Trending
Prev Story
Next Story

बिदापछि भरतपुर अस्पतालमा बिरामीको चाप बढ्यो

Ekantipur •
November 19, 2026 • 01:02 AM
3
3 reads 0 reactions

अस्पतालका प्रवक्ता डा. रामप्रसाद सापकोटाका अनुसार मंगलबार मात्रै ओपीडीमा ३ हजार ३०० बिरामीले सेवा लिएका छन् ।

बिदापछि भरतपुर अस्पतालमा बिरामीको चाप बढ्यो

अस्पतालका प्रवक्ता डा. रामप्रसाद सापकोटाका अनुसार मंगलबार मात्रै ओपीडीमा ३ हजार ३०० बिरामीले सेवा लिएका छन् ।

नारायणगढ चितवन — दसैं–तिहार र छठ पर्वको लामो बिदापछि भरतपुर अस्पतालमा उपचारका लागि आउने बिरामीको चाप बढेको छ । अस्पतालको बहिरङ्ग सेवा (ओपीडी) सञ्चालनमा आएसँगै बिरामीको सङ्ख्या बढेको हो ।

अस्पतालका प्रवक्ता डा. रामप्रसाद सापकोटाका अनुसार मंगलबार मात्रै ओपीडीमा ३ हजार ३०० बिरामीले सेवा लिएका छन् । लामो बिदाका कारण निजी अस्पताल तथा क्लिनिक पनि बन्द वा सीमित रूपमा सञ्चालन भएकाले सरकारी अस्पतालमा बिरामीको चाप बढेको उनले बताए । बुधबार पनि अस्पतालमा बिरामीको चाप अत्यधिक रहेको उनको भनाइ छ ।

उनका अनुसार गत वर्ष २०८२ को कात्तिकमा आकस्मिक, स्वास्थ्य बीमा र सामान्य टिकटमार्फत २९ हजार ४२२ जनाले सेवा लिएकामा यस वर्ष सोही अवधिमा ३९ हजार २०० जनाले सेवा लिएका छन् ।

गत वर्ष असोजमा २९ हजार २८१ जनाले सेवा लिएका थिए । यस्तै, गत वर्ष कात्तिकमा आकस्मिक सेवामा ६ हजार २५९ बिरामी आएकामा यस वर्ष उक्त सङ्ख्या बढेर ७ हजार ४९५ पुगेको छ ।

अस्पतालमा आउने बिरामीमध्ये करिब ६० देखि ७० प्रतिशतले स्वास्थ्य बीमामार्फत सेवा लिने गरेका छन् । ओपीडीमा सबैभन्दा बढी चाप मेडिसिन र अर्थोपेडिक्स विभागमा रहेको प्रवक्ता सापकोटाले बताए ।

आन्तरिक मेडिसिन विभागमा दैनिक ३०० देखि ४०० जनासम्म बिरामी आउने गरेका छन् । कहिलेकाहीँ यो सङ्ख्या ५०० देखि ६०० सम्म पुग्ने गरेको उनले जानकारी दिए ।

निजी अस्पतालको तुलनामा सरकारी अस्पतालमा उपचार खर्च कम हुनु, स्वास्थ्य बीमाको सुविधा उपलब्ध हुनु र अस्पतालले प्रदान गर्ने सेवाप्रति बिरामीको विश्वास बढ्नुले पनि बिरामीको आकर्षण बढेको उनको भनाइ छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
2h ago
भरतपुर अस्पतालमा बिरामीको चाप बढ्यो

भरतपुर अस्पतालमा बिरामीको चाप बढ्यो

दसैँ–तिहार तथा छठ पर्वको लामो बिदापछि भरतपुर अस्पतालमा बिरामीको चाप बढेको छ।

#अस्पताल #बिरामी #चाप
Compare →
Onlinekhabar
13h ago
सरकारी अस्पतालको मुहार फेर्ने ‘गेम चेन्जर’ कार्यक्रम नै अलपत्र

सरकारी अस्पतालको मुहार फेर्ने ‘गेम चेन्जर’ कार्यक्रम नै अलपत्र

२ मंसिर, काठमाडौं । अस्पतालमा चिकित्सकको अभाव छ । बिरामीले शल्यक्रियाका लागि वर्षौं कुर्नुपर्छ । सरकारी अस्पतालमा कार्यरत चिकित्सक भने दैनिक ४–५ वटा अस्पतालसम्म पुगेर सेवा दिइरहेका हुन्छन् । सरकारी अस्पतालमा बिरामीको चाप बढिरहँदा चिकित्सकको समय …

#अस्पताल #बिरामी
Compare →
Hamro Patro News
1w ago
निजामती कर्मचारी अस्पतालमा अब घरबाटै अनलाइन अपोइन्टमेन्ट लिन सकिने, ७ दिनअघिसम्म बुक गर्न मिल्ने

निजामती कर्मचारी अस्पतालमा अब घरबाटै अनलाइन अपोइन्टमेन्ट लिन सकिने, ७ दिनअघिसम्म बुक गर्न मिल्ने

काठमाडौं । निजामती कर्मचारी अस्पतालले बिरामीलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अनलाइन अपोइन्टमेन्ट सेवा सञ्चालनमा ल्याएको छ । यस सुविधामार्फत बिरामीले घरमै बसेर आफूलाई आवश्यक चिकित्सकस...

#अस्पताल #बिरामी
Compare →
Bizshala
5d ago
भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

काठमाण्डौ । भीमफेदी सवारी दुर्घटनामा ज्यान गुमाएकाका परिवारले संघीय सरकारबाट क्षतिपूर्तिसहित आफ्ना माग सम्बोधन...

#अस्पताल
Compare →

Related Stories

Health & Wellness
Build #2612