Trending
Prev Story
Next Story

अष्ट्रेलियामा नेपालीको ५० वर्ष : सिड्नीमा विशेष कार्यक्रम हुँदै

Onlinekhabar •
November 17, 2026 • 09:31 AM
3
3 reads 0 reactions

सिड्नी । पचास वर्षअघि अष्ट्रेलियाको भूमिमा पाइला टेक्ने नेपालीहरूको संख्या थोरै थियो । भाषा, संस्कृति, भूगोल र जीवनशैली सबै नयाँ थिए । सीमित स्रोतसाधन, अपरिचित समाज र अनेकौँ चुनौतीका बीच उनीहरूले यहाँ आफ्नो भविष्य खोज्न …

अष्ट्रेलियामा नेपालीको ५० वर्ष :  सिड्नीमा विशेष कार्यक्रम हुँदै

सिड्नी । पचास वर्षअघि अष्ट्रेलियाको भूमिमा पाइला टेक्ने नेपालीहरूको संख्या थोरै थियो । भाषा, संस्कृति, भूगोल र जीवनशैली सबै नयाँ थिए । सीमित स्रोतसाधन, अपरिचित समाज र अनेकौँ चुनौतीका बीच उनीहरूले यहाँ आफ्नो भविष्य खोज्न थाले।

त्यो समय आजजस्तो नेपाली समुदाय थिएन । न नेपाली पसलहरूको बाक्लो उपस्थिति थियो, न सामुदायिक संस्था, न नेपाली भाषा र संस्कृतिको सहज वातावरण।

समयसँगै विद्यार्थी, दक्ष जनशक्ति, व्यवसायी, परिवार र नयाँ पुस्ताको आगमन बढ्दै गयो । नेपालीहरू शिक्षा, स्वास्थ्य, व्यापार, राजनीति, कला, साहित्य, विज्ञान र सामाजिक सेवाका क्षेत्रमा अघि बढे। नेपाली मन्दिर, सामुदायिक संस्था, सांस्कृतिक कार्यक्रम, सञ्चारमाध्यम र नेपाली व्यवसायहरूले अष्ट्रेलियामा नेपाली उपस्थितिलाई थप सशक्त बनाए।

सुरुका नेपालीहरूको साहस, त्यसपछिका पुस्ताको संघर्ष, विद्यार्थीहरूको मेहनत, परिवारहरूको त्याग, व्यवसायीहरूको उद्यमशीलता र सामुदायिक अभियन्ताहरूको योगदान जोडिएको छ।

आज अष्ट्रेलियाका सिड्नी, मेलबर्न, ब्रिस्बेन, पर्थ, एडिलेड, क्यानबेरा, होबार्टलगायतका सहरमा नेपालीहरूको बाक्लो उपस्थिति देखिन्छ । नेपाली भाषा बोलिन्छ, नेपाली गीत गाइन्छन्, दसैँ–तिहार मनाइन्छ, नेपालीले मन्दिर र गुम्बाहरू बनाएका छन् । नेपाली विद्यालयहरू सञ्चालन भइरहेका छन् र नेपाली समुदायले अष्ट्रेलियाको बहुसांस्कृतिक समाजमा आफ्नो छुट्टै पहिचान बनाएको छ।

आज अष्ट्रेलियाको नेपाली समुदाय आफ्नै पहिचान, इतिहास, भाषा, संस्कृति र योगदान बोकेको एउटा समुदाय बनेको छ।

यसरी अष्ट्रेलियामा नेपालीले पाइला टेकेको ५० वर्ष पुगेको अबसरमा एक बिशेष कार्यक्रमको आयोजना हुने भएको छ । नोभेम्बर २७ र २८ का दिन सिड्नीको हर्षभिलमा रहेको मराना हलमा नेप्लिज अष्ट्रेलियन एशोसियनको आयोजनामा कार्यक्रम हुन लागेको हो । यो संस्था सन १९७६ मा स्थापना भएको थियो ।

यस कार्यक्रममा सहभागी हुन नेपालबाट बरिष्ट कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, डा. भगवान कोइराला, हांस्य कलाकार मनोज गुजरेल र गायिका शान्तिश्री परियार अष्ट्रेलिया आउने कार्यक्रम छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
2w ago
सिड्नी गोलीकाण्डमा साहस देखाउने नेपाली मूलका सिनियर कन्स्टेबल भारतीलाई अष्ट्रेलियाको राष्ट्रिय बहादुरी पुरस्कार

सिड्नी गोलीकाण्डमा साहस देखाउने नेपाली मूलका सिनियर कन्स्टेबल भारतीलाई अष्ट्रेलियाको राष्ट्रिय बहादुरी पुरस्कार

काठमाडौं । अस्ट्रेलियाको सिड्नीमा भएको गोलीकाण्डका बेला साहसिक भूमिका निर्वाह गरेका नेपाली मूलका प्रहरी अधिकृत विकास भारतीलाई राष्ट्रिय बहादुरी पुरस्कार प्रदान गरिएको छ। अस्ट्रेलियाको प्रहरी महासं...

#सिड्नी #अष्ट्रेलिया
Compare →
Bizshala
1w ago
सिड्नीमा आप्रवासनको आक्रोश र पेरिसमा महँगीको विद्रोह, एशिया बन्नसक्छ विश्वको रोजाई

सिड्नीमा आप्रवासनको आक्रोश र पेरिसमा महँगीको विद्रोह, एशिया बन्नसक्छ विश्वको रोजाई

काठमाण्डौ। पेरिसमा महँगीविरुद्धको जुलुस सकिँदै गर्दा प्रहरीसँग झडप भयो। इटालीको टुरिनमा विद्यार्थी, श्रमिक र किसान...

#सिड्नी
Compare →
Nagarik News
1w ago
उद्योगमन्त्री साहसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत अर्न्स्टको भेट

उद्योगमन्त्री साहसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत अर्न्स्टको भेट

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अर्न्स्टसँग शिष्टाचार भेट गरेका छन्।

#अष्ट्रेलिया
Compare →

Related Stories

Australia & Pacific
Build #2612