काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेको छ। आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ०.३५ प्रतिशतले घटेर प्रतिऔंस ३ हजार ८८० डलरभन्दा तल झरेको छ। यो सन् २०२५ अक्टोबरयताकै न्यून मूल्य हो।
यस्तै चाँदीको मूल्य ३.१५ प्रतिशत घटेर ४७ अमेरिकी डलर आसपासमा कारोबार भइरहेको छ।
अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भका अधिकारीहरूले ब्याजदर बढाउने संकेत दिएपछि अमेरिकी डलर बलियो बनेको र सुनको मूल्यमा दबाब परेको हो। लगानीकर्ताहरूले डिसेम्बरमा फेडले २५ वा ५० आधार विन्दुले ब्याजदर बढाउने भन्ने विषयमा ध्यान केन्द्रित गरेका छन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।