Trending
Prev Story
Next Story

कसले पाउला कार, को बन्लान् उदीयमान ?

Ekantipur •
November 20, 2026 • 05:32 PM
3
3 reads 0 reactions

३१ खेलको रोमाञ्चक यात्रा पार गरिसकेको यस सिजनको एनपीएलले शनिबार साबिक विजेता लुम्बिनी लायन्स र तेस्रो सिजन नै फाइनल पुगेको सुदूरपश्चिम रोयल्स उपाधिका लागि आमनेसामने हुँदै छन् ।

कसले पाउला कार, को बन्लान् उदीयमान ?

३१ खेलको रोमाञ्चक यात्रा पार गरिसकेको यस सिजनको एनपीएलले शनिबार साबिक विजेता लुम्बिनी लायन्स र तेस्रो सिजन नै फाइनल पुगेको सुदूरपश्चिम रोयल्स उपाधिका लागि आमनेसामने हुँदै छन् ।

काठमाडौँ — नेपाल प्रिमियर लिग अब उपाधिको अन्तिम मोडमा छ । ३१ खेलको रोमाञ्चक यात्रा पार गरिसकेको यस सिजनको एनपीएलले शनिबार साबिक विजेता लुम्बिनी लायन्स र तेस्रो सिजन नै फाइनल पुगेको सुदूरपश्चिम रोयल्स उपाधिका लागि आमनेसामने हुँदै छन् । टिमको सफलता र उपाधि प्रतिस्पर्धासँगै व्यक्तिगत पुरस्कारको दौड पनि उत्तिकै रोचक छ । यस संस्करणको सर्वोत्कृष्ट नेपाली खेलाडीले कार पाउँदा उत्कृष्ट र उदीयमान खेलाडीले मोटरसाइकल प्राप्त गर्नेछन् । त्यसो भए, यसपालि कार र मोटरसाइकलका बलिया दाबेदार को–को हुन् त ?

नेपाली खेलाडीको प्रदर्शन आधार मान्दा कारका बलिया दाबेदारमध्ये सबैभन्दा अगाडि देखिन्छन्, चितवन राइनोजका रिजन ढकाल । १७ विकेट लिएका रिजनले ८ इनिङ्समा २७ ओभर बलिङ गर्दै ६.२ को इकोनोमीमा मात्र १६८ रन खर्चिएका छन् । इलिमिनेटरमा काठमान्डु गोर्खाजविरुद्ध १६ रन दिएर ४ विकेट लिनु उनको टी–२० करियरकै उत्कृष्ट प्रदर्शन हो । चितवन उपाधि दौडबाट बाहिरिए पनि व्यक्तिगत प्रदर्शनका आधारमा रिजनको दाबेदारी कमजोर छैन । विगतका संस्करणमा ब्याटरले मात्र कार जितेको इतिहास हेर्दा कम्तीमा मोटरसाइकल भने उनीबाट कसैले खोस्न सक्ने देखिँदैन ।

सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीको प्रदर्शनले कारको प्रतिस्पर्धा रोचक बनाएको छ । ९ इनिङ्समा ३ अर्धशतकसहित २१७ रन बनाएका दीपेन्द्रले बलिङमा पनि ५.२९ को इकोनोमीमा ६ विकेट लिएका छन् । उत्कृष्ट अलराउन्डर दीपेन्द्रले फाइनलमा पनि आफ्नो लय कायम राख्दै सुदूरपश्चिमलाई उपाधि दिलाउन सके कारको दाबेदारीमा उनलाई उछिन्न कठिन हुनेछ । पहिलो संस्करणमा पनि उनले कार जितेका थिए । विराटनगर किंग्सका लोकेश बम पनि बलिया प्रतिस्पर्धी हुन् । ७ खेलमा ३४.५७ को औसत र १४२ माथिको स्ट्राइक रेटमा २४२ रन बनाएका लोकेश सर्वाधिक रन बनाउने नेपाली खेलाडी तथा समग्रमा दोस्रो स्थानमा छन् । १६ चौका र १८ छक्का प्रहार गरेका उनको आक्रामक ब्याटिङले प्रतियोगितामा छुट्टै रोमाञ्च थप्यो । कारको दौडमा पछि परे मोटरसाइकलका लागि उनको दाबेदारी बलियो छ ।

