Trending
Prev Story
Next Story

बाह्य क्षेत्रसँगै आन्तरिक अर्थतन्त्रमा पनि सुधारको संकेत

Ekantipur •
November 19, 2026 • 04:02 PM
3
3 reads 0 reactions

तीन महिनामै भित्रियो सात खर्ब रुपैयाँ रेमिट्यान्स, ३९ प्रतिशत बढ्यो आयात

बाह्य क्षेत्रसँगै आन्तरिक अर्थतन्त्रमा पनि सुधारको संकेत

तीन महिनामै भित्रियो सात खर्ब रुपैयाँ रेमिट्यान्स, ३९ प्रतिशत बढ्यो आयात

काठमाडौं — चालु आर्थिक वर्ष २०८३/८४ को तीन महिना (साउन–असोज) सम्ममा मुलुकको बाह्य क्षेत्रसँगै आन्तरिक क्षेत्रमा पनि सुधारको संकेत देखिन थालेको छ ।

लामो समयदेखि मुलुकको भुक्तानी सन्तुलन र चालु खातामा सुधार देखिए पनि आयात–निर्यात एवं कर्जा विस्तारमा सुधार देखिन सकेको थिएन । यसमा अहिले भने केही सुधारको संकेत देखिएको हो ।

‘समग्रमा हेर्दा अर्थतन्त्र सुधारोन्मुख देखिन्छ । भुक्तानी सन्तुलन, चालु खातामा सुधार छैन, आयात, कर्जा बढेकाले आन्तरिक मागमा पनि सुधार आइरहेको मान्न सकिन्छ,’ राष्ट्र बैंकका अनुसन्धान विभाग प्रमुख तथा कार्यकारी निर्देशक सत्येन्द्र तिमिल्सिनाले भने । विशेषगरी आयतामा वृद्धि हुँदा पनि यो तीन महिनामा मुलुकबाट बाहिरिनेभन्दा भित्रिने रकम अझै ३ खर्ब ३ अर्बले धेरै छ ।

मुलुकले गर्ने आम्दानी, विदेशी सहायता, प्रत्यक्ष वैदेशिक लगानीलगायत सबै गरेर बाहिरिने रकमभन्दा भित्रिने रकम धेरै भएको हो । यसलाई भुक्तानी सन्तुलन अथवा शोधानान्तर बचतसमेत भनिन्छ । आयात बढे पनि रेमिट्यान्समा भइरहेको वृद्धि, पर्यटक आगमनबाट बढेको आम्दानी, प्रत्यक्ष वैदेशिक लगानीमा भएको सुधारलगायतले मुलुकको आम्दानी बढेको हो ।

लामो समयदेखि मुलुकको भुक्तानी सन्तुलन र चालु खातामा सुधार देखिए पनि आयात–निर्यात एवं कर्जा विस्तारमा सुधार देखिन सकेको थिएन, यसमा अहिले भने केही सुधारको संकेत देखिएको हो । आयात अघिल्लो पटकको यही अवधिभन्दा ३८ प्रतिशतले बढेर ६ खर्ब ४६ अर्ब रुपैयाँ पुगेको छ । त्यसअघि ४ खर्ब ६८ अर्ब रुपैयाँको आयात भएको थियो । निर्यात पनि ५७ प्रतिशतले बढेर १ खर्ब १४ अर्ब रुपैयाँ पुगेको छ । यसअघि १ खर्ब १४ अर्बको वस्तु तथा सेवा निर्यात भएको थियो ।

दसैंतिहारलगायत चाडपर्वअघिको समय भएकाले पनि आयात बढेको सरोकारवाला बताउँछन् । यस अवधिमा कुल ७ खर्ब ३ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यसअघि यही अवधिमा ५ खर्ब ५३ अर्ब रेमिट्यान्स भित्रिएको थियो । २७ प्रतिशतले धेरै रेमिट्यान्स भित्रिएको हो ।

