Trending
Prev Story
Next Story

चित्लाङमा ६ किलो चरेससहित दुई जना नियन्त्रणमा

Nagarik News •
November 16, 2026 • 03:22 AM
3
3 reads 0 reactions

मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङबाट प्रहरीले ६ किलो ४० ग्राम चरेसजस्तो पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ।

चित्लाङमा ६ किलो चरेससहित दुई जना नियन्त्रणमा

मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङबाट प्रहरीले ६ किलो ४० ग्राम चरेसजस्तो पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय पालुङबाट प्रहरी निरीक्षक गोविन्दप्रसाद भण्डारीको कमान्डमा खटिएको टोलीले आइतबार बिहान करिब १ः४५ बजे चित्लाङस्थित प्रहरी चेकपोस्टमा सवारीसाधन जाँच गर्ने क्रममा उक्त पदार्थ बरामद गरेको हो।

प्रहरीका अनुसार गोरखा, चितवनको सौराहा र हेटौँडा हुँदै काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०१–०३५ च ४५६१ नम्बरको सेतो रङको ओमोडा जेइकु ६ टी मोडेलको एसयूभी गाडी जाँच गर्ने क्रममा पछाडिको डिक्कीमा रहेको कालो लगेजभित्र लुकाएर राखिएको अवस्थामा चरेसजस्तो पदार्थ फेला परेको थियो।

सेतो प्लास्टिकले र्‍यापिङ गरी पाँचवटा पोका बनाएर लगिएको उक्त पदार्थ प्लास्टिकसहित ६ किलो १४० ग्राम र प्लास्टिक हटाउँदा ६ किलो ४० ग्राम रहेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–३ स्थायी घर भई हाल बनेपा नगरपालिका–८ तीनदोबाटो बस्ने ३३ वर्षीय हेविन श्रेष्ठ (चालक) र चितवनको भरतपुर महानगरपालिका–११ कोल्टाँडी स्थायी घर भई हाल भरतपुर–२ क्षेत्रपुर बस्ने २१ वर्षीया दिव्याश्री काफ्ले रहेका छन्।

प्रहरीले उनीहरू, गाडी र बरामद पदार्थ नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित: ३० कार्तिक २०८३ ०९:०७ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
3h ago
कारको डिकीभित्र ६ किलो बढी चरेस, चालकसहित दुई जना पक्राउ

कारको डिकीभित्र ६ किलो बढी चरेस, चालकसहित दुई जना पक्राउ

३० कात्तिक,काठमाडौं । मकवानपुरको थाहा नगरपालिका-९, चित्लाङबाट ६ किलो ४० ग्राम चरेसजस्तो देखिने लागुऔषधसहित दुई जना पक्राउ परेका छन्। गए राति करिब १:४५ बजेको समयमा हेटौंडाबाट काठमाडौं आउँदै गरेको ब...

#किलो #मकवानपुर #थाहा
Compare →
Onlinekhabar
21h ago
साढे ३ किलो थाई गाँजासहित विमानस्थलबाट एक युवक पक्राउ

साढे ३ किलो थाई गाँजासहित विमानस्थलबाट एक युवक पक्राउ

२९ कात्तिक, काठमाडौं । साढे तीन किलो थाई गाँजासहित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको उत्तर प्रदेशका २२ वर्षीय सलमान नाम गरेका व्यक्ति छन् । उनलाई लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको …

#किलो
Compare →

Related Stories

Technology
Build #2612