सरकारले १२ बर्षे बिकास ऋणपत्र मार्फत १० अर्व रुपैयाँको आन्तरिक ऋण उठाउने भएको छ । सरकारले NPDB१२००२०९५ नामक ऋणपत्र बिक्रि गर्न लागेको हो ।
भोलि मंसिर २ गते बोलकबोल मार्फत बिक्रि हुने विकास ऋणपत्र २०९५ रहेको छ । ऋण पत्रको ब्याजदर बोलकबोलको माध्यमबाट हुने सार्वजनिक ऋण व्यावस्थापन कार्यलयले जनाएको छ । ऋणपत्र १२ बर्षको हुने छ । यो ऋणपत्रमा बैंक तथा वित्तिय संस्था, गैर–बैंक वित्तिय संस्था, संगठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न सक्नेछन् । यो ऋणपत्र धितोमा राखी कर्जा लिन दिन पाईने छ ।
ऋणपत्र खरिदकर्ताले मंसिर २ बिहान ९ बजे देखी २ बजे सम्म बोलकवोल गर्नु पर्ने छ । यसको निश्काशन २०८३ मंसिर ३ गते हुने छ । यसको साँवा भूक्तानी मिति २०९३ मंसिर ३ गतेलाई तोकिएको छ । ब्याज भुक्तानी अर्धबार्षिक रुपमा गर्दै जाने बताइएको छ । चालु आर्थिक वर्ष सुरु भएपछि सरकारले ११ वर्षे, ९ वर्षे, ६ वर्षे, ५ वर्षे र ३ वर्षे अवधिका विकास ऋणपत्र बिक्री मार्फत आन्तरिक ऋण संकलन गरिरहेको छ ।