Trending
Prev Story
Next Story

घट्यो छठपछिको सेयर बजार, बढ्यो कारोबार

Onlinekhabar •
November 17, 2026 • 09:31 AM
3
3 reads 0 reactions

१ मंसिर, काठमाडौं । छठपछि खुलेको सेयर बजार दोहोरो अंकले झरेको छ । १२.७९ अंकले बजार परिसूचक नेप्से झरेसँगै २६३६ अंकमा कायम भएको छ । आज ८६ कम्पनीको मूल्य बढेको छ भने १८५ को घटेको …

घट्यो छठपछिको सेयर बजार, बढ्यो कारोबार

१ मंसिर, काठमाडौं । छठपछि खुलेको सेयर बजार दोहोरो अंकले झरेको छ । १२.७९ अंकले बजार परिसूचक नेप्से झरेसँगै २६३६ अंकमा कायम भएको छ । आज ८६ कम्पनीको मूल्य बढेको छ भने १८५ को घटेको छ । त्यस्तै कारोबार भएका ९ कम्पनीको मूल्य स्थिर रह्यो ।

कारोबारका क्रममा अधिकांश समय बजार रातो अंकमा रह्यो । कारोबार रकम अघिल्लो दिनको तुलनामा बढेको छ । अघिल्लो दिन ३ अर्ब ५ करोडको कारोबार भएकोमा आज ४ अर्ब ७३ करोडको भयो ।

धेरैजसो समूहगत सूचक घटेका छन् । बैंकिङ ०.४७, विकास बैंक ०.८४, फाइनान्स ०.५५, होटल तथा पर्यटन १.२१, जलविद्युत् ०.३१, लगानी ०.२७, जीवन बीमा ०.८४, उत्पादन तथा प्रशोधन ०.११, माइक्रोफाइनान्स ०.६०, निर्जीवन बीमा ०.६९, अन्य ०.५८, तथा व्यापार ०.०२ प्रतिशत घटे ।

अपर लोहोरेखोला हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ११.८४ प्रतिशत बढ्यो । सेन्ट्रल फाइनान्सको ६.००, अपोलो हाइड्रोपावरको ५.६५, माउन्ट एभरेस्ट पावरको ५.५०, सानीगढ हाइड्रोको ३.८० प्रतिशत मूल्य बढ्यो ।

त्यस्तै एभरेस्ट कलरको ५.३६, सीवाईसी लघुवित्तको ४.८६, विजय लघुवित्तको ४.४९, बेनी हाइड्रोपावरको ४.१२ तथा स्वस्तिक लघुवित्तको ३.६६ प्रतिशत मूल्य घट्यो ।

कारोबार रकमका आधारमा आज घलेम्दी हाइड्रोपावर, सेन्ट्रल फाइनान्स, सानिमा माइ हाइड्रोपावर, शिवम् सिमेन्ट, एनआरएन इन्फ्रास्ट्रक्चर, पिपुल्स पावर, स्वेतगंगा हाइड्रोपावर, हिमालयन डिस्टिलरी क्रमशः अगाडि रहे ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Ekantipur
12m ago
सेयर बजार २६३६ अंकमा, ४ अर्बमाथि कारोबार

सेयर बजार २६३६ अंकमा, ४ अर्बमाथि कारोबार

आजको बजारमा ULHC र NIMBPO सबैभन्दा बढी परिवर्तन भएका शेयरहरू बने।

#शेयर-बजार #अंक
Compare →
Arthasansar
39m ago
सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार साढे ४ अर्ब माथि

सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार साढे ४ अर्ब माथि

मंगलबार सेयर बजार परिसूचक दोहोरो अंकले घटेर कारोबार बन्द भएको छ । यो साताको पहिलो कारोबार दिन नेप्से परिसूचक १२.७९...

#शेयर-बजार #अंक
Compare →
Bizshala
4h ago
चौथौँ दिन पनि घट्यो सुन–चाँदीको मूल्य, आज कति पुग्यो ?

चौथौँ दिन पनि घट्यो सुन–चाँदीको मूल्य, आज कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा लगातार चौथौँ दिन सुन–चाँदीको मूल्य घटेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार...

#घटे #घट्यो
Compare →
Hamro Patro News
4h ago
सुनको मूल्य चार दिनदेखि लगातार ओरालो, आज कति घट्यो?

सुनको मूल्य चार दिनदेखि लगातार ओरालो, आज कति घट्यो?

सुनको मूल्य चार दिनदेखि लगातार ओरालो, आज कति घट्यो? ३ मिनेट अघि काठमाडौं : नेपाली बजारमा मंगलबार पनि सुनचाँदीको मूल्य घटेको छ। गत शुक्रबारदेखि घट्ने क्रममा रहेको सुनको मूल्य यसदिन पनि घटेको हो। ...

#घटे #घट्यो
Compare →
Nagarik News
1d ago
आज पनि घट्यो सुन र चाँदीको मूल्य

आज पनि घट्यो सुन र चाँदीको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्य घटेको छ।

#घटे #घट्यो
Compare →

Related Stories

Business & Economy
Build #2612