Trending
Prev Story
Next Story

जसपा नेपाल त्यागेका १८ जनप्रतिनिधिको पद रिक्त, खोटाङका जिसस प्रमुखको पनि पद गयो

Ekantipur •
November 19, 2026 • 01:02 AM
3
3 reads 0 reactions

पद रिक्त हुनेमा सिरहाका तीन, पर्साका दुई, खोटाङका आठ, भोजपुरका एक, उदयपुरका एक, इलामका दुई र सुनसरीका एक जना छन् ।

जसपा नेपाल त्यागेका १८ जनप्रतिनिधिको पद रिक्त, खोटाङका जिसस प्रमुखको पनि पद गयो

पद रिक्त हुनेमा सिरहाका तीन, पर्साका दुई, खोटाङका आठ, भोजपुरका एक, उदयपुरका एक, इलामका दुई र सुनसरीका एक जना छन् ।

काठमाडौँ — जनता समाजवादी पार्टी (जसपा) नेपाल त्यागेका १८ जनप्रतिनिधिको पद रिक्त भएको छ । निर्वाचन आयोगले दल त्याग गरेका जनप्रतिनिधिको निर्वाचित पद रिक्त भएको सूचना प्रकाशित गरेको हो ।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम जसपा नेपालको केन्द्रीय समितिले दल त्याग गरेको जानकारी आयोगलाई गराएको थियो ।

आयोगका अनुसार पार्टीको नीति, सिद्धान्त तथा निर्णयविपरीत कार्य गरी दल त्याग गरेको भन्दै केन्द्रीय समन्वय समितिको निर्णयसहित जानकारी गराइएका जनप्रतिनिधिको पद रिक्त भएको हो । आयोगले २०८३ असोज २ मा निर्णय गर्दै सम्बन्धित जनप्रतिनिधिको पद रिक्त भएको जनाएको छ ।

पद रिक्त हुनेमा सिरहाका तीन, पर्साका दुई, खोटाङका आठ, भोजपुरका एक, उदयपुरका एक, इलामका दुई र सुनसरीका एक जना छन् ।

सिरहाको लहान नगरपालिकाका उपप्रमुख रामचरित्र महतो, सखुवानान्कारकट्टी गाउँपालिका–५ का वडाध्यक्ष रमेश कुमार यादव र धनगढीमाई नगरपालिका–७ का वडाध्यक्ष विजय कुमार महतोको पद रिक्त भएको छ ।

त्यस्तै, पर्साको कालिकामाई गाउँपालिका–१ का वडाध्यक्ष लालबाबु राउत बरै र वडा नम्बर ३ का वडाध्यक्ष संजय कुमार पटेलको पद पनि रिक्त भएको छ ।

खोटाङमा जिल्ला समन्वय समिति प्रमुख सनबहादुर राई, केपिलासगढी गाउँपालिकाका उपाध्यक्ष गुरुराज राई तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका सात जनप्रतिनिधिको पद रिक्त भएको छ । उक्त नगरपालिकाबाट वडा नम्बर १० का वडाध्यक्ष मुगा धन राई, वडा महिला सदस्य कल्पना राई, दलित महिला सदस्य गीता विक, वडा सदस्य रामधन राई र शहरमनी राई तथा नगर कार्यपालिका सदस्य वीरेन्द्र कुमार दर्नालको पद रिक्त भएको आयोगको सूचनामा उल्लेख छ ।

भोजपुरको टेम्केमैयुङ गाउँपालिका–२ का वडाध्यक्ष बालचन्द्र राई, उदयपुरको लिम्चुङबुङ गाउँपालिका–४ का वडाध्यक्ष छत्रबहादुर राई, इलामको माङसेबुङ गाउँपालिकाका उपाध्यक्ष विनोद कुमार नेम्बाङ र सन्दकपुर गाउँपालिका–४ का वडाध्यक्ष दाहालबहादुर गुरुङको पद पनि रिक्त भएको छ ।

त्यसैगरी सुनसरीको कोशी गाउँपालिका–६ का वडाध्यक्ष जुडिलाल कोड्गियाको पद रिक्त भएको निर्वाचन आयोगले जनाएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
1h ago
जसपा नेपालबाट निर्वाचित १८ जनप्रतिनिधिको पद रिक्त

जसपा नेपालबाट निर्वाचित १८ जनप्रतिनिधिको पद रिक्त

३ मंसिर, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचनमा निर्वाचित भएका १८ जना जनप्रतिनिधिको पद रिक्त भएको छ । निर्वाचन आयोगले आज सूचना प्रकाशित गरी पद रिक्त भएको जानकारी दिएको हो । सूचना अनुसार …

#रिक्त #जसपा #जनप्रतिनिधिको
Compare →
Hamro Patro News
5d ago
कोशीमा प्रदेश प्रमुखको कुर्सी खाली, संवैधानिक अधिकार प्रयोग गर्ने निकाय अन्योलमा

कोशीमा प्रदेश प्रमुखको कुर्सी खाली, संवैधानिक अधिकार प्रयोग गर्ने निकाय अन्योलमा

विराटनगर : कोशी प्रदेशमा प्रदेश प्रमुखको पद रिक्त भए पनि नयाँ नियुक्ति हुन सकेको छैन। पाँच बर्से कार्यकाल पूरा गरेर परशुराम खापुङ बिदा भएका हुन्। तर, नयाँ प्रदेश प्रमुख नियुक्त गर्ने वा अर्को प्रदे...

#रिक्त #प्रमुखको
Compare →
Nagarik News
6d ago
जसपा नेपालका नेताको दाबी : चाडपर्व सकिएलगत्तै सरकारको विरोधमा आन्दोलन हुन्छ

जसपा नेपालका नेताको दाबी : चाडपर्व सकिएलगत्तै सरकारको विरोधमा आन्दोलन हुन्छ

जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले चाडपर्व सकिएलगत्तै मुलुकमा सरकारको विरोधमा आन्दोलन हुने बताएका छन्।

#जसपा
Compare →

Related Stories

National (Nepal)
Build #2612