आएका छन् । तिनको सही उपयोग गर्न सके गरिबी र महामारीजस्ता समस्या समाधानमा समेत सहयोग पुग्न सक्छ ।’

राज्यमन्त्री हुँदा आफूले स्टार्टअप कार्यक्रम सञ्चालन गरेको स्मरण गर्दै दुगडले युवाका सिर्जनशीलता र प्राविधिक क्षमताबाट आफू प्रभावित भएको बताए । त्यस बेला नयाँ उद्यम तथा आविष्कारलाई प्रोत्साहन गर्न सहुलियत ब्याजदरमा ऋण, अनुदान र निर्यातमा सहुलियत उपलब्ध गराउने कार्यक्रम सञ्चालन गरिएको उनले जनाए । तर सरकारी प्रक्रियामा हुने ढिलासुस्तीले नयाँ सोच भएका युवालाई निरुत्साहित गरिरहेको उनको भनाइ छ । ‘हामीले पहिले यसको प्रक्रिया एक सातामै कार्यान्वयनमा लैजान्थ्यौं । अहिले एक महिना वा त्योभन्दा लामो समय लाग्न थालेको छ,’ उनले भने, ‘सरकारी प्रक्रियाको ढिलाइले नयाँ सोच र सिर्जना भएका युवाहरू निराश भएर विदेशिनुपर्ने अवस्था आएको छ ।’

नयाँ प्रविधिको विकाससँगै मुलुकहरूबीच प्रतिस्पर्धा र द्वन्द्वसमेत बढिरहेको उल्लेख गर्दै दुगडले प्रविधिको सदुपयोगमा जोड दिए । प्रविधि मानव उपयोगी हुनुपर्ने र यसको दुरुपयोगले समाज, देश, जनता र व्यवसायलाई नै नोक्सान पुर्‍याउने उनले बताए ।

युवाका नयाँ सोच र क्षमतालाई पहिचान गरी उद्यममा रूपान्तरण गर्नु राज्यको दायित्व भएको कोशी प्रदेश पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव इन्द्रप्रसाद सापकोटाले जनाए । नवीन अवधारणालाई दस्ताबेजीकरण, दर्ता र व्यावसायिक विकासको प्रक्रियामा लैजान सरकारले सहयोग गर्ने उनको भनाइ छ । ‘कुनै पनि युवालाई उद्यमी बनाउन सरकार चुक्नु हुँदैन,’ उनले भने, ‘नयाँ आइडियामा राज्यले लगानी गर्नुपर्छ । नाफा कमाउन सक्ने क्षेत्रमा सहुलियत र सहजीकरण गर्ने तथा बैंकिङ क्षेत्रबाट लगानीको वातावरण बनाउने काममा प्रदेश सरकारले सहजीकरण गर्दै आएको छ ।’

युवाका नवीन सोचलाई उद्यमशीलतामा रूपान्तरण गर्न दर्ता प्रक्रियादेखि प्रवर्द्धनसम्म सरकारले सहयोग गर्नुपर्ने सापकोटाले दोहोर्‍याए । ‘आइडियालाई दस्ताबेजीकरण गरेर नाम, दाम, ठाम र काममा स्पष्ट भएर आउनुपर्छ,’ उनले भने, ‘त्यस्ता युवा र उद्यमीलाई प्रदेश सरकारले सहुलियत र आवश्यक सहजीकरण उपलब्ध गराउने नीति लिएको छ ।’

उद्योग व्यवसायको वास्तविक आवश्यकता बुझ्न सक्ने र जोखिमको मूल्यांकन गरेर निर्णय लिन सक्ने कर्मचारीको अभाव रहेको सापकोटाको भनाइ छ । कर्मचारीलाई उद्योग तथा व्यवसायमा इन्टर्नसिप गराएर व्यावहारिक ज्ञान दिन सकिने उनले जनाए । उद्योग स्थापना गर्दा वन क्षेत्रसम्बन्धी कानुनी तथा नीतिगत व्यवस्थाले पनि समस्या सिर्जना गरिरहेको उनले बताए । वन क्षेत्रबाट उत्पादन र आर्थिक लाभ लिन सकिने भए पनि वन क्षेत्रबाट एक किलोमिटरभित्र उद्योग स्थापना गर्न नपाइने व्यवस्थाले पहाडी क्षेत्रमा उद्योग स्थापना गर्न कठिन हुने उनले जनाए ।

