Trending
Prev Story
Next Story

दसैं-तिहारमा पनि रोकिएन दीपाको ‘सरकार, कोठा खाली छ ?’ आन्दोलन

Ekantipur •
November 11, 2026 • 04:32 PM
1
1 reads 0 reactions

जातीय तथा अन्य पहिचानका आधारमा हुने कोठा भाडाको विभेद अन्त्यको माग गर्दै दीपा नेपाली काठमाडौंको माइतीघरमा २०७ दिनदेखि आन्दोलनरत छिन् ।

दसैं-तिहारमा पनि रोकिएन दीपाको ‘सरकार, कोठा खाली छ ?’ आन्दोलन

जातीय तथा अन्य पहिचानका आधारमा हुने कोठा भाडाको विभेद अन्त्यको माग गर्दै दीपा नेपाली काठमाडौंको माइतीघरमा २०७ दिनदेखि आन्दोलनरत छिन् ।

कैलाली — ‘सरकार, कोठा खाली छ ?’ आन्दोलनको आज २०७ दिन पुगेको छ । देश तिहारको उल्लासमा रमाइरहँदा सत्याग्रही दीपा नेपाली भने आफ्नो माग पूरा गराउन आज पनि माइतीघर मण्डलामा धर्नामा थिइन् । जातीय तथा अन्य पहिचानका आधारमा कोठा भाडामा नपाउने विभेद अन्त्यको मागसहित उनको आन्दोलन चाडपर्वमा पनि रोकिएको छैन ।

देशका विभिन्न ठाउँबाट उच्च शिक्षा र अवसरको खोजीमा काठमाडौं पुग्नेहरूले जातीय, क्षेत्रीय, शारीरिक अवस्था र लैंगिक पहिचानकै कारण डेरा पाउन नसक्ने बाध्यता अन्त्य गर्न दीपाले यो आन्दोलन सुरु गरेकी हुन् । गृह मन्त्रालयमा कार्यरत सरकारी कर्मचारीकै घरमा आफूले जातीय विभेद भोग्नुपरेपछि आफूजस्तै अरूले त्यो पीडा भोग्न नपरोस् भन्दै आन्दोलन थालेको उनी बताउँछिन् ।

आन्दोलनका सुरुवाती दिनमा दीपा माइतीघरमा एक्लै थिइन् । ‘सरकार, कोठा खाली छ ? तिमी मान्छे कहिले बन्ने ? तिम्रो चेतनाले जात चिन्छ कि मान्छे ?’ जस्ता प्रश्न लेखिएका पोस्टर बोकेर उनले सरकारको ध्यानाकर्षण गराउन थालिन् ।

दिउँसो माइतीघरमा गरेका गतिविधि साँझ सामाजिक सञ्जालमा सार्वजनिक गर्थिन् । विस्तारै आन्दोलनमा दलित, गैरदलित, विद्यार्थी, सामाजिक अभियन्ता र विभिन्न क्षेत्रका व्यक्तिहरू जोडिन थाले । गत साता मात्रै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई उनका माग जायज रहेको भन्दै समर्थन गर्न माइतीघर पुगेका थिए ।

दीपाले आन्दोलनमार्फत १० बुँदे माग अघि सारेकी छन् । उनका मागमा घरबहालमा जातीय विभेद गर्नेलाई कडा सजाय हुने गरी कानुन संशोधन, दोषीलाई १० देखि १२ वर्षसम्म कैद र पीडितलाई क्षतिपूर्ति, विभेदका मुद्दामा प्रमाणको भार पीडकमा रहने व्यवस्था तथा ‘विभेदरहित घरबहाल’ स्टिकर अनिवार्य गर्ने विषय छन् ।

यसैगरी दलित छात्रावासको समस्या समाधान, घरबहाल दर र कर प्रणाली व्यवस्थित गर्ने तथा जातीय विभेदविरुद्ध शून्य सहनशीलताको नीति लागू गर्नुपर्ने उनको माग छ ।