उदीयमान खेलाडी पुरस्कारका लागि जनकपुर बोल्ट्सका तीव्र गतिका बलर राहुल यादव बलिया दाबेदार हुन् । ट्यालेन्ट हन्टमार्फत जनकपुरमा आबद्ध राहुलले ७ खेलमा ६.८६ को इकोनोमीमा १२ विकेट लिएका छन् । काठमान्डुविरुद्ध ३१ रन खर्चेर ४ विकेट लिनु उनको उत्कृष्ट प्रदर्शन हो । लगातार दुई सिजन पुछारमा रहेर लिग टुंग्याएको जनकपुरबाट राहुलजस्ता प्रतिभालाई अवसर दिनु यस संस्करणको सकारात्मक पक्ष बनेको छ ।

सुदूरपश्चिमका बायाँहाते स्पिनर अनिल खरेल पनि उदीयमान खेलाडीको पुरस्कारका दाबेदार हुन् । टोलीलाई फाइनलसम्म पुर्‍याउने क्रममा उनले ९ खेलको ७ इनिङ्समा १० विकेट लिएका छन् । फाइनलमा प्रभावशाली प्रदर्शन गर्न सके मोटरसाइकल उनको हुनसक्छ । लुम्बिनीका अभिषेक गौतमले ५ खेलमा ७ विकेट लिएर टोलीलाई उपाधिसामु पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेलेका छन् । कर्णाली याक्सका युनिशविक्रम सिंह ठकुरी र विराटनगरका इमरान शेखले पनि युवा प्रतिभाका रूपमा आफ्नो उपस्थिति देखाएका छन् ।

आज शनिबार कीर्तिपुर रंगशालामा हुने फाइनलले उपाधि छिनोफानो मात्र गर्ने छैन, व्यक्तिगत पुरस्कारको दौडलाई पनि पूर्णविराम लगाउने छ ।

सुबास रोकाया कान्तिपुर टिभीका संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1h ago
कसले पाउला कार, को बन्लान् उदीयमान ?

कसले पाउला कार, को बन्लान् उदीयमान ?

कसले पाउला कार, को बन्लान् उदीयमान ? ३१ खेलको रोमाञ्चक यात्रा पार गरिसकेको यस सिजनको एनपीएलले शनिबार साबिक विजेता लुम्बिनी लायन्स र तेस्रो सिजन नै फाइनल पुगेको सुदूरपश्चिम रोयल्स उपाधिका लागि आमने...

#एनपीएल #सिजन #कसले
Compare →
Onlinekhabar
1d ago
एनपीएल सिजन–३ को उपाधिका लागि लुम्बिनी र सुदूरपश्चिम भिड्ने

एनपीएल सिजन–३ को उपाधिका लागि लुम्बिनी र सुदूरपश्चिम भिड्ने

३ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको उपाधिका लागि साविक विजेता लुम्बिनी लायन्स र साविक उपविजेता सुदूरपश्चिम रोएल्स भिड्ने भएका छन् । बिहीबार भएको दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई ३ विकेटले पराजित गर्दै …

#एनपीएल #सिजन
Compare →
Nagarik News
1d ago
चितवनलाई हराउँदै सुदूरपश्चिम लगातार तेस्रो सिजन फाइनलमा, उपाधिका लागि लुम्बिनीसँग भिड्ने

चितवनलाई हराउँदै सुदूरपश्चिम लगातार तेस्रो सिजन फाइनलमा, उपाधिका लागि लुम्बिनीसँग भिड्ने

नेपाल प्रिमियर लिग (एनपीएल) को क्वालिफायर्स-२ मा चितवन राइनोजलाई ३ विकेटले पराजित गर्दै सुदूरपश्चिम रोयल्स लगातार तेस्रो सिजन फाइनलमा प्रवेश गरेको छ।

#एनपीएल #सिजन
Compare →

Related Stories

Sports
Build #2612