Trending
Prev Story
Next Story

जसपा नेपालका नेताको दाबी : चाडपर्व सकिएलगत्तै सरकारको विरोधमा आन्दोलन हुन्छ

Nagarik News •
November 12, 2026 • 05:45 AM
1
1 reads 0 reactions

जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले चाडपर्व सकिएलगत्तै मुलुकमा सरकारको विरोधमा आन्दोलन हुने बताएका छन्।

जसपा नेपालका नेताको दाबी : चाडपर्व सकिएलगत्तै सरकारको विरोधमा आन्दोलन हुन्छ

जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले चाडपर्व सकिएलगत्तै मुलुकमा सरकारको विरोधमा आन्दोलन हुने बताएका छन्।

बस्नेतले मुख्यतः सरकारको कार्यशैली, सुशासन, सामाजिक न्याय र जनजीविकाका सवाललाई लिएर अग्रगामी मोर्चा र अन्य दलहरू आन्दोलनमा जान लागेको बताएका हुन्।

बस्नेतले भने, ‘आन्दोलनलाई राजनीतिक दलहरूको सत्ता संघर्ष, गुमेको राजनीतिक प्रभाव फर्काउने दाउ र आफ्नो अस्तित्व जोगाउने रणनीति हो भन्दै सरकारको बचाउ गर्ने प्रयास गरिएला तर जनताका वास्तविक समस्या र असन्तुष्टि भएकाले नै आन्दोलन हुन लागेको हो।’

संघीयताको कार्यान्वयन, प्रदेशको अधिकार, प्रशासनिक संरचना, वित्तीय स्रोत र आवश्यक कानुन कार्यान्वनमा समस्या रहेको प्रदेश सरकारहरूको असन्तुष्टि र गुनासोले पनि उक्त आन्दोलनलाई सशक्त बनाउन थप टेवा पुर्याउने उनको भनाइ छ।

लोकतन्त्रमा सरकारको शक्ति प्रहरी, प्रशासन वा सत्ताको अंकगणितमा नभइ जनताको विश्वासमा हुने भन्दै बस्नेतले सरकार जनताप्रति उत्तरदायी हुनुपर्ने बताए।

सरकारको रणनीति आन्दोलन दबाउने नभइ आन्दोलन गर्नुपर्ने परिस्थिति नै आउन नदिने हुनुपर्ने उनको धारणा छ।

प्रकाशित: २६ कार्तिक २०८३ ११:३० बिहीबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1d ago
जसपा नेपालका नेताको दाबी : चाडपर्व सकिएलगत्तै सरकारको विरोधमा आन्दोलन हुन्छ

जसपा नेपालका नेताको दाबी : चाडपर्व सकिएलगत्तै सरकारको विरोधमा आन्दोलन हुन्छ

जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले चाडपर्व सकिएलगत्तै मुलुकमा सरकारको विरोधमा आन्दोलन हुने बताएका छन्। बस्नेतले मुख्यतः सरकारको कार्यशैली, सुशासन, सामाजिक न्याय र जनजीविकाका स...

#आन्दोलन #बस्नेत #जसपा
Compare →
Arthasansar
13h ago
फेरि विद्रोहको तयारीमा प्रचण्ड, ‘जनतालाई मुक्त गर्ने आन्दोलन चाहिएको छ’

फेरि विद्रोहको तयारीमा प्रचण्ड, ‘जनतालाई मुक्त गर्ने आन्दोलन चाहिएको छ’

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू ७३ वर्ष प्रवेश गर्न लागे पनि वैचारिक रूपमा नयाँ विद्रोहको तयारीमा...

#आन्दोलन
Compare →
Onlinekhabar
1d ago
ऋषि धमला भन्छन्- सरकारविरुद्ध आन्दोलनको औचित्य छैन

ऋषि धमला भन्छन्- सरकारविरुद्ध आन्दोलनको औचित्य छैन

२६ कात्तिक, काठमाडौं । स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले अहिले सरकारविरुद्ध आन्दोलन गर्नुको कुनै औचित्य नरहेको बताएका छन् । रिपोर्टर्स क्लब नेपालद्वारा बिहीबार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै धमलाले विपक्षी दलहरूले सरकारविरुद्ध आन्दोलन गर्ने तयारी …

#आन्दोलन
Compare →
Ekantipur
2d ago
दसैं-तिहारमा पनि रोकिएन दीपाको ‘सरकार, कोठा खाली छ ?’ आन्दोलन

दसैं-तिहारमा पनि रोकिएन दीपाको ‘सरकार, कोठा खाली छ ?’ आन्दोलन

जातीय तथा अन्य पहिचानका आधारमा हुने कोठा भाडाको विभेद अन्त्यको माग गर्दै दीपा नेपाली काठमाडौंको माइतीघरमा २०७ दिनदेखि आन्दोलनरत छिन् ।

#आन्दोलन
Compare →

Related Stories

Politics & Governance
Build #2611