Trending
Prev Story
Next Story

प्रदेश र राष्ट्रिय खेलकुदका पदक विजेता खेलाडीलाई पुरस्कार घोषणा

Ekantipur •
November 18, 2026 • 04:32 PM
7
7 reads 0 reactions

नेपाल खेलकुद प्रतिष्ठान खोटाङले राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण, रजत र कांस्य पदक जित्ने खेलाडीलाई क्रमशः ३३ हजार ३ सय ३३, २२ हजार २ सय २२ र ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ ।

प्रदेश र राष्ट्रिय खेलकुदका पदक विजेता खेलाडीलाई पुरस्कार घोषणा

नेपाल खेलकुद प्रतिष्ठान खोटाङले राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण, रजत र कांस्य पदक जित्ने खेलाडीलाई क्रमशः ३३ हजार ३ सय ३३, २२ हजार २ सय २२ र ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ ।

खोटाङ — प्रदेश र राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक जित्ने खेलाडीलाई पुरस्कार दिने घोषणा गरिएको छ । बुधबार दिक्तेलमा आयोजित प्रदेश छनोटमा सहभागी हुने खेलाडीलाई पोसाक वितरण तथा बिदाइ कार्यक्रममा विभिन्न विधाका पदक विजेतालाई नगदसहित सम्मान गर्ने घोषणा गरिएको हो ।

नेपाल खेलकुद प्रतिष्ठान खोटाङले राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण, रजत र कांस्य पदक जित्ने खेलाडीलाई क्रमशः ३३ हजार ३ सय ३३, २२ हजार २ सय २२ र ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ । प्रदेशस्तरीय प्रतियोगितामा स्वर्ण, रजत र कांस्य पदक जित्ने करातेका खेलाडीलाई क्रमशः ५ हजार, ३ हजार र २ हजार रुपैयाँसहित सम्मान गरिने प्रतिष्ठानका अध्यक्ष सञ्जयकुमार राईले बताए ।

जिल्ला खेलकुद विकास समिति खोटाङले पनि विभिन्न विधामा पदक जित्ने खेलाडीलाई पुरस्कृत गर्ने घोषणा गरेको छ । समितिका अध्यक्ष मिलन कसजूका अनुसार प्रदेशस्तरीय प्रतियोगितामा व्यक्तिगततर्फ स्वर्ण, रजत र कांस्य पदक जित्ने खेलाडीलाई क्रमशः ४ हजार, ३ हजार र २ हजार रुपैयाँ दिइनेछ । समूहगत खेलतर्फ स्वर्ण, रजत र कांस्य पदक जित्ने टोलीलाई क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपैयाँ पुरस्कार दिइनेछ ।

त्यस्तै, राष्ट्रिय प्रतियोगितामा व्यक्तिगततर्फ स्वर्ण, रजत र कांस्य पदक जित्ने खेलाडीले क्रमशः १० हजार, ७ हजार र ५ हजार रुपैयाँ पाउनेछन् । समूहगत खेलमा पदक जित्ने टोलीलाई क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ दिइनेछ । राष्ट्रिय प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने संघलाई क्रमशः ५० हजार, ४० हजार र ३० हजार रुपैयाँसहित सम्मान गरिने कसजूले बताए ।

खोटाङ यातायात प्रालिले प्रदेश छनोटमा सहभागी हुन जाने खेलाडीलाई भाडामा २० प्रतिशत छुट दिने भएको छ । राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक जित्ने खेलाडीलाई दुई वर्षसम्म यातायात भाडामा ५० प्रतिशत छुट दिइनेछ । यससम्बन्धी सम्झौता जिल्ला खेलकुद विकास समिति र खोटाङ यातायात प्रालिबीच भएको कसजूले बताए ।

खोटाङबाट १६ खेलका २०३ खेलाडी प्रदेशस्तरीय प्रतियोगितामा सहभागी हुनेछन् । उनीहरूसँगै ३१ जना प्रशिक्षक र व्यवस्थापक पनि सहभागी हुनेछन् ।

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
1d ago
३०० को समान किनेका सूर्यविनायकका राम श्रेष्ठले जिते १० लाख पुरस्कार

३०० को समान किनेका सूर्यविनायकका राम श्रेष्ठले जिते १० लाख पुरस्कार

१ मंसिर, काठमाडौं । तीन सयको सामान किनेका एक जना उपभोक्ताले १० लाख पुरस्कार जितेका छन् । भक्तपुरको सूर्यविनायक नगरपालिकाका राम श्रेष्ठले उक्त रकम जितेका हुन् । उनले श्री च्युरा तथा राइस मिलबाट ३०० को सामान …

#घोषणा #पुरस्कार
Compare →
Hamro Patro News
5d ago
राष्ट्रिय खेलकुदको तयारीमा खोटाङ, बजेट अभावले प्रशिक्षण प्रभावित

राष्ट्रिय खेलकुदको तयारीमा खोटाङ, बजेट अभावले प्रशिक्षण प्रभावित

राष्ट्रिय खेलकुदको तयारीमा खोटाङ, बजेट अभावले प्रशिक्षण प्रभावित मङ्सिर ७ गतेदेखि प्रदेश छनोटमा सहभागी हुन कराते, भलिबल, कबड्डी र क्रिकेटका खेलाडी बन्द प्रशिक्षणमा छन्, तर सीमित बजेटले तयारी प्रभा...

#खेलकुद #खोटाङ
Compare →
Nagarik News
1d ago
बालेन्द्र र रविसँगको ‘अविस्मरणीय’ तस्बिर छ ? रास्वपा सांसदले दिने भए नगद पुरस्कार

बालेन्द्र र रविसँगको ‘अविस्मरणीय’ तस्बिर छ ? रास्वपा सांसदले दिने भए नगद पुरस्कार

सचिवालयका अनुसार प्रतियोगितामा उत्कृष्ट फोटो तथा भिडियो पठाउनेमध्येबाट तीन जना विजेता छनोट गरी आकर्षक नगद पुरस्कार प्रदान गरिनेछ।

#पुरस्कार
Compare →
Bizshala
1d ago
नेपाल हाइड्रो डेभलपरको लाभांश घोषणा गत वर्षभन्दा बढ्यो बोनस सेयर

नेपाल हाइड्रो डेभलपरको लाभांश घोषणा गत वर्षभन्दा बढ्यो बोनस सेयर

काठमाण्डौ । नेपाल हाइड्रो डेभलपर लिमिटेडले आफ्ना सेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीले गत आर्थिक...

#घोषणा
Compare →
Arthasansar
1d ago
नेपाल हाइड्रो डेभलपरको लाभांश घोषणा

नेपाल हाइड्रो डेभलपरको लाभांश घोषणा

नेपाल हाइड्रो डेभलपर लिमिटेडले आर्थिक वर्ष २०८२/८३ का लागि आफ्ना सेयरधनीलाई कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।...

#घोषणा
Compare →

Related Stories

Sports
Build #2612