Trending
Prev Story
Next Story

पहिलो टेस्टमा दक्षिण अफ्रिकासँग बंगलादेश ९ विकेटले पराजित

Ekantipur •
November 20, 2026 • 04:32 AM
4
4 reads 0 reactions

कागिसो रबाडाले ७२ रन र आठ विकेट लिएपछि दक्षिण अफ्रिकाले पछिल्ला १८ मध्ये १६ टेस्ट जितेको छ।

पहिलो टेस्टमा दक्षिण अफ्रिकासँग बंगलादेश ९ विकेटले पराजित

कागिसो रबाडाले ७२ रन र आठ विकेट लिएपछि दक्षिण अफ्रिकाले पछिल्ला १८ मध्ये १६ टेस्ट जितेको छ।

काठमाडौँ — दक्षिण अफ्रिकाले बंगलादेशलाई पहिलो टेस्टमा ९ विकेटले हराएको छ । जोहानेसबर्गस्थित वान्डरर्स स्टेडियममा बिहीबार सम्पन्न खेलमा दक्षिण अफ्रिकाले १२ रनको लक्ष्य एक दशमलव तीन ओभरमै पूरा गरेको हो ।

जितसँगै दक्षिण अफ्रिका विश्व टेस्ट च्याम्पियनसिपको अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ। उसले पछिल्ला १८ मध्ये १६ टेस्ट जितेको छ ।

बंगलादेशविरुद्ध पहिलो इनिङ्समा कागिसो रबाडाले ७२ रन बनाउनुका साथै आठ विकेटसमेत लिए। मार्केस एकरम्यानले पहिलो इनिङ्समा एक सय ५७ र कप्तान टेम्बा बभुमाले अविजित ६८ रन बनाए ।

पहिले ब्याटिङ गरेको बंगलादेशले चार सय रन बनाएको थियो। उसका तौहिद हृदोयले एक सय ३७ र लिटन दासले एक सय २० रन बनाए । लिटनले दक्षिण अफ्रिकाको पहिलो इनिङ्समा आठ खेलाडीलाई आउट गराउन भूमिका खेलेर टेस्ट क्रिकेटमा एकै इनिङ्समा विकेटकिपरको सर्वाधिक डिसमिसलको विश्व कीर्तिमान पनि बनाए ।

जितसँगै दक्षिण अफ्रिकाले शृंखलामा अग्रता बनाएको छ। दोस्रो तथा अन्तिम टेस्ट सेन्चुरियनमा हुनेछ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
3d ago
दक्षिण अफ्रिकामा एकै दिन भएका दुई छुट्टाछुट्टै गोलीकाण्डमा १७ जनाको निधन

दक्षिण अफ्रिकामा एकै दिन भएका दुई छुट्टाछुट्टै गोलीकाण्डमा १७ जनाको निधन

३० कात्तिक, जोहानेसबर्ग (रासस/एपी) । दक्षिण अफ्रिकामा आइतबार भएका दुई छुट्टाछुट्टै सामूहिक गोलीकाण्डमा कम्तीमा १७ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार करिब ५३६ किलोमिटरको दूरीम भएका यी घटनाको कारण तत्काल खुल्न सकेको छैन । प्रहरीका …

#दक्षिण #अफ्रिका
Compare →
Hamro Patro News
4d ago
भारतसँगको व्यापारमा बंगलादेशलाई ठूलो घाटा, चार दक्षिण एसियाली मुलुकसँग व्यापार असन्तुलन

भारतसँगको व्यापारमा बंगलादेशलाई ठूलो घाटा, चार दक्षिण एसियाली मुलुकसँग व्यापार असन्तुलन

काठमाडौं । बंगलादेशले दक्षिण एसियाका चार मुलुकसँगको व्यापारमा घाटा व्यहोरेको छ। ती मुलुकमध्ये भारतसँगको व्यापार घाटा सबैभन्दा ठूलो रहेको तथ्य सार्वजनिक भएको छ। द फाइनान्सियल एक्सप्रेसका अनुसार बंग...

#दक्षिण #बंगलादेश
Compare →
Nagarik News
2d ago
८ रनमै सुदूरपश्चिमका तीन विकेट पतन, मुन्सी, दबारे र भण्डारी सस्तैमा आउट

८ रनमै सुदूरपश्चिमका तीन विकेट पतन, मुन्सी, दबारे र भण्डारी सस्तैमा आउट

नेपाल प्रिमियर लिग (एनपिएल) सिजन ३ को पहिलो क्वालिफायरमा लुम्बिनी लायन्सको कसिलो बलिङसामु सुदूरपश्चिम रोयल्सको शीर्ष क्रम धराशायी बनेको छ।

#विकेट
Compare →

Related Stories

Sports
Build #2612