Trending
Prev Story
Next Story

सुन्दरीजलको होल्डिङ सेन्टर छाड्न दबाब, बाढीपीडित भन्छन्, ‘कहाँ जाने, के गर्ने ?’

Ekantipur •
November 20, 2026 • 05:32 PM
2
2 reads 0 reactions

होल्डिङ सेन्टरमा आश्रय दिँदै आएका स्थानीय लामागुरुले तत्काल ठाउँ खाली गर्न भनेपछि पीडितहरू समस्यामा परेका हुन् ।

सुन्दरीजलको होल्डिङ सेन्टर छाड्न दबाब, बाढीपीडित भन्छन्, ‘कहाँ जाने, के गर्ने ?’

होल्डिङ सेन्टरमा आश्रय दिँदै आएका स्थानीय लामागुरुले तत्काल ठाउँ खाली गर्न भनेपछि पीडितहरू समस्यामा परेका हुन् ।

काठमाडौँ — काठमाडौंको सुन्दरीजलस्थित बीपी चोकमा रहेको होल्डिङ सेन्टरबाट हट्न दबाब दिएपछि रसुवाका ३५ बाढीपीडित बिचल्लीमा परेका छन् । १० भदौमा भोटेकोशीमा आएको बाढीपछि विस्थापित भएका आमाछोदिङ्मो हाकुबेंसीका बासिन्दा उक्त सेन्टरमा आश्रय लिँदै आएका थिए ।

होल्डिङ सेन्टरमा आश्रय दिँदै आएका स्थानीय लामागुरुले तत्काल ठाउँ खाली गर्न भनेपछि पीडितहरू समस्यामा परेका हुन् । कोठा खोज्न सक्नेहरू डेरामा सरे पनि करिब ३५ जना अझै सेन्टरमै छन् । होल्डिङ सेन्टरको अवस्थाबारे जानकारी दिँदै वाञ्जु वाइबा तामाङले तिहारअघि नै सेन्टर खाली गर्न दबाब आउन थालेको बताए । रसुवाका प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरेर बसाइ मंसिर ३ गतेसम्म लम्ब्याइएको भए पनि त्यसपछि सरकारी प्रतिनिधि सम्पर्कमा नआएको उनको भनाइ छ ।

'रसुवाका प्रमुख जिल्ला अधिकारीसँगको समन्वयमा मंसिर ३ गतेसम्मका लागि बसाइ लम्ब्याइएको थियो,' तामाङले कान्तिपुरसँग भने, 'बुधबार रसुवाका सीडीओ र स्थानीय तहका प्रतिनिधिहरू आउने भनिए पनि आएनन् । त्यसपछि स्थानीय लामागुरुले निःशुल्क धेरै समय राखिसकेको भन्दै तत्काल सेन्टर छाड्न भनेका हुन् ।'

दबाबपछि कोठा भेट्टाउनेहरू ओढ्ने-ओछ्याउने र आवश्यक सामग्रीसमेत नभए पनि भुइँमा सुत्ने गरी डेरामा सरेका छन् । तर, कोठा नपाएका करिब ३५ जना भने अझै होल्डिङ सेन्टरमै छन् । 'भदौ १० गतेको बाढीपछि हामीलाई म्हेम्हे (धर्मगुरु, लामा) ले बास दियो । तीन महिना भयो, अहिले न सरकार छ, न वडाध्यक्ष छ, न अरू कोही,' पीडित याङ्जेन लामा भन्छिन्, 'हामीलाई यहाँबाट निस्किएर जान तीन गतेसम्मको समय दिएको थियो तर आजसम्म कोही आएन । कहाँ जाने, के गर्ने हो ?'

बिहीबार अपराह्न गाउँपालिका अध्यक्ष होल्डिङ सेन्टर पुगेपछि पीडितहरूले उनलाई पनि त्यहीँ रोकेको तामाङले बताए । उनका अनुसार भान्साका सामग्री उठाउन लागिएको भए पनि केही सामान फिर्ता ल्याएर खाना पकाउने व्यवस्था गरिएको छ । 'पालिका अध्यक्षलाई पनि हामीले यतै राखेका छौं । उहाँ आज होल्डिङ सेन्टरमै बस्नुहुन्छ,' तामाङले भने ।

शनिबार बिहान ९ बजे काठमाडौंका प्रमुख जिल्ला अधिकारी होल्डिङ सेन्टरमा आउने भनिएको छ । तर, त्यसपछि कहाँ जाने भन्नेमा पीडितहरू अन्योलमा छन् । 'हामी ३-४ जना स्वयंसेवक खटिएर सहयोग गरिरहेका छौं, तर सरकारका जिम्मेवार निकाय र प्रतिनिधिहरूले यतातर्फ ध्यान दिएका छैनन्,' तामाङले गुनासो गरे ।

दया दुदराज कान्तिपुर मिडिया ग्रुपमा आबद्ध मिडिया रिपोर्टर हुन् । उनी मिडिया र सूचना प्रविधिबारे रिपोर्टिङ गर्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
8h ago
बाढीपीडितका लागि चीनले दिने २ मिलियन डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय

बाढीपीडितका लागि चीनले दिने २ मिलियन डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय

काठमाडौँ– सरकारले भोटेकोशी-त्रिशूली बाढी प्रभावितका लागि चीन सरकारले सहयोग स्वरुप दिएको २ मिलियन अमेरिकी डलर अनुदान रकम स्वीकार गर्ने निर्णय गरेको छ।

#बाढी-पहिरो #बाढीपीडित
Compare →
Nagarik News
12h ago
इन्डोनेसियाको डे-केयर सेन्टरकी प्रिन्सिपललाई पाँच वर्ष जेल, ५३ बालबालिकामाथि दु'र्व्यवहार गरेको ठहर

इन्डोनेसियाको डे-केयर सेन्टरकी प्रिन्सिपललाई पाँच वर्ष जेल, ५३ बालबालिकामाथि दु'र्व्यवहार गरेको ठहर

अदालतले अनितालाई ५१ करोड इन्डोनेसियाली रुपिया (करिब ३६ हजार सिंगापुर डलर) जरिवाना पनि सुनाएको छ।

#सेन्टर
Compare →
Bizshala
1d ago
नुवाकोटका बाढीपीडितलाई टाटा र सिप्रदियनको दुई हजार दराज सहयोग

नुवाकोटका बाढीपीडितलाई टाटा र सिप्रदियनको दुई हजार दराज सहयोग

काठमाण्डौ । टाटा समूह र सिप्रदियन सहायता संस्थाले नुवाकोटका बाढीप्रभावित परिवारलाई स्टिलका दुई हजार दराज हस्तान्तरण...

#बाढी-पहिरो #बाढीपीडित
Compare →
Onlinekhabar
2d ago
टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित

टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित

२ मंसिर, रसुवा । गत भदौ १० गते ल्हेन्दे खोलामा आएको बाढीका कारण विस्थापित रसुवा–टिमुरेका बाढीपीडित आफ्नै थातथलो फर्किएर अस्थायी टेन्टमा बस्न थालेका छन् । विस्थापित ६८ घरधुरीमध्येबाट ४८ जना  यही मङ्सिर १ गतेदेखि टिमुरेको खैँदीमा …

#बाढी-पहिरो #बाढीपीडित
Compare →

Related Stories

Science & Climate
Build #2612