Trending
Prev Story
Next Story

दक्षिण अस्ट्रेलियामा नेपाल महोत्सवको तयारी पूरा, पहिलोपटक राज्यका प्रिमियर सहभागी हुँदै

Ekantipur •
November 19, 2026 • 05:02 AM
2
2 reads 0 reactions

कार्यक्रममा नेपालको कलासंस्कृति झल्काउन सोही दिन बिहान नेपाल परेडको आयोजना गरिएको छ । उक्त परेडमा नेपाली पोसाक लगाएका विभिन्न जातजाति तथा भेषभूषामा सजिएका नेपालीले परम्परागत झाँकी तथा नृत्यसहित नेपाली र अस्ट्रेलियाली झण्डा फहराउँदै परिक्रमा गर्नेछन् ।

दक्षिण अस्ट्रेलियामा नेपाल महोत्सवको तयारी पूरा, पहिलोपटक राज्यका प्रिमियर सहभागी हुँदै

कार्यक्रममा नेपालको कलासंस्कृति झल्काउन सोही दिन बिहान नेपाल परेडको आयोजना गरिएको छ । उक्त परेडमा नेपाली पोसाक लगाएका विभिन्न जातजाति तथा भेषभूषामा सजिएका नेपालीले परम्परागत झाँकी तथा नृत्यसहित नेपाली र अस्ट्रेलियाली झण्डा फहराउँदै परिक्रमा गर्नेछन् ।

अस्ट्रेलिया — दक्षिण अस्ट्रेलियामा करिब एक सातापछि सुरु हुने नेपाल महोत्सवको तयारी पूरा भएको छ । आयोजकका अनुसार महोत्सवमा पहिलोपटक दक्षिण अस्ट्रेलियाका प्रिमियर पिटर मालनास्कसले सहभागिता जनाउने भएका छन् ।

हरेक दुई वर्षमा प्रवासी नेपालीको संगठन एनआरएनएले आयोजना गर्दै आएको महोत्सवले विदेशी भूमिमा नेपालको कलासंस्कृति, परम्परा र पर्यटन प्रवर्द्धन गर्नेछ । यहाँस्थित पर्यटकीय स्थल टोरेन्स परेड ग्राउन्डमा हुने कार्यक्रममा १५ हजारभन्दा बढी दर्शकको उपस्थिति रहने आयोजकको अपेक्षा छ । कार्यक्रममा नेपालको कलासंस्कृति झल्काउन सोही दिन बिहान नेपाल परेडको आयोजना गरिएको छ । उक्त परेडमा नेपाली पोसाक लगाएका विभिन्न जातजाति तथा भेषभूषामा सजिएका नेपालीले परम्परागत झाँकी तथा नृत्यसहित नेपाली र अस्ट्रेलियाली झण्डा फहराउँदै परिक्रमा गर्नेछन् ।

महोत्सवलाई संगीतमय बनाउन नेपाली गीतसंगीतसहित नेपालका चर्चित कलाकारले प्रस्तुति दिनेछन् । महोत्सव सफल बनाउन २० वटा उपसमिति बनाएर तयारी कार्य अघि बढाइएको छ । महोत्सव यही महिनाको २८ तारिख शनिबार हुनेछ ।

महोत्सवमा करिब १ लाख ७० हजार अस्ट्रेलियन डलर (करिब १ करोड ८० लाख रुपैयाँ) खर्च लाग्ने अनुमान गरिएको छ । महोत्सव संयोजक तथा एनआरएनए दक्षिण अस्ट्रेलियाका संयोजक थिर गुरुङले कार्यक्रमको तयारी करिब पूरा भइसकेको र कार्यक्रमलाई भव्य तथा सभ्य बनाउन भरपूर कोसिस गरिने जानकारी दिए । उनले महोत्सवमा पहिलोपटक राज्यका प्रिमियर मालनास्कसले सहभागिता जनाउने बताए । यसका साथै बहुसांस्कृतिक मन्त्रीलगायत अन्य विभिन्न मन्त्री, सांसद तथा बहुसांस्कृतिक समुदायका व्यक्ति र नेताको सहभागिता रहनेछ । कार्यक्रम सफल बनाउन राज्य सरकारले ३० हजार अस्ट्रेलियन डलर अनुदान दिएको पनि गुरुङले बताए ।

