काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को रौनकले यतिबेला सिंगो नेपाली खेलकुद क्षेत्रलाई तताएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दर्शकको उत्साहजनक उपस्थिति, फ्रेन्चाइज टोलीहरूको प्रतिस्पर्धा र विश्वस्तरीय विदेशी खेलाडीहरूको आगमनले नेपाली क्रिकेटले नयाँ व्यावसायिक उचाइ लिएको स्पष्ट संकेत गरेको छ ।
तर, यही उत्साहबीच नेपाली खेलाडीहरूको पारिश्रमिक, राज्यको लगानी र खेलकुदको विश्वव्यापी रणनीतिक महत्त्वका विषयमा गम्भीर बहस आवश्यक रहेको पूर्वराष्ट्रिय क्रिकेटर तथा क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) का अध्यक्ष डा. मनिषराज पाण्डे बताउँछन् ।
Read full story at source ( ratopati.com )