नवप्रवर्तन र उद्यमशीलताको आधार विद्यालय तहबाटै तयार गर्नुपर्ने राठी एडेसिभ प्रालिका प्रमुख अरुणकुमार राठीको भनाइ छ । बजारमा आउने अधिकांश व्यावसायिक अवधारणा अरूको नक्कलमा आधारित रहेको उल्लेख गर्दै उनले विद्यार्थीलाई सानै उमेरदेखि मौलिक सोच र सीप विकासमा प्रोत्साहन गर्नुपर्नेमा जोड दिए । ‘९९ प्रतिशत आइडिया कपी–पेस्ट हुन्, एक प्रतिशत मात्रै इनोभेसन हुन्छ,’ उनले भने, ‘कक्षा ८ देखि नै कुनै सीप वा व्यावसायिक अवधारणामा काम गर्न थालियो भने स्नातक तहसम्म पुग्दा त्यो परिष्कृत भइसक्छ र युवाले व्यवसाय सुरु गर्न सक्छन् ।’

युवाले सफ्टवेयर, इलेक्ट्रोनिक्स, इन्जिनियरिङ वा अन्य कुन क्षेत्रमा आफ्नो क्षमता विकास गर्ने भन्ने विषय विद्यालय तहबाटै पहिचान गराउनुपर्ने राठीले औंल्याए । अहिलेको युवा पुस्ता प्रविधिसँग परिचित र ज्ञानले भरिपूर्ण भए पनि उद्यमशीलताका लागि संघर्ष र धैर्य उत्तिकै आवश्यक रहेको उनको भनाइ छ । कार्यक्रममा सहजकर्ताको नवप्रवर्तनका लागि विराटनगर उर्वर छ कि छैन भन्ने प्रश्नको जवाफ दिँदै राठीले कुनै पनि उद्योग सुरु गर्दा सुरुवाती चरणमा संघर्ष गर्नैपर्ने बताए । उद्यमीले आफ्नो शक्ति र कमजोरी पहिचान गरेर कुन क्षेत्रमा अघि बढ्ने भन्ने स्पष्ट हुनुपर्ने उनको भनाइ छ । ‘अहिले इलेक्ट्रोनिक डिभाइस हेरेर हुर्किएको युवा पुस्ता ज्ञानले भरिपूर्ण छ,’ उनले भने, ‘तर, ज्ञानसँगै संघर्ष पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ ।’

नेपाली रैथाने कृषि उपजको प्रशोधन र बजारीकरणमार्फत अन्तर्राष्ट्रिय बजारमा आम्दानी गर्न सकिने खेतीपाती अर्गानिककी संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत प्रकृति गौतमले बताइन् । कृषि उपजलाई कच्चा पदार्थका रूपमा मात्र बिक्री नगरी प्रशोधन र मूल्य अभिवृद्धि गरेर निर्यात गर्न सके मुलुकले डलर आम्दानी गर्न सक्ने उनको धारणा छ ।

सन् २०२१ मा धनकुटामा एभोकाडो कुहिएर खेर गएको देखेपछि आफूलाई पोस्ट हार्भेस्ट उद्योग सञ्चालन गर्ने सोच आएको उनको भनाइ छ । त्यसपछि संखुवासभामा उत्पादन हुने कोइरालाको फूललगायत रैथाने उत्पादनलाई सुकाउने प्रविधिमार्फत प्रशोधन गरी कतार र मलेसियासम्म पुर्‍याउने प्रयास थालेको उनले सुनाइन् । ‘संखुवासभामा फलेको कोइरालाको फूल कतार र मलेसिया कसरी पुर्‍याउने भन्ने सोचबाट हामीले सुकाउने प्रविधि र रैथाने फलफूल तथा मसलामा काम गर्न थाल्यौं,’ उनले भनिन्, ‘अहिले अन्तर्राष्ट्रिय बजार बनाइसकेका छौं । नेपाली कृषि उपजबाटै हामीले डलरमा कमाउन सक्छौं ।’ कृषि तथा उद्यम क्षेत्रमा नीतिगत अस्थिरता र सरकारी प्रतिबद्धता कार्यान्वयन नहुँदा युवा उद्यमीलाई समस्या भइरहेको गौतमले बताइन् ।