‘देशको जुनसुकै सहरमा पनि दलित, मधेशी, अपांगता भएका व्यक्ति, यौनिक अल्पसंख्यकसहित सबै समुदायको विभेदरहित आवासको अधिकार सुनिश्चित हुनुपर्छ,’ दीपा भन्छिन् । उनका अनुसार यो आन्दोलन दलित समुदायको मात्रै मुद्दा नभई सामाजिक न्याय, मानवता र समानताको सवाल हो ।

आज भाइटीकाको दिन पनि आन्दोलनप्रति ऐक्यबद्धता जनाउन हस्तकलाका कलाकार नव गहतराज आजाद पनि माइतीघर पुगेका थिए । उनले आफ्नै सीप र लगानीमा करिब ६ घण्टा लगाएर तयार पारेको ‘सरकार ! कोठा खाली छ ?’ लेखिएको ताम्रपत्र दीपालाई हस्तान्तरण गरेका छन् ।

सामाजिक सञ्जालबाट आन्दोलनबारे थाहा पाएपछि सरकारको ध्यानाकर्षण गराउन र दीपाको संघर्षप्रति समर्थन जनाउन ताम्रपत्र बनाएको उनले बताए । उनीसँगै हस्तकलाकार रमेश शासंकर र जेके धमला पनि माइतीघर पुगेका थिए । त्यो क्षण आफ्नो लागि अत्यन्तै भावुक र अविस्मरणीय भएको दीपाले बताइन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
2d ago
दसैं-तिहारमा पनि रोकिएन  दीपाको ‘सरकार, कोठा खाली छ ?’ आन्दोलन

दसैं-तिहारमा पनि रोकिएन दीपाको ‘सरकार, कोठा खाली छ ?’ आन्दोलन

दसैं-तिहारमा पनि रोकिएन दीपाको ‘सरकार, कोठा खाली छ ?’ आन्दोलन जातीय तथा अन्य पहिचानका आधारमा हुने कोठा भाडाको विभेद अन्त्यको माग गर्दै दीपा नेपाली काठमाडौंको माइतीघरमा २०७ दिनदेखि आन्दोलनरत छिन् ।...

#कोठा #दीपा #दसैँ
Compare →
Arthasansar
12h ago
फेरि विद्रोहको तयारीमा प्रचण्ड, ‘जनतालाई मुक्त गर्ने आन्दोलन चाहिएको छ’

फेरि विद्रोहको तयारीमा प्रचण्ड, ‘जनतालाई मुक्त गर्ने आन्दोलन चाहिएको छ’

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू ७३ वर्ष प्रवेश गर्न लागे पनि वैचारिक रूपमा नयाँ विद्रोहको तयारीमा...

#आन्दोलन
Compare →
Onlinekhabar
1d ago
ऋषि धमला भन्छन्- सरकारविरुद्ध आन्दोलनको औचित्य छैन

ऋषि धमला भन्छन्- सरकारविरुद्ध आन्दोलनको औचित्य छैन

२६ कात्तिक, काठमाडौं । स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले अहिले सरकारविरुद्ध आन्दोलन गर्नुको कुनै औचित्य नरहेको बताएका छन् । रिपोर्टर्स क्लब नेपालद्वारा बिहीबार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै धमलाले विपक्षी दलहरूले सरकारविरुद्ध आन्दोलन गर्ने तयारी …

#आन्दोलन
Compare →
Nagarik News
1d ago
जसपा नेपालका नेताको दाबी : चाडपर्व सकिएलगत्तै सरकारको विरोधमा आन्दोलन हुन्छ

जसपा नेपालका नेताको दाबी : चाडपर्व सकिएलगत्तै सरकारको विरोधमा आन्दोलन हुन्छ

जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले चाडपर्व सकिएलगत्तै मुलुकमा सरकारको विरोधमा आन्दोलन हुने बताएका छन्।

#आन्दोलन
Compare →

Related Stories

Politics & Governance
Build #2611