Trending
Prev Story
Next Story

‘२१औँ शताब्दीमा पनि जातीय विभेद कायम रहनु दुःखद’

Nagarik News •
November 13, 2026 • 02:12 PM
1
1 reads 0 reactions

जेनजी अभियन्ता मिराज ढुंगानाले जातीय विभेद तथा छुवाछूतविरुद्ध लामो समयदेखि प्रदर्शन भइरहँदा पनि सरकारले वार्ता र समस्या समाधानका लागि कुनै प्रभावकारी पहल नगरेको भन्दै आलोचना गरेका छन्।

‘२१औँ शताब्दीमा पनि जातीय विभेद कायम रहनु दुःखद’

जेनजी अभियन्ता मिराज ढुंगानाले जातीय विभेद तथा छुवाछूतविरुद्ध लामो समयदेखि प्रदर्शन भइरहँदा पनि सरकारले वार्ता र समस्या समाधानका लागि कुनै प्रभावकारी पहल नगरेको भन्दै आलोचना गरेका छन्।

‘सरकार, कोठा खाली छ?’ भन्ने नारासहित २०९ दिनदेखि माइतीघर मण्डलामा जारी प्रदर्शनमा सहभागी हुँदै ढुंगानाले जातीय विभेदजस्तो सामाजिक समस्या २१औँ शताब्दीमा पनि कायम रहनु दुःखद भएको बताए।

उनले २०९ दिनदेखि आन्दोलनरत महिलाको माग सुन्नसमेत सरकारले चासो नदेखाएको टिप्पणी गरे।

‘२०९ दिनदेखि कोही महिला जातीय विभेदविरुद्ध माइतीघरमा बसिरहनुभएको छ। कम्तीमा वार्ताका लागि पनि नबोलाउने, एजेन्डा के हो भनेर पनि सुन्न नआउने र अहिले पनि सरकारभन्दा सडक नै नजिक भएको अवस्था हुनु युवाको सरकारलाई सुहाउँदो कुरा होइन,’ उनले भने।

नागरिकसँग नजिक भएर काम गर्ने अपेक्षा गरिए पनि सरकारको व्यवहार त्यसअनुसार हुन नसकेको उनको भनाइ थियो। जातीय विभेद अन्त्य गर्नु जेनजी आन्दोलनको समेत चाहना रहेको उल्लेख गर्दै उनले सरकारले यस्ता गम्भीर सामाजिक समस्याको समाधान खोज्नुपर्ने बताए।

ढुंगानाले सुशासनलाई सरकारी कार्यालयमा भ्रष्टाचार नहुनुमा मात्र सीमित गर्न नहुने धारणा राखे। आर्थिक वृद्धि, जनजीविकामा सुधार, महँगी नियन्त्रण तथा देशभित्रै रोजगारी र अवसर सिर्जना गर्नु पनि सुशासनका महत्त्वपूर्ण पक्ष भएको उनको भनाइ थियो।

‘सुशासन भनेको सरकारी कार्यालयमा मात्रै हुनु हो त? कि आर्थिक वृद्धि, जनजीविकामा सुधार, महँगी नियन्त्रण र देशमा अवसर हुनु पनि सुशासनभित्र पर्छन्?’ उनले प्रश्न गरे।

वर्तमान सरकारप्रति जनताले राखेको अपेक्षाअनुसार काम हुन नसकेको टिप्पणी गर्दै ढुंगानाले सरकारको विकल्पका रूपमा तेस्रो राजनीतिक ध्रुव आवश्यक पर्न सक्ने बताए। राष्ट्रिय स्वतन्त्र पार्टीले जनताको आशा र समर्थनअनुसार काम गर्न नसके वैधानिक प्रक्रियाबाट विस्थापित हुनुपर्ने उनको भनाइ थियो।

