Trending
Prev Story
Next Story

क्यानाडा र चीनबीच थप शुल्क कटौतीमा सहमति

Onlinekhabar •
November 17, 2026 • 09:31 AM
3
3 reads 0 reactions

१ मङ्सिर, सेन्जेन (चीन) (रासस/एएफपी) । क्यानाडा र चीनले व्यापार विस्तार गर्ने उद्देश्यले थप भन्सार शुल्क कटौती गर्ने सहमति गरेका छन् । क्यानाडाका प्रधानमन्त्री मार्क कार्नी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच एपेक शिखर सम्मेलनका क्रममा …

क्यानाडा र चीनबीच थप शुल्क कटौतीमा सहमति

१ मङ्सिर, सेन्जेन (चीन) (रासस/एएफपी) । क्यानाडा र चीनले व्यापार विस्तार गर्ने उद्देश्यले थप भन्सार शुल्क कटौती गर्ने सहमति गरेका छन् । क्यानाडाका प्रधानमन्त्री मार्क कार्नी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच एपेक शिखर सम्मेलनका क्रममा भएको भेटवार्तापछि यस्तो सहमति भएको हो ।

कार्नीको कार्यालयका अनुसार यसबाट क्यानाडाको करिब ४० करोड क्यानेडियन डलर बराबरको निर्यातमा थप भन्सार छुट हुनेछ । यसमा चिस्यानमा राखिएको सुँगुरको मासु, माछा र समुद्री खाद्यवस्तु समावेश छन् । त्यसको बदलामा क्यानाडाले चिनियाँ स्टिल र आल्मुनियमका केही उत्पादनमा दिइएको भन्सार छुट दुई वर्ष थप्नेछ ।

अमेरिकामाथिको व्यापारिक निर्भरता घटाउन खोजिरहेका कार्नीले सन् २०३० सम्म चीनतर्फको निर्यात ५० प्रतिशतले बढाउने लक्ष्य निर्धारित समयभन्दा अगाडि नै पूरा हुने बताएका छन्। चिनियाँ राष्ट्रपति सीले पनि दुई देशबीचको सम्बन्ध सुधारले दुवै देशको हित र विश्वको स्थिरता तथा समृद्धिमा योगदान पुग्ने बताए।

वर्षौंदेखि कूटनीतिक तनाव र भन्सार शुल्क विवादमा रहेका दुई देशबीच सम्बन्ध सुधारको प्रयास भइरहेको छ । सन् २०१८ मा क्यानाडाले अमेरिकी पक्राउ पुर्जीका आधारमा हुवावेका संस्थापककी छोरीलाई पक्राउ गरेपछि चीनले दुई क्यानाडेली नागरिकलाई हिरासतमा लिएको थियो । त्यसपछि दुवै देशले एकअर्काका निर्यातमा शुल्क लगाएका थिए ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाको अटोमोबाइल क्षेत्रमा दण्डात्मक शुल्क लगाएका थिए। कार्नी गत अगस्टमा अमेरिकासँगको व्यापार वार्ताबाट बाहिरिएको भए पनि पछिल्लो समय दुवै देशबीच सम्झौताको सम्भावना देखिएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
58m ago
क्यानाडा र चीनबीच थप शुल्क कटौतीमा सहमति

क्यानाडा र चीनबीच थप शुल्क कटौतीमा सहमति

१ मङ्सिर, सेन्जेन (चीन) (रासस/एएफपी) । क्यानाडा र चीनले व्यापार विस्तार गर्ने उद्देश्यले थप भन्सार शुल्क कटौती गर्ने सहमति गरेका छन् । क्यानाडाका प्रधानमन्त्री मार्क कार्नी र चिनियाँ राष्ट्रपति सी ...

#क्यानाडा #चीन #भन्सार
Compare →
Arthasansar
3d ago
हरितगृह ग्यास उत्सर्जन कटौती गर्नुपर्नेमा महासचिव गुटेरेसको जोड

हरितगृह ग्यास उत्सर्जन कटौती गर्नुपर्नेमा महासचिव गुटेरेसको जोड

संयुक्त राष्ट्रसङ्कका महासचिव एन्टोनियो गुटेरेसले विश्वव्यापी तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसभन्दा माथि जानबाट रोक्न नसकिने अवस्था देखिए पनि त्यसको अवधि...

#कटौती
Compare →
Nagarik News
3d ago
पृथ्वी जोगाउन हरेक वर्ष ६ प्रतिशत उत्सर्जन कटौती गर्न गुटेरेसको आग्रह

पृथ्वी जोगाउन हरेक वर्ष ६ प्रतिशत उत्सर्जन कटौती गर्न गुटेरेसको आग्रह

विकासशील तथा जलवायु परिवर्तनको उच्च जोखिममा रहेका मुलुकलाई अनुकूलन र हानि तथा नोक्सानी सम्बोधनका लागि थप वित्तीय सहयोग आवश्यक रहेको उल्लेख गर्दै उनले विकसित देशले विगतका कोप सम्मेलनमा गरेका वित्तीय प्रतिबद्धता पूरा गर्नुपर्नेमा जोड दिए।

#कटौती
Compare →
Bizshala
3d ago
नेपाली जुटमा भारतले लगाएको अतिरिक्त शुल्क हटाउन पहल, सिमेन्टदेखि स्टिलसम्मको निर्यात सहज बनाउने विषयमा छलफल

नेपाली जुटमा भारतले लगाएको अतिरिक्त शुल्क हटाउन पहल, सिमेन्टदेखि स्टिलसम्मको निर्यात सहज बनाउने विषयमा छलफल

काठमाण्डौ । भारतले नेपाली जुटजन्य उत्पादनमा लगाएको एन्टिडम्पिङ तथा प्रतिकारात्मक शुल्क पुनरावलोकन गर्न नेपालले...

#शुल्क
Compare →

Related Stories

World News
Build #2612