असोजमा मात्रै करिब २ खर्ब ६७ अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको हो । करिब ३९ महिनादेखि निरन्तर रूपमा मासिक एक खर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स भित्रिरहेको छ । पछिल्लो ७ महिनादेखि निरन्तर मासिक दुई खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिरहेको छ । दसैंतिहारजस्ता चाडपर्व नजिकिँदासमेत तुलनात्मक रूपमा अन्य महिनामा भन्दा रेमिट्यान्स भित्रिने दर बढ्ने गर्छ ।

यस अवधिमा २ अर्ब ६९ करोड रुपैयाँ रेमिट्यान्स बाहिरिएको छ । गत वर्षको यही अवधिमा ३ अर्ब ७६ करोड रुपैयाँ बाहिरिएको थियो । ३ महिनामा वैदेशिक रोजगारीमा जानेको संख्या भने १.७५ प्रतिशतले बढेको छ । यसअघि २ लाख ७ सय १६ जनाले नयाँ र पुनः श्रम स्वीकृति लिएकामा यस वर्ष यो अवधिमा २ लाख ४ हजारले यस्तो स्वीकृति लिएका छन् ।

रेमिट्यान्स बढेसँगै मुलुकको विदेशी मुद्राको सञ्चितिमा रेकर्ड बन्ने क्रमले निरन्तरता पाइरहेकै छ । विदेशी मुद्राको सञ्चिति ४१ खर्ब ६१ अर्ब रुपैयाँ पुगेको छ । हालको सञ्चिति ऐतिहासिक उच्च हो । डलरका आधारमा पनि यस्तो सञ्चिति हालसम्मकै उच्च छ । यस्तो सञ्चिति २७ अर्ब ३८ करोड डलर छ ।

मुलुकमा रहेको विदेशी मुद्राको यस्तो सञ्चितिले १७ महिना ६ दिनको वस्तु तथा सेवाको आयात धान्न सक्छ । नेपालमा सात महिनासम्मको आयात धान्ने सञ्चिति भए पर्याप्त मानिन्छ । तर, पछिल्लो समय यस्तो सञ्चिति सूचक घट्ने क्रममा छ । गत असारमा १९ महिनाभन्दा बढीको आयात धान्ने अवस्था रहेकामा अहिले केही घटेको हो ।

मुलुकको चालु खाता पनि २ खर्ब ७९ अर्ब रुपैयाँ नाफामा देखिएको छ । वार्षिक रूपमा भने आर्थिक वर्ष २०८०/८१ देखि यस्तो खाता नाफामा छ । चालु खातालाई मुलुकको खुद आम्दानीका रूपमा समेत हेरिन्छ ।

राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८३/८४ को साउन–असोजमा औसत मूल्यवृद्धि ६.२२ प्रतिशत छ । गत आर्थिक वर्ष २०८२/८३ को यही अवधिमा औसत मूल्य वृद्धि १.६७ प्रतिशत थियो । मासिक आधारमा असोजमा मात्रै ६.३७ प्रतिशतले मूल्यवृद्धि भएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको अन्त्यसम्ममा औसत ५.५ प्रतिशतमा मूल्यवृद्धि सीमित राख्ने लक्ष्य राखेको छ ।

अघिल्लो वर्ष यही समयमा मूल्यवृद्धि कम भएकाले पनि त्यसका आधारमा अहिले धेरै देखिएको राष्ट्र बैंकका कार्यकारी निर्देशक तिमिल्सिना बताउँछन् । तर, वर्षको अन्त्यसम्ममा मूल्यवृद्धिमा सुधार हुँदै जाने र लक्ष्यभित्रै रहने उनको प्रक्षेपण छ ।

यी तीन महिनामा घिउ–तेलमा सबैभन्दा धेरै १६.६८, फलफूलमा १५.९९, चिनी र चिनीले बनेका सामग्रीमा १२.१४ र माछा–मासुमा ७.३४ प्रतिशतले महँगी बढेको हो । तरकारीमा ७.०७ र मरमसलामा ६.७१ प्रतिशतले मूल्यवृद्धि भएको छ ।

