धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले पछिल्लो साढे तीन वर्षको अवधिमा ५३३ स्थानमा आगलागी नियन्त्रणका लागि वारुणयन्त्र (दमकल) सेवा प्रदान गरेको छ । आगलागीबाट हुने जनधनको क्षति न्यूनीकरण गर्न उपमहानगरपालिकाले तीनवटा वारुणयन्त्र र नगर प्रहरी परिचालन गर्दै आएको छ ।
आर्थिक वर्ष २०७९/८० देखि चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म उपमहानगरपालिकाले उक्त संख्यामा आगलागी नियन्त्रण गरेको हो । धनगढीभित्र मात्र नभई आवश्यकताअनुसार छिमेकी पालिका तथा अन्य क्षेत्रमा समेत वारुणयन्त्र पठाएर सहयोग गर्दै आएको उपमहानगरपालिकाले जनाएको छ ।
Read full story at source ( rajdhanidaily.com )