अनुदान र विद्युत् महसुलमा सहुलियतसम्बन्धी नीति पटक–पटक परिवर्तन हुने तथा घोषित सुविधासमेत कार्यान्वयन नहुने समस्या रहेको उनको गुनासो छ । ‘कुनै वर्ष अनुदान दिने नीति हुन्छ, कुनै वर्ष रोकिएको हुन्छ । विद्युत् महसुलमा सहुलियत दिने भनिन्छ, कृषिजन्य उद्योगलाई कृषि मन्त्रालयले विद्युत् महसुल छुट दिने भनिन्छ । पछि मन्त्रालयले तिरेन भनेर जरिवानासहित महसुल मागिन्छ,’ गौतमले भनिन्, ‘यस्ता गतिविधिले युवा उद्यमीलाई निरुत्साहित गर्छन् ।’

व्यवसाय सफल भएपछि मात्र सरकारले सहुलियत दिने प्रवृत्तिभन्दा व्यवसाय सुरु गर्ने र सफलतातर्फ अघि बढ्ने प्रारम्भिक चरणमै सहयोग आवश्यक रहेको गौतमले जनाइन् । त्यसका लागि स्पष्ट र स्थिर नीतिसँगै सरकारी प्रतिबद्धताको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा उनको जोड छ ।

सुदीप कैनी कान्तिपुर दैनिकका संवाददाता हुन् । उनी शिक्षा, स्वास्थ्य तथा समसामयिक विषयमा कलम चलाउँछन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
1h ago
‘नवप्रवर्तनमा युवालाई प्रोत्साहन गरे अर्थतन्त्रमा योगदान’

‘नवप्रवर्तनमा युवालाई प्रोत्साहन गरे अर्थतन्त्रमा योगदान’

‘नवप्रवर्तनमा युवालाई प्रोत्साहन गरे अर्थतन्त्रमा योगदान’ युवाका नयाँ सोचलाई उद्यममा रूपान्तरण गर्न विद्यालय तहदेखि सीप विकास, उद्योगमैत्री कर्मचारीतन्त्र र लगानीको वातावरण बनाउनुपर्नेमा सरोकारवाल...

#अर्थतन्त्र #सोच #नवप्रवर्तन
Compare →
Bizshala
2d ago
ऊर्जामा आधारित अर्थतन्त्र निर्माण गर्न विश्व बैंकसँग सहकार्य बढाइने

ऊर्जामा आधारित अर्थतन्त्र निर्माण गर्न विश्व बैंकसँग सहकार्य बढाइने

काठमाण्डौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपालको ऊर्जामा आधारित अर्थतन्त्र निर्माणका लागि...

#अर्थतन्त्र
Compare →
Nagarik News
2d ago
ऊर्जा अर्थतन्त्र निर्माणमा विश्व बैंकसँग सहकार्य बढाउनुपर्नेमा मन्त्री श्रेष्ठको जोड

ऊर्जा अर्थतन्त्र निर्माणमा विश्व बैंकसँग सहकार्य बढाउनुपर्नेमा मन्त्री श्रेष्ठको जोड

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले नेपालको ऊर्जामा आधारित अर्थतन्त्र निर्माणका लागि विश्व बैंकसँग सहकार्य थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्।

#अर्थतन्त्र
Compare →
Onlinekhabar
4d ago
न्युजिल्यान्डको सेवा क्षेत्रमा साढे तीन वर्षयताकै उच्च वृद्धि, अर्थतन्त्रमा सुधारको संकेत

न्युजिल्यान्डको सेवा क्षेत्रमा साढे तीन वर्षयताकै उच्च वृद्धि, अर्थतन्त्रमा सुधारको संकेत

३० कात्तिक, वेलिङ्टन (रासस/सिन्ह्वा)। न्युजिल्यान्डको सेवा क्षेत्रमा व्यावसायिक गतिविधि उल्लेखनीय रूपमा बढ्दै साढे तीन वर्षयताकै उच्च विन्दुमा पुगेको छ । अक्टोबर महिनामा सेवा क्षेत्रको विस्तारले गति लिएसँगै मुलुकको समग्र अर्थतन्त्रमा सुधारको संकेत देखिएको एक उद्योग …

#अर्थतन्त्र
Compare →
Arthasansar
4d ago
मुद्रास्फीति र खराब मौसमले जापानी अर्थतन्त्र सुस्त

मुद्रास्फीति र खराब मौसमले जापानी अर्थतन्त्र सुस्त

जापानको अर्थतन्त्र चालु वर्षको तेस्रो त्रैमासिकमा स्थिर भएको छ। इरान युद्धका कारण बढेको मुद्रास्फीति, खराब मौसम र भूकम्पको असरले जुलाईदेखि...

#अर्थतन्त्र
Compare →

Related Stories

Business & Economy
Build #2612