Trending
Prev Story
Next Story

सरकार संकट व्यवस्थापनसँगै अर्थतन्त्रको संरचनागत सुधारमा केन्द्रित छ : अर्थमन्त्री वाग्ले

Ekantipur •
November 20, 2026 • 09:32 AM
3
3 reads 0 reactions

अर्थमन्त्री स्वर्णिम वाग्लेले लगानीको वातावरण सुधार, निजी क्षेत्रको विश्वास पुनःस्थापना र उत्पादनमुखी अर्थतन्त्र निर्माणलाई सरकारको प्राथमिकता रहेको बताए ।

सरकार संकट व्यवस्थापनसँगै अर्थतन्त्रको संरचनागत सुधारमा केन्द्रित छ : अर्थमन्त्री वाग्ले

अर्थमन्त्री स्वर्णिम वाग्लेले लगानीको वातावरण सुधार, निजी क्षेत्रको विश्वास पुनःस्थापना र उत्पादनमुखी अर्थतन्त्र निर्माणलाई सरकारको प्राथमिकता रहेको बताए ।

विराटनगर — अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले तत्कालीन आर्थिक संकट व्यवस्थापनसँगै अर्थतन्त्रका संरचनागत समस्या समाधान गर्न सरकार केन्द्रित रहेको बताएका छन् । लामो समयदेखिको आर्थिक शिथिलता, कमजोर निजी लगानी, उत्पादन क्षेत्रको सीमित विस्तार र रोजगारी अभाव अर्थतन्त्रका प्रमुख चुनौती रहेको उल्लेख गर्दै उनले लगानीको वातावरण सुधार र निजी क्षेत्रको विश्वास फर्काउने कामलाई प्राथमिकता दिएको बताए ।

कान्तिपुर मिडिया ग्रुपले शुक्रबार विराटनगरमा आयोजना गरेको ‘उज्यालो पूर्व :  सम्भावनाबाट समृद्धितर्फ’ कार्यक्रममा अर्थमन्त्री वाग्लेले अर्थतन्त्रको विद्यमान संरचनालाई रूपान्तरण गर्नुपर्ने आवश्यकता औंल्याए । ‘उपभोग जति सबै आयात, आम्दानी जति विप्रेषण र लगानी जति घरजग्गा’ भन्ने सरलीकृत आर्थिक मोडलबाट माथि उठेर उत्पादनमुखी अर्थतन्त्र निर्माण गर्नुपर्ने उनको भनाइ थियो ।

निजी क्षेत्रले लामो समयदेखि नीतिगत अनिश्चितता,  प्रशासनिक झन्झट र लगानीको प्रतिकूल वातावरण भोग्दै आएको उल्लेख गर्दै उनले लगानीमैत्री वातावरण निर्माण सरकारको प्राथमिकतामा रहेको बताए । सरकारले जिम्मेवारी सम्हाल्दा अर्थतन्त्रमा विद्यमान चुनौतीसँगै विश्वव्यापी द्वन्द्व, ऊर्जा बजारको अनिश्चितता र अन्तर्राष्ट्रिय आपूर्ति शृंखलामा आएको अवरोधले थप दबाब सिर्जना गरेको उनले बताए । त्यसैगरी, भोटेकोशी बाढीले जनजीवन, पूर्वाधार र आर्थिक गतिविधिमा थप चुनौती थपेको उनको भनाइ थियो । ‘हामीले दुईवटा जिम्मेवारी निर्वाह गर्नुपरेको छ । तत्कालीन संकट सम्हाल्ने र अर्थतन्त्रलाई दीर्घकालीन रूपमा कमजोर बनाइरहेका संरचनागत समस्याको समाधान गर्ने,’ उनले भने ।

वर्षौंदेखि जरा गाडेका विकृति र संस्थागत कमजोरी केही महिनामै अन्त्य नहुने भन्दै उनले सुधारको प्रतिफल देखिन समय लाग्ने बताए । तर संकटका बीचमा पनि सरकारले सुधारको गति नरोकेको उनको दाबी थियो । आर्थिक स्थायित्व कायम राख्दै लगानीको विश्वास फर्काउने, सार्वजनिक संस्थाहरूको कार्यशैली परिवर्तन गर्ने र उत्पादनशील अर्थतन्त्रको आधार तयार पार्ने कामलाई सँगसँगै अघि बढाइएको उनले बताए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
1h ago
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकमा समृद्धि कायम हुने – अर्थमन्त्री वाग्ले

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकमा समृद्धि कायम हुने – अर्थमन्त्री वाग्ले

अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि कायम हुने बताएका छन् ।

#अर्थमन्त्री #वाग्ले
Compare →
Onlinekhabar
2h ago
चार महिनाभित्र सकारात्मक सुधारलाई परिणाममा बदल्छौं : अर्थमन्त्री वाग्ले

चार महिनाभित्र सकारात्मक सुधारलाई परिणाममा बदल्छौं : अर्थमन्त्री वाग्ले

४ मंसिर, विराटनगर । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि आउने बताएका छन् । विराटनगरमा शुक्रबार आयोजित एक कार्यक्रममा उनले सुशासनलाई आर्थिक रूपान्तरणको आधार र वैधताको मन्त्रका रूपमा वर्तमान सरकारले ग्रहण गरेको …

#अर्थमन्त्री #वाग्ले
Compare →
Hamro Patro News
1d ago
हरित अर्थतन्त्रका लागि अन्तर्राष्ट्रिय लगानी जुटाउने प्रयास

हरित अर्थतन्त्रका लागि अन्तर्राष्ट्रिय लगानी जुटाउने प्रयास

काठमाडौँ- नेपालले जलवायु परिवर्तनको असर न्यूनीकरण, अनुकूलन क्षमता अभिवृद्धि र दिगो आर्थिक विकासका लागि अन्तर्राष्ट्रिय जलवायु वित्त तथा निजी क्षेत्रको लगानी परिचालन गर्ने रणनीतिक पहल अघि बढाएको छ। ...

#अर्थतन्त्र
Compare →
Bizshala
2d ago
ऊर्जामा आधारित अर्थतन्त्र निर्माण गर्न विश्व बैंकसँग सहकार्य बढाइने

ऊर्जामा आधारित अर्थतन्त्र निर्माण गर्न विश्व बैंकसँग सहकार्य बढाइने

काठमाण्डौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपालको ऊर्जामा आधारित अर्थतन्त्र निर्माणका लागि...

#अर्थतन्त्र
Compare →

Related Stories

Business & Economy
Build #2612