Trending
Prev Story
Next Story

दल त्याग गरेका जसपा नेपालका १८ स्थानीय जनप्रतिनिधिको पद रिक्त

Arthasansar •
November 19, 2026 • 05:35 AM
2
2 reads 0 reactions

निर्वाचन आयोगले जनता समाजवादी पार्टी, नेपाल (जसपा) बाट निर्वाचित भई दल त्याग गरेका विभिन्न १८ जना स्थानीय तहका जनप्रतिनिधिहरूको पद...

1 / 2
Swipe Photos

निर्वाचन आयोगले जनता समाजवादी पार्टी, नेपाल (जसपा) बाट निर्वाचित भई दल त्याग गरेका विभिन्न १८ जना स्थानीय तहका जनप्रतिनिधिहरूको पद रिक्त भएको जनाएको छ। आयोगले एक सार्वजनिक सूचना जारी गर्दै आयोगको मिति २०८३/०८/०२ को निर्णयअनुसार ती पदहरू स्वतः रिक्त भएको जानकारी दिएको हो।

आयोगका अनुसार वि.सं. २०७९ सालको स्थानीय तहको निर्वाचनमा जसपा नेपालको तर्फबाट निर्वाचित भएका जनप्रतिनिधिहरूले पार्टीको नीति, सिद्धान्त तथा निर्णयविपरीत कार्य गरी दल त्याग गरेको भनी पार्टीको केन्द्रीय समन्वय समितिको निर्णयको प्रतिलिपिसहित आयोगमा जानकारी प्राप्त भएको थियो। सोही आधारमा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम २२ को उपनियम (२) बमोजिम पद रिक्त भएको सूचना प्रकाशन गरिएको आयोगले स्पष्ट पारेको छ।

पद रिक्त भएका जनप्रतिनिधिहरूमा लहान नगरपालिका सिराहाका उपप्रमुख राम चरितर महतो, सखुवानान्कारकट्टी गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष रमेश कुमार यादव र धनगढीमाई नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष विजय कुमार महतो रहेका छन् ।

त्यस्तै पर्सा स्थित कालिकामाई गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष लालबाबु राउत बरै र सोही गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष संजय कुमार पटेल, खोटाङ्ग जिल्ला समन्वय समितिका प्रमुख सन बहादुर राई र केपिलासगढी गाउँपालिकाका उपाध्यक्ष गुरु राज राई रहेका छन् ।

यसैगरी, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरकार्यपालिका सदस्य विरेन्द्र कुमार दर्नाल सहित सोही नगरपालिका वडा नं. १० का वडा अध्यक्ष मुगा धन राई, वडा महिला सदस्य कल्पना राई, वडा दलित महिला सदस्य गिता वि.क. तथा वडा सदस्यद्वय रामधन राई र शहर मनी राई, इलाम माङसेबुङ गाउँपालिकाका उपाध्यक्ष विनोद कुमार नेम्वाङ्ग र सन्दकपुर गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष ढाल बहादुर गुरुङ्ग, भोजपुर टेम्केमैयुङ गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष बाल चन्द्र राई, उदयपुर लिम्चुङबुङ गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष छत्र बहादुर राई रहेका छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
3h ago
जसपा नेपालबाट निर्वाचित १८ जनप्रतिनिधिको पद रिक्त

जसपा नेपालबाट निर्वाचित १८ जनप्रतिनिधिको पद रिक्त

३ मंसिर, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचनमा निर्वाचित भएका १८ जना जनप्रतिनिधिको पद रिक्त भएको छ । निर्वाचन आयोगले आज सूचना प्रकाशित गरी पद रिक्त भएको जानकारी दिएको हो । सूचना अनुसार …

#जसपा #रिक्त #निर्वाचन
Compare →
Ekantipur
4h ago
जसपा नेपाल त्यागेका १८ जनप्रतिनिधिको पद रिक्त, खोटाङका जिसस प्रमुखको पनि पद गयो

जसपा नेपाल त्यागेका १८ जनप्रतिनिधिको पद रिक्त, खोटाङका जिसस प्रमुखको पनि पद गयो

पद रिक्त हुनेमा सिरहाका तीन, पर्साका दुई, खोटाङका आठ, भोजपुरका एक, उदयपुरका एक, इलामका दुई र सुनसरीका एक जना छन् ।

#त्याग #जसपा #रिक्त
Compare →
Hamro Patro News
1w ago
स्थानीय तहदेखि प्रदेशसभा र राष्ट्रिय सभासम्म रिक्त रहेका जनप्रतिनिधि

स्थानीय तहदेखि प्रदेशसभा र राष्ट्रिय सभासम्म रिक्त रहेका जनप्रतिनिधि

देशभरका स्थानीय तह, प्रदेशसभा र राष्ट्रिय सभामा गरी १०७ जनप्रतिनिधिका पद रिक्त रहे पनि ती पदपूर्तिका लागि उपनिर्वाचन प्रक्रिया अझै अघि बढ्न सकेको छैन । प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न जनप्रत...

#रिक्त #निर्वाचन
Compare →
Nagarik News
1w ago
कहिले होला राष्ट्रिय सभाका दुई सदस्यको पदपूर्ति?

कहिले होला राष्ट्रिय सभाका दुई सदस्यको पदपूर्ति?

तीन महिनाभन्दा बढी समयदेखि रिक्त दुई पदमा अझै अन्योल, एक सदस्यको निर्वाचन र अर्कोको राष्ट्रपतिबाट मनोनयन हुनुपर्ने भए पनि सरकारले प्रक्रिया अघि बढाएको छैन ।

#रिक्त #निर्वाचन
Compare →

Related Stories

National (Nepal)
Build #2612