Trending
Prev Story
Next Story

न्युजिल्यान्डको सेवा क्षेत्रमा साढे तीन वर्षयताकै उच्च वृद्धि, अर्थतन्त्रमा सुधारको संकेत

Onlinekhabar •
November 16, 2026 • 12:31 PM
4
4 reads 0 reactions

३० कात्तिक, वेलिङ्टन (रासस/सिन्ह्वा)। न्युजिल्यान्डको सेवा क्षेत्रमा व्यावसायिक गतिविधि उल्लेखनीय रूपमा बढ्दै साढे तीन वर्षयताकै उच्च विन्दुमा पुगेको छ । अक्टोबर महिनामा सेवा क्षेत्रको विस्तारले गति लिएसँगै मुलुकको समग्र अर्थतन्त्रमा सुधारको संकेत देखिएको एक उद्योग …

न्युजिल्यान्डको सेवा क्षेत्रमा साढे तीन वर्षयताकै उच्च वृद्धि, अर्थतन्त्रमा सुधारको संकेत

३० कात्तिक, वेलिङ्टन (रासस/सिन्ह्वा)। न्युजिल्यान्डको सेवा क्षेत्रमा व्यावसायिक गतिविधि उल्लेखनीय रूपमा बढ्दै साढे तीन वर्षयताकै उच्च विन्दुमा पुगेको छ । अक्टोबर महिनामा सेवा क्षेत्रको विस्तारले गति लिएसँगै मुलुकको समग्र अर्थतन्त्रमा सुधारको संकेत देखिएको एक उद्योग सर्वेक्षणले जनाएको छ ।

बीएनजेड–बिजनेसएनजेडले सार्वजनिक गरेको पर्फर्मेन्स अफ सर्भिसेज इन्डेक्स (पीएसआई) अक्टोबरमा ०.८ अंकले बढेर ५१.७ पुगेको छ । सेप्टेम्बरमा उक्त सूचक ५०.९ अंक थियो। लगातार पाँच महिनादेखि ५० अंकको सीमाभन्दा माथि रहेको यस सूचकले न्युजिल्यान्डको सेवा क्षेत्र निरन्तर विस्तार भइरहेको देखाएको छ । ५० अंकभन्दा माथिको सूचकले व्यावसायिक गतिविधिमा विस्तार र तलको सूचकले संकुचन जनाउँछ ।

बिजनेसएनजेडकी प्रमुख कार्यकारी क्याथरिन रिचले पछिल्लो तथ्यांकलाई सेवा क्षेत्रका लागि उत्साहजनक संकेतका रूपमा व्याख्या गर्नुभएको छ । उहाँका अनुसार गर्मीयाम नजिकिँदै गर्दा व्यावसायिक गतिविधि र नयाँ कारोबार दुवैमा वृद्धि देखिएको छ ।

उहाँले नोभेम्बर ७ मा सम्पन्न आमनिर्वाचनअघि धेरै व्यवसायीले लगानी तथा अन्य महत्वपूर्ण व्यावसायिक निर्णय स्थगित गरेको बताए। नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै रोकिएका खर्च तथा लगानीका योजना कार्यान्वयनमा आउन सक्ने उनको अपेक्षा छ ।

सर्वेक्षणअनुसार नयाँ अर्डर तथा व्यवसायसम्बन्धी उपसूचक ५३ अंकमा पुगेको छ भने गतिविधि तथा बिक्रीसम्बन्धी उपसूचक ५२.६ अंक कायम भएको छ । यी दुवै सूचकले सेवा क्षेत्रमा माग र कारोबार बढिरहेको संकेत गरेका छन् । यद्यपि, रोजगारीसम्बन्धी सूचक ४९.९ अंकमा रहेकाले रोजगार बजारमा अझै अपेक्षित सुधार हुन सकेको छैन ।

व्यवसायीहरूले इन्धनको मूल्यवृद्धि, जीवनयापनको बढ्दो लागत, ब्याजदर तथा राजनीतिक अनिश्चिततालाई प्रमुख चुनौतीका रूपमा औँल्याएका छन् । तर गर्मीयामको तयारी, क्रिसमसका लागि बढ्दो बुकिङ र विदेशी पर्यटकको आगमनले सेवा क्षेत्रलाई सकारात्मक ऊर्जा दिएको छ ।

बीएनजेडका वरिष्ठ अर्थशास्त्री डग स्टिलले अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु-याउने सेवा क्षेत्रमा देखिएको सुधार स्वागतयोग्य रहेको बताएका छन् । उनका अनुसार यो गति निरन्तर कायम रहे न्युजिल्यान्डको अर्थतन्त्र व्यापक रूपमा पुनरुत्थान भइरहेको थप प्रमाण प्राप्त हुनेछ ।

सेवा क्षेत्रमा बढ्दो गतिविधिले आगामी महिनामा व्यवसाय, पर्यटन र उपभोगमा थप सुधार ल्याउने अपेक्षा गरिएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
5h ago
इरान युद्धको असरले जापानको अर्थतन्त्रमा सुस्ती, तेस्रो त्रैमासिकमा वृद्धि शून्य

इरान युद्धको असरले जापानको अर्थतन्त्रमा सुस्ती, तेस्रो त्रैमासिकमा वृद्धि शून्य

काठमाडौं – इरान युद्धका कारण बढेको मुद्रास्फीति, प्रतिकूल मौसम र भूकम्पको असरले जापानको अर्थतन्त्रमा सुस्ती देखिएको छ । जुलाईदेखि सेप्टेम्बरसम्मको तेस्रो त्रैमासिकमा जापानको अर्थतन्त्रमा कुनै वृद्ध...

#अर्थतन्त्र #वृद्धि
Compare →
Nagarik News
1h ago
आन्तरिक राजस्व कार्यालय कृष्णनगरले साढे ३ महिनामा उठायो ६७ करोड राजस्व

आन्तरिक राजस्व कार्यालय कृष्णनगरले साढे ३ महिनामा उठायो ६७ करोड राजस्व

आन्तरिक राजस्व कार्यालय कृष्णनगरले चालु आर्थिक बर्ष २०८३÷ ०८४ को साढे ३ महिनामा ६७ करोड ४२ लाख ७ हजार राजस्पव संकलन गरेको छ ।

#साढे
Compare →
Arthasansar
3h ago
मुद्रास्फीति र खराब मौसमले जापानी अर्थतन्त्र सुस्त

मुद्रास्फीति र खराब मौसमले जापानी अर्थतन्त्र सुस्त

जापानको अर्थतन्त्र चालु वर्षको तेस्रो त्रैमासिकमा स्थिर भएको छ। इरान युद्धका कारण बढेको मुद्रास्फीति, खराब मौसम र भूकम्पको असरले जुलाईदेखि...

#अर्थतन्त्र
Compare →
Bizshala
1d ago
अन्नपूर्ण क्षेत्रमा विदेशी पर्यटकको ओइरो, एक महिनामै झण्डै ४२ हजार पुगे, गत वर्षभन्दा १३ प्रतिशतले वृद्धि

अन्नपूर्ण क्षेत्रमा विदेशी पर्यटकको ओइरो, एक महिनामै झण्डै ४२ हजार पुगे, गत वर्षभन्दा १३ प्रतिशतले वृद्धि

काठमाण्डौ । नेपालको प्रमुख पर्यटकीय गन्तव्य अन्नपूर्ण संरक्षण क्षेत्रमा विदेशी पर्यटकको आगमन उल्लेख्य रूपमा बढेको...

#क्षेत्रमा #वृद्धि
Compare →

Related Stories

Business & Economy
Build #2612