Trending
Prev Story
Next Story

श्रीलंकाविरुद्धको दोस्रो टेस्टमा पाकिस्तानले निकाल्यो ८ विकेटको जित

Ekantipur •
November 20, 2026 • 09:32 AM
3
3 reads 0 reactions

यो जित पाकिस्तानका लागि आईसीसी विश्व टेस्ट च्याम्पियनसिपको २०२५–२७ चक्रमा पहिलो सिरिज जितसमेत हो । खेलमा तीव्र गतिका बलर मोहम्मद अब्बासले उत्कृष्ट प्रदर्शन गरे । उनले दुवै इनिङ्समा गरी ६ विकेट लिए ।

श्रीलंकाविरुद्धको दोस्रो टेस्टमा पाकिस्तानले निकाल्यो ८ विकेटको जित

यो जित पाकिस्तानका लागि आईसीसी विश्व टेस्ट च्याम्पियनसिपको २०२५–२७ चक्रमा पहिलो सिरिज जितसमेत हो । खेलमा तीव्र गतिका बलर मोहम्मद अब्बासले उत्कृष्ट प्रदर्शन गरे । उनले दुवै इनिङ्समा गरी ६ विकेट लिए ।

काठमाडौँ — पाकिस्तानले श्रीलंकाविरुद्धको दोस्रो टेस्टमा ८ विकेटको जित निकालेको छ । रावलपिन्डीमा शुक्रबार सम्पन्न दोस्रो टेस्ट जितेसँगै पाकिस्तानले दुई खेलको सिरिज १–० ले आफ्नो पक्षमा पारेको हो । पहिलो टेस्ट ड्र भएको थियो ।

यो जित पाकिस्तानका लागि आईसीसी विश्व टेस्ट च्याम्पियनसिपको २०२५–२७ चक्रमा पहिलो सिरिज जितसमेत हो । खेलमा तीव्र गतिका बलर मोहम्मद अब्बासले उत्कृष्ट प्रदर्शन गरे । उनले दुवै इनिङ्समा गरी ६ विकेट लिए ।

रावलपिन्डीमा खेलको पहिलो दिन श्रीलंकाले निकै निराशाजनक ब्याटिङ गर्दै ९८ रनमा अलआउट भयो । पाकिस्तानका मोहम्मद अब्बास, रजाउल्लाह र आमेर जमालले समान तीन–तीन विकेट लिँदै श्रीलंकाको ब्याटिङ धराशायी बनाएका थिए ।

जवाफमा ब्याटिङ गरेको पाकिस्तानले भने पहिलो इनिङ्समा ३२५ रन बनायो । यससँगै पहिलो इनिङ्समा पाकिस्तानले २२७ रनको विशाल अग्रता बनाएको थियो। पाकिस्तानका लागि गाजी घोरीले सर्वाधिक ५४ रन बनाए । श्रीलंकाका लाहिरु कुमारा एक्लैले ५ विकेट लिए ।

दोस्रो इनिङ्समा भने श्रीलंकाले केही सुधारिएको प्रदर्शन गर्दै ३ सय १६ रन बनायो । चौथो दिन ३०९ रनमा ९ विकेटको स्थितिबाट खेल सुरु गरेको श्रीलंकाले थप ७ रन जोड्दै सबै विकेट गुमाएको थियो । मिलान रथनायके ६६ रनमा अविजित रहे । कुशल मेन्डिसले ५३ तथा सोनल दिनुषाले ५४ रन बनाए । पाकिस्तानका लागि बलिङमा मोहम्मद अब्बास र  आमेर जमालले समान ३–३ विकेट हात पारे ।

जितका लागि पाकिस्तानले पाएको ९० रनको लक्ष्य १३ ओभरमै दुई विकेट गुमाएर पूरा गर्‍यो ।

पाकिस्तानले यसअघि सन् २०२४ अक्टोबरमा घरेलु मैदानमा इंग्ल्यान्डलाई २–१ ले हराउँदै टेस्ट सिरिज जितेको थियो । त्यसयता पहिलोपटक टेस्ट सिरिज जित्दै पाकिस्तानले लामो समयको प्रतीक्षा समाप्त गरेको छ ।

सुबास रोकाया कान्तिपुर टिभीका संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
42m ago
एसिया कप राइजिङ स्टार्सः नेपाललाई भारतले दियो ३३३ रनको उच्च लक्ष्य, सन्दीप र ललितले लिए ३/३ विकेट

एसिया कप राइजिङ स्टार्सः नेपाललाई भारतले दियो ३३३ रनको उच्च लक्ष्य, सन्दीप र ललितले लिए ३/३ विकेट

दोहामा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको भारतले निर्धारित ओभरमा ९ विकेट गुमाएर ३३२ रनको योगफल तयार पारेको हो।

#विकेट
Compare →
Hamro Patro News
17h ago
पाकिस्तानमा २२ आतङ्ककारी मारिएको सेनाको दाबी

पाकिस्तानमा २२ आतङ्ककारी मारिएको सेनाको दाबी

अफगानिस्तानसँग सीमा जोडिएको पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा सुरक्षा बलले गरेको कारबाहीमा २२ जना आतङ्ककारी मारिएको पाकिस्तानी सेनाले जनाएको छ । गुप्तचर सूचनाका आधारमा खैबर पख्तुनख्वा प्रान्तका वि...

#पाकिस्तान
Compare →
Onlinekhabar
1w ago
उत्तरी पाकिस्तानमा यात्रुवाहक भ्यान दुर्घटना, ११ जनाको मृत्यु

उत्तरी पाकिस्तानमा यात्रुवाहक भ्यान दुर्घटना, ११ जनाको मृत्यु

२७ कात्तिक, इस्लामावाद (रासस/एपी)। उत्तरी पाकिस्तानमा एउटा यात्रुवाहक भ्यान सडकबाट नदीमा खसेर दुर्घटनाग्रस्त हुँदा ११ जनाको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएको उद्धार अधिकारी तथा प्रहरीले शुक्रबार जनाएको छ । बिहीबार राति गिलगिट–बाल्टिस्तान क्षेत्रमा …

#पाकिस्तान
Compare →
Arthasansar
1w ago
एनपीएल क्रिकेट : पोखरा प्लेअफ होडबाट बाहिरियो, सन्दीपको ६ विकेटमा विराटनगरको तेस्रो जित

एनपीएल क्रिकेट : पोखरा प्लेअफ होडबाट बाहिरियो, सन्दीपको ६ विकेटमा विराटनगरको तेस्रो जित

कप्तान सन्दीप लामिछानेले ह्याट्रिक सहित ६ विकेट लिँदा नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगरले बिहीबार पोखरा एभेन्जर्सलाई ४ विकेटले पराजित...

#विकेट
Compare →

Related Stories

Sports
Build #2612