Trending
Prev Story
Next Story

एनपीएल उपाधिका लागि मैदान उत्रँदा दुवै कप्तान आत्मविश्वासी

Ekantipur •
November 20, 2026 • 04:32 PM
2
2 reads 0 reactions

एनपीएलको फाइनलमा आमनेसामने हुन लागेका लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल र सुदूरपश्चिम रोयल्सका दीपेन्द्रसिंह ऐरी दुवै आफ्नो टिमको तयारी राम्रो रहेको बताउँछन् । रोहितले टिमको लय र पछिल्ला खेलको प्रदर्शनलाई जितको आधार मानेका छन् भने दीपेन्द्रले लुम्बिनीको बलिङ आक्रमण सामना गर्ने योजना बनाइसकेको बताएका छन् ।

एनपीएल उपाधिका लागि मैदान उत्रँदा दुवै कप्तान आत्मविश्वासी

एनपीएलको फाइनलमा आमनेसामने हुन लागेका लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल र सुदूरपश्चिम रोयल्सका दीपेन्द्रसिंह ऐरी दुवै आफ्नो टिमको तयारी राम्रो रहेको बताउँछन् । रोहितले टिमको लय र पछिल्ला खेलको प्रदर्शनलाई जितको आधार मानेका छन् भने दीपेन्द्रले लुम्बिनीको बलिङ आक्रमण सामना गर्ने योजना बनाइसकेको बताएका छन् ।

हामीले तीन दिनको आराम पाएका छौं । आज शुक्रबार हामीले राम्रो अभ्यास गर्ने मौका पायौं । जुन पक्षमा काम र सुधार गर्नु थियो, त्यो गर्‍यौं । फाइनललाई लिएर हामी उत्साही छौं । तयार पनि छौं । टिम खेलमा लय निकैे महत्त्वपूर्ण हुन्छ । यसले कुनै पनि स्थितिमा पनि जित्न सक्छौं भन्ने हुन्छ । लुम्बिनीमा यो अनुभव भइरहेको छ । हामी लिग चरणमा शीर्षमा रह्यौं र राम्रो गरिरहेका छौं । तर यसो भनेर मात्र केही हुन्न, फाइनलमा राम्रो गर्नुपर्ने हुन्छ । सुदूरपश्चिम रोयल्स पनि एकदमै राम्रो टिम हो । हामीले आफ्नो उत्कृष्ट खेल प्रदर्शन गर्ने हो भने हामी जित्ने छौं । फाइनलमा जुन टिमले राम्रो खेल्छ, त्यसैले जित्छ । सुदूरपश्चिमविरुद्ध पछिल्ला तीन खेल जितेका छौं, तर यसअघिका दुई खेल पनि गुमाएका छौं । क्रिकेट हो, जे पनि हुनसक्छ ।

हाम्रो तयारी तपाईहरूले हेरिसक्नुभएको छ, खेलकै क्रममा । हामी पनि फाइनलका लागि तयार छौं । लुम्बिनीको बलिङ आक्रमण राम्रो छ । त्यसलाई कसरी खेल्ने हो भनेर योजना बनाइसकेका छौं । विदेशी खेलाडीले छाडेर जाँदा टिमको सन्तुलन बिग्रिन्छ । अरू टिममा जस्तै हाम्रोमा पनि यस्तो भएको छ । त्यसैले ब्याटिङ क्रममा तल–माथि गरिरहेका छौं । फाइनलमा कुन क्रम ठीक हुन्छ, त्यो हेर्छौं । विराटनगर किंग्सविरुद्धको खेल इतिहास भइसकेको छ, पुरानो कुरा गरेर काम छैन, अब अगाडि बढ्ने हो । अहिले टिममा कुनै समस्या छैन, सबै ठीक छ ।

- दीपेन्द्रसिंह ऐरी , सुदूरपश्चिम रोयल्स

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
1d ago
एनपीएल फाइनल शनिबार: उपाधिका लागि लुम्बिनी र सुदूरपश्चिम भिड्दै

एनपीएल फाइनल शनिबार: उपाधिका लागि लुम्बिनी र सुदूरपश्चिम भिड्दै

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको उपाधिका लागि साविक विजेता लुम्बिनी लायन्स र साविक उपविजेता सुदूरपश्चिम रोयल्स भिड्ने भएका छन्।

#एनपीएल #लुम्बिनी #उपाधिका
Compare →
Onlinekhabar
1d ago
एनपीएल सिजन–३ को उपाधिका लागि लुम्बिनी र सुदूरपश्चिम भिड्ने

एनपीएल सिजन–३ को उपाधिका लागि लुम्बिनी र सुदूरपश्चिम भिड्ने

३ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको उपाधिका लागि साविक विजेता लुम्बिनी लायन्स र साविक उपविजेता सुदूरपश्चिम रोएल्स भिड्ने भएका छन् । बिहीबार भएको दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई ३ विकेटले पराजित गर्दै …

#एनपीएल #लुम्बिनी #उपाधिका
Compare →
Hamro Patro News
10h ago
एनपीएल फाइनल : लुम्बिनीको स्थिरताविरुद्ध दुई सिजनदेखि घाइते बाघ बनेको सुदूरपश्चिम

एनपीएल फाइनल : लुम्बिनीको स्थिरताविरुद्ध दुई सिजनदेखि घाइते बाघ बनेको सुदूरपश्चिम

२१ नोभेम्बर २०२६, साँझ ५ बजे। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ को उपाधिका लागि लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदै छन्। यो फ...

#एनपीएल #लुम्बिनी
Compare →
Bizshala
1d ago
चितवनलाई हराउँदै सुदूरपश्चिम लगातार तेस्रोपटक फाइनलमा पुगेपछि लुम्बिनीसँगै उपाधि भिडन्त

चितवनलाई हराउँदै सुदूरपश्चिम लगातार तेस्रोपटक फाइनलमा पुगेपछि लुम्बिनीसँगै उपाधि भिडन्त

काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको उपाधि भिडन्तमा फेरि लुम्बिनी लायन्स र सुदूरपश्चिम रोएल्स...

#एनपीएल #लुम्बिनी
Compare →
Arthasansar
2d ago
एनपीएल : एलिमिनेटर खेलमा काठमान्डुविरुद्ध टस जितेर ब्याटिङ गर्दै चितवन

एनपीएल : एलिमिनेटर खेलमा काठमान्डुविरुद्ध टस जितेर ब्याटिङ गर्दै चितवन

चितवन राइनोजले नेपाल प्रिमियर लिगक (एनपीएल)को आजको एलिमिनेटर खेलमा टस जितेको छ। चितवनले काठमान्डु गोर्खाजविरुद्ध टस जितेर ब्याटिङ गर्ने निर्णय...

#एनपीएल
Compare →

Related Stories

Sports
Build #2612