Trending
Prev Story
Next Story

कच्चा दूधको न्यूनतम मूल्य प्रतिलिटर ७५ रुपैयाँ तोक्न माग, नभए आन्दोलन

Onlinekhabar •
November 16, 2026 • 12:31 PM
4
4 reads 0 reactions

३० कात्तिक, काठमाडौं । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडले कच्चा दूधको मूल्य प्रतिलिटर न्यूनतम ७५ रुपैयाँ कायम गर्न सरकारसँग माग गरेको छ । संघले विज्ञप्ति जारी गर्दै उत्पादन लागत अनुसार किसानले दूधको उचित मूल्य …

कच्चा दूधको न्यूनतम मूल्य प्रतिलिटर ७५ रुपैयाँ तोक्न माग, नभए आन्दोलन

३० कात्तिक, काठमाडौं । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडले कच्चा दूधको मूल्य प्रतिलिटर न्यूनतम ७५ रुपैयाँ कायम गर्न सरकारसँग माग गरेको छ ।

संघले विज्ञप्ति जारी गर्दै उत्पादन लागत अनुसार किसानले दूधको उचित मूल्य नपाएको भन्दै माग सम्बोधन नभए निकट भविष्यमै सडक आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी समेत दिएको छ ।

राष्ट्रिय दुग्ध विकास नीति २०७८ मा प्रत्येक दुई वर्षमा दूधको मूल्य पुनरावलोकन गर्ने व्यवस्था भए पनि अहिलेसम्म यस विषयमा आवश्यक छलफल र निर्णय हुन नसकेको संघको भनाइ छ ।

कृषि मन्त्रालय लगायत सम्बन्धित निकायमा पटक–पटक ज्ञापनपत्र बुझाउँदा समेत सरकारका तर्फबाट कुनै ठोस पहल नभएको संघले जनाएको छ ।

विश्वव्यापी महँगीसँगै स्वदेशमा पशु आहार, खाद्यान्न, स्वास्थ्य, शिक्षा र विभिन्न सेवा शुल्कमा भइरहेको निरन्तर मूल्यवृद्धिले दुग्ध किसान गम्भीर आर्थिक मारमा परेको विज्ञप्तिमा छ ।

सरकारले कर्मचारीको तलब वृद्धि र कर प्रणालीमा समेत परिमार्जन गर्दा किसानले उत्पादन गरेको दूधको मूल्य भने सोही अनुसार समायोजन नगरेकोप्रति संघले सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।

चितवनबाट उत्पादित दूधले मुलुकका प्रमुख सहरको आपूर्ति धानिरहेको तथ्यसमेत संघले अघि सारेको छ । जिल्लाको दूध उत्पादन, सहकारी र दैनिक कारोबार तथ्यांक आधारमा २९ जेठ २०७६ मा ‘दूधमा आत्मनिर्भर जिल्ला’ घोषित चितवनमा हाल दैनिक ३ लाख ५५ हजार लिटर दूध उत्पादन हुँदै आएको छ ।

जिल्लाको आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको उक्त उत्पादनमध्ये ५५ प्रतिशत दूध काठमाडौं, ललितपुर, भक्तपुर, कास्की र मकवानपुर लगायत जिल्लामा बिक्री तथा आपूर्ति हुने गरेको संघले जनाएको छ ।

दुग्ध किसानका समस्या समयमै सम्बोधन गरी कच्चा दूधको उचित मूल्य वृद्धि गर्न तथा दुग्ध उत्पादन व्यवसाय संरक्षण गर्न संघले सरकार र सम्पूर्ण सरोकारवाला निकायसँग अपिल गरेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
1h ago
दूधको मूल्य प्रतिलिटर ७५ रुपैयाँ नपाए आन्दोलन गर्ने चितवनका किसानको चेतावनी

दूधको मूल्य प्रतिलिटर ७५ रुपैयाँ नपाए आन्दोलन गर्ने चितवनका किसानको चेतावनी

दाना, मकै र ढुटोको मूल्य बढे पनि दूधको मूल्य नबढ्दा उत्पादन लागत धान्न नसकेको किसानको गुनासो छ।

#दूध #संघ #प्रतिलिटर
Compare →
Nagarik News
1d ago
दूध बेचेर आत्मनिर्भर, दुई जनालाई रोजगारी

दूध बेचेर आत्मनिर्भर, दुई जनालाई रोजगारी

उनले दैनिक ५० देखि ६० लिटर दूध उत्पादन गरी प्रतिलिटर रु ५५ देखि ६० सम्ममा नजिकैको सहकारीमा बिक्री गर्दै आएका छन्।

#दूध
Compare →
Hamro Patro News
5d ago
दूधको ट्याङ्करको ठक्करबाट बेल्खुमा पैदलयात्रीको मृत्यु

दूधको ट्याङ्करको ठक्करबाट बेल्खुमा पैदलयात्रीको मृत्यु

धादिङ : धादिङको गल्छी गाउँपालिका-४ बेल्खुस्थित पृथ्वी राजमार्गमा दूध बोकेको ट्याङ्करको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । गएराति करिब ९:३० बजे हेटौँडाबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रद...

#दूध
Compare →
Bizshala
1w ago
समुद्रमा १ अर्ब २८ करोड ब्यारेल कच्चा तेल हुँदा पनि बजार किन ढुक्क छैन ?

समुद्रमा १ अर्ब २८ करोड ब्यारेल कच्चा तेल हुँदा पनि बजार किन ढुक्क छैन ?

काठमाण्डौ । विश्वभरका तेल ट्यांकरमा ढुवानी भइरहेको कच्चा तेलको परिमाण १ अर्ब २८ करोड ब्यारेल पुगेको बजार विश्लेषण...

#कच्चा
Compare →

Related Stories

Business & Economy
Build #2612