'नेपालीले आयोजना गर्ने कार्यक्रममा राज्यका प्रमुख सहभागी हुनु हामी सबैका लागि गर्वको विषय हो,' उनले भने । यसले बृहत् रूपमा नेपाली समुदायलाई फाइदा पुग्ने उनको भनाइ छ ।

'हामीले गर्ने नेपाल महोत्सवले नेपाली कलासंस्कृति, परम्परा, खाना, संगीत र पर्यटनलाई विदेशी भूमिमा अझ पहिचान दिलाउने र प्रचारप्रसार गर्नेमा विश्वस्त छौँ,' संयोजक गुरुङले कान्तिपुरसँग भने ।

उनले महोत्सवस्थलमा नेपाली खानाका साथै पर्यटन प्रवर्द्धन गर्ने किसिमका स्टल राखिने जानकारी दिए । यसैगरी दोस्रो पुस्ताको सहभागितालाई समेत प्राथमिकता दिइएको उनले बताए । विदेशमा हुर्कँदै गरेको दोस्रो पुस्ताले आफ्नो परिचयलाई विस्तृत गर्ने भएकाले उनीहरूलाई महोत्सवमा सहभागिताका लागि प्रोत्साहन गरिएको गुरुङको भनाइ छ ।

महोत्सवलाई मल्टि डाइनामिक र चन्द्रकोट ज्वेलर्सले मुख्य प्रायोजकका रूपमा आर्थिक सहयोग गरेका छन् भने अन्य स्थानीय व्यवसाय तथा व्यक्तिले पनि आर्थिक सहयोग गरेका छन् ।

महोत्सवलाई मनोरञ्जनात्मक बनाउन नेपालबाट आएका गायक अनिल सिंह र गायिका रचना रिमालको प्रस्तुति रहनेछ । साँझ हुने उनीहरूको प्रस्तुतिले सहभागीलाई मनोरञ्जन दिनुका साथै स्थानीयले समेत नेपाली संगीतको स्वाद पाउनेछन् । कार्यक्रममा स्थानीय कलाकारको प्रस्तुति तथा दोस्रो पुस्ताका बालबालिकाले परम्परागत गीतसंगीतमा नृत्य प्रस्तुत गर्नेछन् ।

नारायण खड्का अस्ट्रेलियाका कान्तिपुर प्रतिनिधि हुन् । उनले प्रवासी नेपाली समाज, राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
3d ago
अस्ट्रेलियामा मनाइयो छठ, दुई हजारभन्दा बढी सहभागी

अस्ट्रेलियामा मनाइयो छठ, दुई हजारभन्दा बढी सहभागी

२९ कात्तिक, सिड्नी । अस्ट्रेलियाको सिड्नीमा नेपाली समुदायले सूर्यदेव र छठी माताको श्रद्धापूर्वक आराधना गर्दै छठ पर्व रूपमा मनाएका छन्। एसोसिएसन अफ नेपाल तराई इन अस्ट्रेलिया (एन्टा) को आयोजनामा आइतबार साँझदेखि सोमबार बिहानसम्म चिपिङ नोर्टनस्थित …

#अस्ट्रेलिया #सहभागी
Compare →
Nagarik News
18h ago
अस्ट्रेलियाविरुद्धको एक दिवसीय शृंखलामा इंल्यान्ड विजयी

अस्ट्रेलियाविरुद्धको एक दिवसीय शृंखलामा इंल्यान्ड विजयी

बुधबार भएको तेस्रो तथा अन्तिम खेलमा ९७ रनको जित निकाल्दै भ्रमणकारी टोली इंल्यान्डले एक दिवसीय शृंखला कब्जा गरेको हो।

#अस्ट्रेलिया
Compare →
Hamro Patro News
2d ago
‘काव्यनगरी’ हेम्जामा दोस्रो साहित्य महोत्सव हुँदै

‘काव्यनगरी’ हेम्जामा दोस्रो साहित्य महोत्सव हुँदै

कास्की । गत वर्ष ‘काव्यनगरी’ घोषणा गरिएको पोखरा महानगरपालिका–२५ हेम्जामा दोस्रो संस्करणको ‘हेम्जा साहित्य महोत्सव’ को आयोजना गरिएको छ । नेपाली भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्ध...

#महोत्सव
Compare →

Related Stories

National (Nepal)
Build #2612