‘नेपाली जनताले आशाको समर्थन गरेका हुन्। आशाअनुसार उहाँहरूले काम गर्नुभएन भने उहाँहरू विस्थापित हुनैपर्छ। वैधानिक तरिकाबाट उहाँहरू विस्थापित हुनुपर्छ र विद्रोहपछिको नयाँ शक्ति आउनुपर्छ,’ उनले भने।

ढुंगानाले वर्तमान सरकारको आलोचना गर्दैमा आफूहरू आन्दोलनबाट पछि नहट्ने पनि स्पष्ट पारे। निर्वाचनअघि नै सरकार गठनको प्रक्रियाबारे असहमति राखेको स्मरण गर्दै उनले आफूहरू वैचारिक रूपमा निरन्तर प्रतिपक्षको भूमिकामा रहने बताए।

‘म व्यक्तिगत रूपमा आशावादी बन्न चाहन्छु, तर तपाईंहरूले स्पष्ट रूपमा सोध्नुहुन्छ भने निर्वाचनभन्दा पहिला नै यो हुनुहुँदैन भनेको हो। आज सात महिनामा आउँदा देखियो नि त, म सही प्रमाणित भएँ,’ उनले भने।

उनले यसअघि केपी शर्मा ओली, सुशीला कार्की र वर्तमान सरकारको समेत आलोचना गर्दै आएको उल्लेख गरे। व्यक्तिगत सम्बन्ध आफ्नो ठाउँमा भए पनि राजनीतिक रूपमा आफू वर्तमान सरकारको प्रतिपक्षमा रहेको उनको भनाइ थियो।

‘व्यक्तिगत मित्रता र व्यक्तिगत सम्बन्ध आफ्नो ठाउँमा होला। राजनीतिक रूपमा म उहाँको प्रतिपक्षी भएर, उहाँको सरकारको प्रतिपक्षीका रूपमा उभिएको छु। हाम्रो राजनीतिक दृष्टिकोण मिल्दैन,’ उनले भने।

ढुंगानाले सरकारलाई अझै पनि जनताको अपेक्षाअनुसार काम गर्ने अवसर रहेको बताए। मुलुक विकास र समृद्धिको बाटोमा अघि बढ्न नसके आफूहरू वैचारिक रूपमा संघर्ष गर्न तयार रहेको उल्लेख गर्दै उनले व्यक्तिगत स्वार्थभन्दा देशको हितलाई प्राथमिकतामा राखेर अघि बढ्ने स्पष्ट पारे।

प्रकाशित: २७ कार्तिक २०८३ १९:५७ शुक्रबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
2h ago
‘२१औँ शताब्दीमा पनि जातीय विभेद कायम रहनु दुःखद’

‘२१औँ शताब्दीमा पनि जातीय विभेद कायम रहनु दुःखद’

जेनजी अभियन्ता मिराज ढुंगानाले जातीय विभेद तथा छुवाछूतविरुद्ध लामो समयदेखि प्रदर्शन भइरहँदा पनि सरकारले वार्ता र समस्या समाधानका लागि कुनै प्रभावकारी पहल नगरेको भन्दै आलोचना गरेका छन्। ‘सरकार, कोठ...

#जातीय #विभेद #ढुंगाना
Compare →
Onlinekhabar
4h ago
छठको समाजशास्त्र : जातीय विभेद, महिला श्रम र सीमान्त समुदायको अर्थतन्त्र

छठको समाजशास्त्र : जातीय विभेद, महिला श्रम र सीमान्त समुदायको अर्थतन्त्र

अस्ताउँदो र उदाउँदो सूर्यको उपासना गर्दै प्रकृतिको आभार प्रकट गरिने लोकआस्थाको महापर्व छठ आज प्रथम दिन‘नहाय—खाय’ का साथ सुरु भएको छ । चार दिनसम्म चल्ने यो कठोर अनुष्ठानमा साधकहरूले प्रथम दिन पवित्र स्नान गरी चोखो …

#जातीय #विभेद
Compare →

Related Stories

Politics & Governance
Build #2611