गैरखाद्य तथा सेवाअन्तर्गत यातायातमा १२.७७, मदिरा तथा पेय पदार्थमा ८.८३ र कपडाजन्य तथा जुत्ताचप्पलमा ७.०७ प्रतिशतले मूल्यवृद्धि भएको छ । फर्निसिङ तथा घरायसी उपकरणमा ६.०१ र सुर्तीजन्य पदार्थको ५.४५ प्रतिशतले मूल्य बढेको हो ।

विजयराज खनाल कान्तिपुर मिडिया ग्रुपको आर्थिक व्युरोमा काम गर्छन् । उनी सेयर बजार र बैंक र लगानीका बिषयमा रुची राख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
3d ago
न्युजिल्यान्डको सेवा क्षेत्रमा साढे तीन वर्षयताकै उच्च वृद्धि, अर्थतन्त्रमा सुधारको संकेत

न्युजिल्यान्डको सेवा क्षेत्रमा साढे तीन वर्षयताकै उच्च वृद्धि, अर्थतन्त्रमा सुधारको संकेत

३० कात्तिक, वेलिङ्टन (रासस/सिन्ह्वा)। न्युजिल्यान्डको सेवा क्षेत्रमा व्यावसायिक गतिविधि उल्लेखनीय रूपमा बढ्दै साढे तीन वर्षयताकै उच्च विन्दुमा पुगेको छ । अक्टोबर महिनामा सेवा क्षेत्रको विस्तारले गति लिएसँगै मुलुकको समग्र अर्थतन्त्रमा सुधारको संकेत देखिएको एक उद्योग …

#अर्थतन्त्र #संकेत #सुधारको
Compare →
Bizshala
4h ago
सात खर्ब रेमिट्यान्सले बाह्य खाता बलियो बनाउँदा व्यापार घाटा र महँगी चुलिए !

सात खर्ब रेमिट्यान्सले बाह्य खाता बलियो बनाउँदा व्यापार घाटा र महँगी चुलिए !

काठमाण्डौ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा नेपालले ७ खर्ब ३ अर्ब ७० करोड रुपैयाँ रेमिट्यान्स भित्र्याएको...

#बाह्य
Compare →
Hamro Patro News
8h ago
हरित अर्थतन्त्रका लागि अन्तर्राष्ट्रिय लगानी जुटाउने प्रयास

हरित अर्थतन्त्रका लागि अन्तर्राष्ट्रिय लगानी जुटाउने प्रयास

काठमाडौँ- नेपालले जलवायु परिवर्तनको असर न्यूनीकरण, अनुकूलन क्षमता अभिवृद्धि र दिगो आर्थिक विकासका लागि अन्तर्राष्ट्रिय जलवायु वित्त तथा निजी क्षेत्रको लगानी परिचालन गर्ने रणनीतिक पहल अघि बढाएको छ। ...

#अर्थतन्त्र
Compare →
Nagarik News
1d ago
‘आन्तरिक कलहले बालेन सरकार धेरै टिक्दैन’

‘आन्तरिक कलहले बालेन सरकार धेरै टिक्दैन’

नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले आन्तरिक कलहका कारण वर्तमान बालेन सरकार लामो समय नटिक्ने दाबी गरेका छन्।

#आन्तरिक
Compare →
Arthasansar
2d ago
१२ बर्ष अबधिको विकास ऋणपत्रमार्फत १० अर्व आन्तरिक ऋण उठाउँदै सरकार

१२ बर्ष अबधिको विकास ऋणपत्रमार्फत १० अर्व आन्तरिक ऋण उठाउँदै सरकार

सरकारले १२ बर्षे बिकास ऋणपत्र मार्फत १० अर्व रुपैयाँको आन्तरिक ऋण उठाउने भएको छ । सरकारले NPDB१२००२०९५ नामक ऋणपत्र बिक्रि...

#आन्तरिक
Compare →

Related Stories

Business & Economy
Build #2612